पाकिस्तानमा साउदी युवराजलाई भब्य स्वागत

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

इश्लामावाद, पाकिस्तान । वैदेशिक मुद्रा सञ्चय गुमाउँदै गएको, आर्थिक घाटा बेहोरिरहेको र आफ्नो वित्तिय भविष्य सुरक्षित गर्न संघर्ष गरिरहेको पाकिस्तानले साउदी अरेबियाका शासक युवराज मोहम्मद बिन सलमानका लागि आइतबार एउटा भब्य स्वागत गरेको छ । 

 

एमबीएस भनेर चिनिने मोहम्मद बिन सलमानले आफ्नो पाकिस्तान भ्रमणको शिलशिलामा वर्तमान् इमरान खान सरकारलाई अर्बौं डलरको सहयोगको प्रतिवद्धता जनाउने अनुमान गरिएको छ । 

 

उहाँले एसियाका पाँच देशको भ्रमणमध्ये पाकिस्तान पहिलो गन्तव्य ठानिएको थियो तर मलेशिया र इण्डोनेशियाको भ्रमण अहिलेका लागि पछि धकेलिएको छ । 

 

साउदी शाही भ्रमणलाई पाकिस्तानमा पछिल्लोपटक यति नै धुमधामसँग सन् २००६ मा लिइएको थियो जब साउदी शासक राजा अब्दुल्लाह बिन अब्दुलाजिजले परमाणु अस्त्र देशको भ्रमण गरेका थिए । 

 

इमरान खानले व्यक्तिगत रुपमै व्यवस्थापनको ख्याल गरिरहेको बताइएको छ । भारतले कश्मिरमा सुरक्षा फौजमाथिको घातक हमलामा पाकिस्तानलाई दोष लगाएपछि भारत र पाकिस्तानबीच तनाव चुलिएका बेला युवराज बिन सलमानको भ्रमण हुन लागेको हो । यसले पाकिस्तानमाथि आतङ्कवादको आरोप लागेका समय ठूलो सहयोगको महशुुुस भएको छ । 

 

१ हजार शक्तिशाली प्रतिनिधिका लागि इस्लामावादमा सयौं पाँचतारे कोठाहरू अग्रिम रुपमै बुक गरिएका थिए । 

 

दुई दिने भ्रमणमा साउदी युवराज प्रधानमन्त्रीको निवासमा बस्नुहुनेछ । यसरी प्रधानमन्त्री निवासमै यसअघि कुनै पनि अन्य देशका अतिथिलाई राखिएको थिएन । 

 

केन्द्रिय बैंकसँग विदेशी मुद्रा सञ्चय अन्तर्गत जम्मा ८ अर्ब डलर मात्रै रहेको छ र भुक्तानी सन्तुलन संकटको सामना गरिरहेको छ । 

 

गत अगष्टमा शपथ लिएयता पूर्व क्रिकेटर इमरान खानले मित्र राष्ट्रहरूसँग सहयोगका लागि आक्रामक प्रयासहरू गरिरहेका छन् ताकि पाकिस्तानको अर्थतन्त्रलाई जोगाउन सकियोस् । उनले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग निकै कडा सर्तसहित सहायता खोजिरहेको छ । 

 

आबुदावीका युवराज मोहम्मद विन जायद अल नयानको भ्रमण लगत्तै युवराज मोहम्मद बिन सलमानको भ्रमण हुन लागेको हो । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

त्रिभुवन विमानस्थल वरपर चङ्गा उडाउन नपाउने

  • 5 hours ago
त्रिभुवन विमानस्थल वरपर चङ्गा उडाउन नपाउने

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर चङ्गा उडाउनेलाई कारबाही हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले एक सूचना प्रकाशित गरी विमानस्थल वरपर चङ्गा उडाउँदा हवाई उडानमा खतरा हुने

डेंगु संक्रमणबाट एकैदिन ४ जनाको मृत्यु

  • 5 hours ago
डेंगु संक्रमणबाट एकैदिन ४ जनाको मृत्यु

काठमाडौँ। नेपालमा डेंगु संक्रमणबाट एकै दिन ४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार डेंगु संक्रमणबाट ४ जनाको मृत्यु भएको हो। यो सँगै साउन यता डेंगुबाट मृत्यु हु

चीनको रेस्टुरेन्टमा आगलागी सत्रको मृत्यु

  • 5 hours ago
चीनको रेस्टुरेन्टमा आगलागी सत्रको मृत्यु

बेइजिङ। उत्तरपूर्वी चीनको एक रेस्टुरेन्टमा बुधबार आगलागी हुँदा १७ जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएको स्थानीय अधिकारीले बताएका छन्। स्थानीय सरकारले वेइबो सामाजिक सञ्जाल प्लेटफर्ममा पोष



पर्यटन

ऐतिहासिक एवं पर्यटकीय हर्सिङडाँडा

ऐतिहासिक एवं पर्यटकीय हर्सिङडाँडा

लमजुङ। लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ अवस्थित पर्यटकीय एवं ऐतिहासिक हर्सिङडाँडा। यस डाँडामा राष्ट्रिय विभूति भक्ति थापाले बालापनमा गाईवस्तु चराएको जानकारको भनाइ छ।

जीवनशैली

नवरात्रको तेस्रो दिन चन्द्रघण्टाको पूजाराधना गरिँदै

नवरात्रको तेस्रो दिन चन्द्रघण्टाको पूजाराधना गरिँदै

नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।