पाकिस्तानका २० हजारभन्दा बढी मतदान केन्द्र संवेदनशील

Global IME
Norvic Hospital

इस्लामावाद । पाकिस्तानको निर्वाचन आयोगले २० हजारभन्दा बढी मतदान केन्द्रलाई संवेदनशील मतदान केन्द्रका रुपमा बिहीबार घोषणा गरेको छ। आसन्न आम निर्वाचनका लागि तोकिएका मतदान केन्द्रमध्ये २० हजार ७८९ मतदान केन्द्रलाई संवेदनशील मतदान केन्द्र घोषणा गरिएको हो। 

 

आयोगका अधिकारीहरूले देशभर ८५ हजार ३०७ मतदान केन्द्रहरु तोकिएको जानकारी दिएका छन्। पाकिस्तानमा यही जुलाई २५ मा आम निर्वाचन हुने तय भएको छ। सो निर्वाचनमार्फत देशका सबै ४ प्रदेश र संघीय राजधानी इस्लामावादबाट जनप्रतिनिधिहरू चयन हुनेछन्। 

 

संवेदनशील मतदान केन्द्रहरु देशको उत्तरपश्चिमी खैबर पाख्तुङख्वा प्रदेशमा सबैभन्दा धेरै रहेका छन्। सो प्रदेशमा ७ हजार ३८६ ओटा संवेदनशील मतदान केन्द्रहरू रहेको अधिकारीहरूले बताएका छन्। दक्षिणी सिन्ध प्रान्तमा ५ हजार ७७६ संवेदनशील मतदान केन्द्रहरु रहेको घोषणा गरिएको छ। 

 

विद्रोही समूह, राष्ट्रवादी र लडाकू समुहहरुबाट विभिन्न प्रकारका आक्रमणहरू हुन सक्ने खतरा आँकलन गरेर संवेदनशील मतदान केन्द्रहरू तोकिएको आयोगले जनाएको छ। 

 

देशको पञ्जाब प्रदेशमा संवेदनशील मतदान केन्द्रहरूको सङ्ख्या ५ हजार ६८६ रहेको छ भने दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा एक हजार ७६८ ओटा संवेदनशील मतदान केन्द्रहरु रहेका छन्। 

 

संघीय राजधानी इस्लामावादका ३६० मतदान केन्द्रमध्ये १७३ मतदान केन्द्रलाई संवेदनशील घोषणा गरिएको छ। 

 

संवेदनशील घोषणा गरिएका मतदान केन्द्रहरू सुरक्षा सतर्कता बढाईने र क्यामेराहरू पनि जडान गरिने आयोगका अधिकारीहरूले बताएका छन्।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

चलचित्रमा पात्रलाई पहिचान बनाएका विपिन

  • 1 minute ago
चलचित्रमा पात्रलाई पहिचान बनाएका विपिन

नेपाली चलचित्रमा नाम भन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेता मध्येका एक छन्, विपिन कार्की । ‘लूट’, ‘छड्के’, ‘पशुपति प्रसाद’, ‘नाका’, ‘हरि’लगायत चलचित्रमा निर्वाह गरेको चरित्रले पहिचान स्था

घुम्टे युवा परिवारले होली पूर्णिमा मेलाको आम्दानी–खर्च सार्वजनिक गर्यो

  • 21 minutes ago
घुम्टे युवा परिवारले होली पूर्णिमा मेलाको आम्दानी–खर्च सार्वजनिक गर्यो

बागलुङ। ‘खेलकुद कला संस्कृति हाम्रो शान, पर्यटकीय स्थल घुम्टे गलकोटको पहिचान’ भन्ने मुल नारका साथ संस्थाले गत फागुन १९ गतेदेखि २२ गतेसम्म विविध खेलकुद, सांस्कृतिक, विभिन्न विधामा अभिनन्दन कार्यक

चलचित्रकर्मी कल्याणकारी कोषद्वारा स्व. बीएस राणाकी पत्नी र छोरीको उपचार सहयोगार्थ सहयोग

  • 25 minutes ago
चलचित्रकर्मी कल्याणकारी कोषद्वारा स्व. बीएस राणाकी पत्नी र छोरीको उपचार सहयोगार्थ सहयोग

काठमाडौँ। स्वर्गीय अभिनेता बीएस राणाकी पत्नी र छोरीको उपचार सहयोगार्थ चलचित्रकर्मी कल्याणकारी कोषबाट रु। एक लाख सहयोग गरिएको छ। चलचित्र विकास बोर्ड अन्तर्गत रहेको कोषले बुधबार हाल उनीहरु रहेको ललितपुर



पर्यटन

प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

कास्की । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा पहिलोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन हुने भएको छ ।

जीवनशैली

काजु खानुका यस्ता छन् फाइदाहरु

काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।