पाकिस्तानमा नयाँ राजनीतिक तरंग, ५६ वर्षीय पूर्व क्रिकेटर इमरान खान प्रधानमन्त्री हुने सङ्केत

Norvic Hospital

पाकिस्तान । के पाकिस्तानले पूर्व क्रिकेटरलाई प्रधानमन्त्री बनाउँदैछ रु विहीबार साँझसम्मको मतगणना परिणामले – ५६ वर्षीय पूर्व क्रिकेटर इमरान खान प्रधानमन्त्री हुने सङ्केत देखिएको छ । पुराना राजनीतिक दलभने प्रारम्भिक मत गणनामा निक्कै पछाडि छन् । 

 

बुधबार सम्पन्न भएको आम निर्वाचनको प्रारम्भिक नतिजामा पाकिस्तानी राष्ट्रिय टिमका पूर्व कप्तान खानको पार्टी पाकिस्तान तहरिक ए–इन्साफ (पिटिआई)ले अन्य प्रतिपर्धीलाई निक्कै पछि पारेको छ । 

बिहीबारसाँझसम्म मतगणना सम्पन्न भएका कुल ८४ सिटमध्ये पिटिआईले ५० स्थानमा विजय हासिल गरेको छ । दोस्रो प्रतिपर्धी पाकिस्तान मुश्लिम लिग (पिएमएल) मात्र १७ स्थानमा चित्त बुझाइरहेको छ । 

 

नयाँ सरकार गठनका लागि कुल २७२ सदस्यीय संसदमा १३७ स्थानमा विजय हासिल गर्नुपर्छ । पाकिस्तानी मिडियाका अनलाइन संस्करणमा मतगणना भइरहेको स्थानमध्ये ११७ स्थानमा पिटिआईको अग्रता रहेको देखाइएको छ । अन्तिम नतिजा आउँदासम्म यही प्रवृत्ति कामय रहेमा पिटिआईले साना साझेदार दलको साथ लिएर सरकार बनाउने छ । खानले आफ्नो नेतृत्वमा साना दल सम्मिलित संयुक्त सरकार गठन गर्ने सम्भावना छ ।

 

को हुन खान ? 

सन् १९५२ मा लाहोरमा जन्मिएका खानले सन् १९९२ मा पाकिस्तानलाई क्रिकेटको विश्वकप दिलाएका थिए । खानले सन् १९८२ मा ३० वर्षको हुँदा पाकिस्तानको राष्ट्रिय टोलीको कप्तानी लिएका थिए । पाकिस्तानले उहाँको कप्तानीमा ४८ वटा ‘टेस्ट म्याच’ खेलेको छ । जसमध्ये १४ वटामा पाकिस्तानले विजय हासिल गरेको छ भने आठ वटामा पराजय र २६ वटामा बराबरी गरेको छ । उहाँलाई पाकिस्तानमा एक सफल क्रिकेटरको रूपमा हेरिन्छ । 

 

क्रिकेटबाट सन्यास लिएपछि खानले सन् १९९६ मा पिटिआईको स्थापना गर्नुभएको थियो । शुरुमा पाकिस्तानी जनताले धेरै विश्वास नगरे पनि पिटिआईले निरन्तर राजनीतिक गतिविधिमा सहभागिता जनाउँदै आएको छ । सन् २००२ मा पाकिस्तानको सेनाले ‘कु’ गर्दा उनले समर्थन जनाएका थिए । 

 

सैनिक जनरल पर्वेज मुर्सरफले भ्रष्टाचार अन्त्य गर्न सक्ने भन्दै उनले सेनाको कदमप्रति समर्थन जनाएका थिए । त्यसबेला खान आफ्नो जन्मस्थलसमेत रहेको मैनावलीबाट संसदको निर्वाचित सदस्य थिए । तर पछि आलोचना गरेपछि मुर्सरफकै कार्यकालमा उहाँ नजरबन्दमा समेत परे । 

 

अहिले उनको विजयमा सेनाप्रतिको त्यही ‘लचकता’ले काम गरेको आरोप पनि लागेको छ । सन् २००८ को आम निर्वाचन वहिस्कार गरेको पिटिआईले सन् २०१३ को निर्वाचनमा भने प्रगति गरेको थियो । पिटिआईसँग अहिले राष्ट्रियसभाको कुल सिटमध्ये दश भागको एक भाग छ । 

 

उक्त निर्वाचनमा पनि खान संसद सदस्यमा निर्वाचित हुनुभयो भने पञ्जाव र कराँचीमा उहाँको पार्टी मुख्य प्रतिष्पर्धी बनेको थियो । पिटिआईले मुख्यत भ्रष्टाचार विरोधी अभियान चलाउँदै आएको छ । यो निर्वाचनमा पनि उसले ‘नयाँ पाकिस्तान’ भन्ने नारालाई मूल मुद्दा बनाउँदै आएको थियो ।


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

‘श्रमका क्षेत्रमा भएका अनियमितताको सुधारको काम सुरु भइसकेको छ’

  • 5 hours ago
‘श्रमका क्षेत्रमा भएका अनियमितताको सुधारको काम सुरु भइसकेको छ’

तनहुँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तनहुँमा विकास निर्माणको कामले छलाङ मारेको जिकिर गरेका छन् । नेकपा (एकीकृत समाजवादी) भानु नगर कमिटीले आज आयोजना गरेको कार्यकर्ता भेल

चीनले अफ्रिकालाई महामारी विरुद्ध जुँध्न मद्दत गर्ने

  • 5 hours ago
चीनले अफ्रिकालाई महामारी विरुद्ध जुँध्न मद्दत गर्ने

एजेन्सी । चीनले अफ्रिकालाई कोभिड-१९ महामारी विरुद्ध जुँध्न र विश्व बजारमा आफ्नो प्रतिस्पर्धात्मक क्षमता सुधार गर्न मद्दत गर्ने चाहेको रुसको स्पुतनिक समाचार एजेन्सीले जनाएको छ ।

ए डिभिजन लिगः च्यासल र एनआरटीले अंक बाँडे

  • 5 hours ago
ए डिभिजन लिगः च्यासल र एनआरटीले अंक बाँडे

काठमाडौं । च्यासल युथ क्लब र न्यु रोड टिम (एनआरटी) ले बराबरी खेल्दै अंक बाडेका छन् । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको सहिद स्मारक ए डिभिजन लिग फुटबलमा च्यासल युथ क्लब र एनआरटीले १–१ गोलको बराबरी



पर्यटन

आठौँ तनहुँ महोत्सव पुस २९ देखि

आठौँ तनहुँ महोत्सव पुस २९ देखि

दमौली । तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजनामा आगामी पुस २९ गतेदेखि आठौँ तनहुँ महोत्सव हुने भएको छ । कोरोनाले दुई वर्षदेखि स्थगित भएको महोत्सव यस पटक हुन लागेको हो । व्यास नगरपालिका–३ स्थित विपी वनबाटिकामा माघ १० गतेसम्म महोत्सव सञ्चालन हुनेछ ।

जीवनशैली

तुलसीको बोटमा यी दिनहरुमा जल चढाउनु हुँदैनः वास्तुशास्त्र

तुलसीको बोटमा यी दिनहरुमा जल चढाउनु हुँदैनः वास्तुशास्त्र

एजेन्सी । आज वास्तुशास्त्रमा तुलसीको बोटसँग सम्बन्धित केही अन्य महत्त्वपूर्ण कुराहरू जान्नुहोस्। परापूर्वकालदेखि नै घरमा तुलसीको बोट रोपेर दिनहुँ जल चढाउने चलन छ । तर, कतिपय विशेष दिनहरु यस्ता हुन्छन् जब तुलसीमा जल चढाउनु हुँदैन । कुन दिन तुलसीमा जल चढाउनु हुँदैन भन्ने बारेमा हामी तपाईलाई बताउँछौँ ।

विचित्र विश्व

हिन्दी फिल्ममा हिरो हेलिकोप्टरमा बसेर दुलहीको घर गएको देखेपछि हेलिकोप्टर चार्टर्ड गरेर विवाह

हिन्दी फिल्ममा हिरो हेलिकोप्टरमा बसेर दुलहीको घर गएको देखेपछि हेलिकोप्टर चार्टर्ड गरेर विवाह

वीरगञ्ज । बाराको सिम्रौनगढ नगरपालिकाका जोगी साहले छोराको विवाहमा हेलिकोप्टर चार्टर्ड गरेर विवाह सम्पन्न गरेका छन् । जोगी बारा जिल्लाअन्तर्गत सिम्रौनगढ नगरपालिका र आर्दशकोतवाल गाउँपालिकाका ख्यातिप्राप्त खाद्यान्न (गोला) व्यापारी हुन् ।