Techie IT
२०८२ भदौ २९, आईतबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनशुक्रबारबाट दोश्रो नेपाल ग्रामीण चलचित्र महोत्सव हुँदै

शुक्रबारबाट दोश्रो नेपाल ग्रामीण चलचित्र महोत्सव हुँदै


काठमाडौँ। शुक्रवारदेखि काभ्रेको भकुण्डेबेसीमा हुने दोस्रो सँस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’का लागि १७ वटा फिल्म छनोट भएका छन्। ३ दर्जन बढी फिल्ममध्येबाट १७ वटा फिल्मलाई छनोट गरिएको आयोजक सेलिब्रेटी नेपाल प्रतिष्ठानका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए। उनका अनुसार ग्रामीण परिवेशमा बनेका फिल्महरू महोत्सवका लागि छनोट भएका हुन्।

बिहीवार काठमाडौँमा आयोजित ‘प्रि–इभेन्ट’ कार्यक्रममा महोत्सवमा छनोट भएका फिल्मबारे जानकारी दिनुका साथै ति फिल्मका सदस्यलाई प्रमाणपत्र समेत वितरण गरिएको छ। साथै, आयोजकले जुरी टिमलाई समेत चिनाएको छ। नेपाल चलचित्र निर्देशक समाजकी निवर्तमान अध्यक्ष रक्षा सिंह राणा, अभिनेता सुवास गजुरेल र सम्पादक भरत रेग्मी जुरी टिममा छन्।

शुक्रवार र शनिवार हुने महोत्सवमा गतवर्षको हिट फिल्म ‘झिंगेदाउ’देखि ‘प्रकाश’सम्म प्रदर्शन गरिनेछ। त्यस्तै, फिल्महरू ‘डेसान’, ‘ल्हुई’, ‘निरमाया’, ‘चरित्र’, ‘आफ्नै कर्म’, ‘मेरी हजुरआमा’, ‘साईत’, ‘सेती दिदी’, ‘कहानी एकादेशको’, ‘परिवर्तन’, ‘दुर्गामाण्डु’, ‘ऐना’, ‘हुक्का’ महोत्सवमा प्रदर्शन गरिनेछ। साउनमा प्रदर्शनमा आउने तयारीमा रहेको लिम्बु संस्कृतिमा बनेको फिल्म ‘लुङा’को भने महोत्सवमा प्रिमियर हुनेछ।

नेपाल चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष एवं नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्ल, चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, नेपाल चलचित्र संघका उपाध्यक्ष गोपालकाजी कायस्थ, चलचित्र पत्रकार संघका उपाध्यक्ष कुवेर गिरी लगायतले महोत्सवको सफलताको शुभकामना दिँदै छनोट भएका फिल्मको प्रमाणपत्र वितरण गरेका थिए। कार्यक्रममा बोल्ने वक्ताहरूले यस प्रकारका महोत्सवले समग्र नेपाली फिल्मको विकासमा भूमिका खेल्ने धारणा राखेका थिए।

महोत्सवमा लेखक एवं निर्देशक दीपेन्द्र लामा, अभिनेत्री दीया पुन र अस्कर कलेजका प्रिन्सिपल रामराजा दाहालको ‘मास्टर क्लास’ समेत त्यहाँ हुँदैछ। त्यस्तै, अभिनेता बुद्धि तामाङ र मुकुन भुसालले ‘ग्रामीण विद्यार्थीको नजरमा चलचित्र’ विषयमा विद्यार्थीहरूसँग भलाकुसारी गर्नेछन्। महोत्सवमा सोही क्षेत्रमा जन्मिएर फिल्म क्षेत्रमा सक्रिय ३ जना कलाकारहरूलाई सम्मान गर्ने कार्यक्रम समेत तय गरिएको छ।

उत्कृष्ट फिल्मलाई अवार्डसहित पुरस्कार वितरण गर्दै शनिवार बेलुका महोत्सव समापन गरिनेछ। चलचित्र विकास बोर्डसँगको सहकार्यमा हुन लागेको महोत्सवमा दुई दर्जन बढी फिल्मकर्मीहरू सहभागी हुनेछन्। महोत्सवको पहिलो सँस्करण गत वर्षको वैशाखमा गोरखाको लाप्राकमा गरिएको थियो। हल नभएका ग्रामीण क्षेत्रका दर्शकलाई लक्षित गर्दै यो महोत्सवको सुरुवात गरिएको हो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकन

काठमाडौं । चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा

चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’मा जनै कसरी हराउँछ ?

काठमाडौं । भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’को कथामा के छ भन्नेमा धेरैलाई चासो छ

‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न

काठमाडौँ । चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा

‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिक

काठमाडौँ । यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको

‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार मोसन टिजर सार्वजनिक गरेको हो

मौलिक तीज गीत ‘श्रीमानज्यू’ विमोचन

काठमाडौं । गायिका कविता अर्यालको तीज गीत ‘श्रीमानज्यू’ विमोचन गरिएको छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा नारी सशक्तिकरणको भाव

Techie IT