प्यालेष्टिनी नागरिकका लागि छुट्टाइएको एकमात्र नाका पनि बन्द

Global IME
Mega Bank
Norvic Hospital

जेरूसेलम । करिब एक हप्ता लामो सीमा विवादपछि इजरायलद्वारा गाजाबाट प्यालेष्टिनी नागरिकका लागि प्रवेश गर्न खुला राखेको एकमात्र सीमा प्रवेशद्वारसमेत आइतबारदेखि मानवीय सहायताका लागि बाहेक अन्य अवस्थामा बन्द गरेको छ । 

 

प्यालेष्टिनी तथा इजरायली समूहबीच लामो समयदेखि कायम रहेको विवादलाई सुल्झाउन पछिल्ला केही महिना यता अन्तराष्ट्रिय समुदाय तथा संयुक्त राष्ट्रसङ्घ लगाएतका सङ्घसंस्थाले विवादलाई अन्त्य गर्न गरेका पहलहरू यससँगै तत्काललाई पछि धकेलिने सम्भावना बढेका छन् । 

 

इजरायलको पछिल्लो यो कदमले गाजावासीलाई इद–अल आधाको अवसरमा पाउने एक हप्ता लामो विदाका लागिसमेत बाटोको प्रयोगमा बन्देज लाग्ने भएको छ । मुसलमानहरूको उक्त पर्व सोमबार शुरु भई आगामी बिहीबारसम्म रहनेछ । 

 

इजरायली अधिकारीले उक्त नाका कति समयसम्मका लागि बन्द हुने हो यसबारे केही बताएका छैनन् । 

 

इजरायली रक्षामन्त्री अभिडोर लिबरम्यानद्वारा हस्ताक्षरित विज्ञप्तिमासीमाक्षेत्रमा गत शुक्रबार भएका हिंसात्मक गतिविधिका कारण गाजाबाट इजरायलतर्फ प्रवेश गर्ने नाकालाई बन्द गरिएको बताइएको छ । 

 

नाकाबन्द गरिएको उक्त बिषयलाई इजरायली नागरिक मामिला हेर्ने कार्यालयका अधिकारीले औषधि तथा अन्य मानवीय सहयोगका लागिबाहेक उक्त नाका बन्द रहने बताएका छन् । 

 

गत शुक्रबार सीमाक्षेत्रमा प्यालेष्टिनी नागरिकहरूले गरेको प्रदर्शनमा दुई प्यालेष्टिनीको मृत्यु भएको थियो । 

 

इजरायली सेनाले सीमा क्षेत्रमा हातेवम तथा घरेलु विष्फोटक पदार्थद्वारासमेत प्रदर्शनकारीले सीमाबारमा आक्रमण गरेका दावी गरेका छन् । 

 

प्रदर्शनका क्रममा इजरायली पक्षतर्फ कोही घायते भएको सूचना छैन भने सीमानाकाको प्रयोग गरी एकाध प्यालेष्टिनी इजरायली क्षेत्रतर्फ जान सफल भएको बताइएको छ । 

 

इजिप्ट र संयुक्त राष्ट्रसङ्का अधिकारीद्वारा इजरायली तथा हमास पक्षधरबीच शान्तिका लागि गरेको प्रयासका बाबजुद गत हप्ता उक्त प्रदर्शन भएको थियो । 

 

इजरायलले गाजातर्फबाट प्रवेश गर्ने हवाई, जमिन तथा सामुद्रिक बाटोलाई एक दशकदेखि बन्द गर्दै आएको छ । तर केही प्यालेष्टिनीलाई भने आवश्यकता तथा सुरक्षा अवस्थालाई निगरानी गर्दै प्रवेश दिने गरेको छ । 

 

दुई पक्षबीच सन् २००८ पछि तीनपटक लडाई भएको छ । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

एमालेसँग गठबन्धन बनाएर सरकारमा जानेबारे छलफल भएको छैनः देव गुरुङ

  • 3 hours ago
एमालेसँग गठबन्धन बनाएर सरकारमा जानेबारे छलफल भएको छैनः देव गुरुङ

काठमाडौँ। नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले अहिले एमालेसँग गठबन्धन बनाएर सरकारमा जानेबारे कुनै छलफल नभएको स्पष्ट पारेका छन्। शनिबार र आइतबार बसेको केन्द्रीय पदाधिकारीहरूको अनौपचारिक बै

ग्वार्कोमा ‘फ्लाइओभर’को काम शुक्रवारदेखि सुरु हुने

  • 3 hours ago
ग्वार्कोमा ‘फ्लाइओभर’को काम शुक्रवारदेखि सुरु हुने

काठमाडौँ। ललितपुरको ग्वार्को चोकमा आउँदो शुक्रवारदेखि फ्लाइओभर (आकाशे पुल) निर्माणको काम सुरु हुने भएको छ। बढ्दो जामलाई मध्यनजर गरेर ग्वार्कोमा फ्लाइओभर निर्माण हुन लागेको हो।

पाकिस्तानको पाख्तुनख्वा प्रान्तमा आतङ्ककारी आक्रमणमा परी तीन प्रहरीको मृत्यु

  • 4 hours ago
पाकिस्तानको पाख्तुनख्वा प्रान्तमा आतङ्ककारी आक्रमणमा परी तीन प्रहरीको मृत्यु

इस्लामाबाद। पाकिस्तानको उत्तरपश्चिममा पर्ने खैबर पाख्तुनख्वा प्रान्तको नाउसेरा जिल्लामा भएको एक आतङ्ककारी आक्रमणमा परी तीन प्रहारीको मृत्यु भएको उद्धारकार्यमा संलग्न कार्यकर्ताहरुले बताएका छन्।



पर्यटन

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वत । बन्जी निर्माणअघि पर्वत धेरैका लागि नौलो नाम सुनिन्थ्यो । पर्वत हुँदै बागलुङ, मुस्ताङ पुग्ने पर्यटकहरूले समेत पर्वतको बारेमा बेखबर देखिन्थे । तर, हिजोआज अवस्था त्यस्तो छैन । आन्तरिक तथा बाह्य पर्यटकहरूका कारण यति बेला सदरमुकाम कुश्माका होटेल तथा रेस्टुरेन्ट व्यवसायहरू फस्टाएका छन् । तस्बिरः सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।