प्यालेस्टाइनद्वारा अमेरिकालाई शरणार्थी बिषयमा हस्तक्षेप नगर्न चेतावनी

Global IME
Norvic Hospital

रामल्ला, प्यालेस्टाइन । अमेरिकालाई प्यालेस्टिनी शरणार्थीको बिषयमा हस्तक्षेप नगर्न प्यालेष्टिनी दुई उच्च अधिकारीले आइतबार चेतावनी दिएका छन् । 

 

अमेरिकी सरकारले लाखौँ प्यालेस्टिनी शरणार्थी घर फर्किन पाउने अधिकारलाई अस्वीकार गरेको भन्ने इजरायली सञ्चारमाध्यममा खबर आएको एक दिनपछि प्यालेस्टाइन लिवरेसन अर्गनाइजेसन (पिएलओ)का कार्यकारी समिति सदस्य वासेल अबु यूसेफ तथा अहमद अबु हाउलीको उक्त प्रतिक्रिया आएको हो । 

 

प्यालेस्टिनी पक्षले आफ्ना नागरिकको राष्ट्रिय अधिकारलाई प्रभावित गर्ने कुनैपनि बिषयलाई अस्वीकार गर्नेछ, यूसेफले प्यालेष्टिनी रेडियो ‘भ्वाइस अफ प्यालेस्टाइन’लाई दिएको अन्तवार्तामा बताए । 

 

उनले संयुक्त राज्य अमेरिकाले इजरायलको पक्षमा ‘पूर्ण पक्षपातपूर्ण’ व्यवहार देखाएको पनि उनको आरोप छ । प्यालेस्टिनी नेताहरूले वर्तमान् अमेरिकी प्रशासनसँग तत्काल कुनै सम्पर्क भएको कुरालाई नकारे । आन्दोलन (सङ्घर्ष)का कारण अमेरिकी प्रशासनले प्यालेस्टिनी जनताको ऐतिहासिक अधिकारविरुद्ध हुनेगरी निर्णयहरू गर्ने गरेको बताउँदै यसले अमेरिकालाई राम्रो नहुने उनीहरूको भनाइ थियो । 

 

शरणार्थी विभागका प्रमुखसमेत रहेका हाउलीले इमेलमार्फत एक विज्ञप्ति पठाउँदै भने, प्यालेस्टिनी शरणार्थीको समस्या विल्कुल इजरायली–अरब द्वन्द्व भएको भन्दै यसमा अमेरिकी हस्तक्षेप अनावश्यक रहेको बताए । 

 

प्यालेस्टिनी समस्याबारे कार्यान्वयनमा आउन लागेको संयुक्त राष्ट्र सङ्घको सङ्कल्प प्रस्तावलाई अमेरिकाले रद्द गर्न नमिल्ने बताए । 

 

“प्यालेस्टिनी शरणार्थी घर फर्कन पाउने अधिकारलाई अन्तराष्ट्रिय कानून तथा मानव अधिकारबारे विश्वव्यापी घोषणापत्रले प्रत्याभूत गरेको बिषय हो ।” 

 

एक इजरायली टेलिभिजनले शनिबारको प्रशारणमा सन् १९४८ भन्दा पहिले जन्मेका प्यालेस्टिनीहरूलाई मात्र शरणार्थीको मान्यता दिन चाहेको भन्ने सूचनालाई लिएर उनीहरूले अमेरिकालाई प्यालेस्टिनी शरणार्थीका सम्बन्धमा हस्तक्षेपकारी भूमिका नखेल्न चेतावनी दिएका हुन् । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

मेघ गर्जनसहित वर्षाको सम्भावना

  • 24 minutes ago
मेघ गर्जनसहित वर्षाको सम्भावना

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायम छ । यसका कारण देशका पहाडी भू–भागमा आंशिक बदली छ ।

होटलमा ६० करोड लगानी, तीन सयलाई रोजगारी

  • 1 hour ago
होटलमा ६० करोड लगानी, तीन सयलाई रोजगारी

आतिथ्य सेवा क्षेत्रमा लगानी गर्दै आएको होटल पौवा प्रालिले पर्यटकीय सहर पोखराको लेकसाइडमा होटलको ११औँ शाखा सञ्चालनमा ल्याएको छ ।

चरित्रमा बाँच्ने अभिनेत्री सुरक्षाका नयाँ चलचित्र

  • 2 hours ago
चरित्रमा बाँच्ने अभिनेत्री सुरक्षाका नयाँ चलचित्र

चरित्रमा बाँच्ने अभिनेत्रीमा सुरक्षा पन्तको नाम अगाडि आउँछ । उनले अभिनय गरेको चलचित्र र भूमिकालाई हेर्ने हो भने अभिनयप्रतिको समर्पण देखिन्छ ।



पर्यटन

प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

कास्की । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा पहिलोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन हुने भएको छ ।

जीवनशैली

काजु खानुका यस्ता छन् फाइदाहरु

काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।