मोतियाविन्दु मुक्त बन्दै पाँचखाल नगरपालिका

  • आइतबार, १२ माघ, २०७६
  • 8 months ago
  • नेपाल

बनेपा । पाँचखालको समाजकल्याण प्राथमिक विद्यालयमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा ३९३ स्थानीय बासिन्दाले स्वास्थ्य जाँच गराएका छन् ।

पाँचखाल नगरपालिकाको समन्वयमा नेपाल पाकिस्तानमैत्री सांस्कृतिक सङ्घको आयोजनामा शनिबार सम्पन्न भएको शिविरमा पाकिस्तानमा अध्ययन गरेर फर्किएका आठ चिकित्सकले सेवा प्रदान गरेका थिए ।

नेपालस्थित पाकिस्तानी राजदूत डा मजर जावेद, पाँचखाल नगरका प्रमुख महेश खरेल र नेपाल पाकिस्तानमैत्री सांस्कृतिक सङ्घका अध्यक्ष हिमालयनशम्सेर राणाले संयुक्तरूपमा उद्घाटन गरेका थिए ।

 यसैबीच युवा व्यवसायी एवं नेपाल आँखा अस्पताल शाखा सञ्चालक कल्याण ढुङ्गानाले पाँचखाल–४ समाजकल्याणचोकमा आँखा उपचार केन्द्र स्थापना गरी सेवा दिन थालेको हो ।  

नगरप्रमुख खरेलले केन्द्रको शुभारम्भ गर्दै विदेश तथा शहरमा रहेका युवा गाउँमा फर्केर  व्यवसाय र सेवामा लाग्न जरुरी रहेको बताए । 

समृद्ध पाँचखाल नगर बनाउन सबैको साथ आवश्यक रहेको उल्लेख गर्दै उनले नगरपालिकाले मोतियाविन्दु मुक्त नगर बनाउने अभियानमा आँखा उपचार केन्द्र स्थापना गरेर नगरलाई सहयोग पुग्ने बताए । 

नगर उपप्रमुख लक्ष्मी दनुवार र प्रवक्ता एवं वडा नं ८ का अध्यक्ष सञ्जय तामाङले स्वास्थ्य क्षेत्रमा नगरले प्राथमिता दिएको बताए । 

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

राती सुत्दा कहिल्यैँ भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन !

  • 6 hours ago
राती सुत्दा कहिल्यैँ भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन !

एजेन्सी । किन राती सुत्दा कहिल्लै भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन रु ज्योतिषशास्त्र र वास्तुशास्त्रसंग जोडिएका कैयौँ यस्ता साना कुराहरुबारे जानकारी राख्नु आवश्यक हुन्छ ।

पुक्क पेट लागेको छ ? यसरी सजिलै घटाउनुहोस्

  • 6 hours ago
पुक्क पेट लागेको छ ? यसरी सजिलै घटाउनुहोस्

एजेन्सी । यदि तपाईलाई पेटको कुनै रोग छैन भने बिहान उठ्नेबित्तिकै मनतातो पानीमा कागतीको रस राखेर पिउँदा पेटको बोसो घट्छ । यसले मेटाबोलिजम दुरुस्त रहन्छ र तौल कम गर्न पनि मद्दत मिल्छ ।

कुन अंग फरफराउँदा के हुन्छ ?

  • 6 hours ago
कुन अंग फरफराउँदा के हुन्छ ?

एजेन्सी । ज्योतिष शास्त्र अनुसार शरीका विभिन्न अंग फरफराउँदा राम्रो र नराम्रो योग उत्पन्न हुन्छ । त्यसका कारण तपाईको जीवनमा कुनै काम बन्ने र कुनै काम विग्रने वा लाभ हानी हुने हुन्छ ।

पर्यटन

पोखराको प्याराग्लाडिङको विकल्प खोज्दै गण्डकी प्रदेश सरकार, बलेवामा सम्भावना

पोखराको प्याराग्लाडिङको विकल्प खोज्दै गण्डकी प्रदेश सरकार, बलेवामा सम्भावना

पोखरा । पोखराको प्याराग्लाडिङको विकल्प खोज्दै गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय बागलुङको बलेवा आएको छ । मन्त्रालयको पर्यटन महाशाखाले बलेवामा प्याराग्लाइडिङ गर्न आवश्यक पूर्वाधारका विषयमा छलफल थालेको हो । गत वर्ष बलेवा महोत्सवको समयमा गरिएको परीक्षण सफल भएकाले प्याराग्लाइडिङका लागि पोखराको विकल्पमा बलेवालाई राखिएको छ ।

जीवनशैली

पुक्क पेट लागेको छ ? यसरी सजिलै घटाउनुहोस्

पुक्क पेट लागेको छ ? यसरी सजिलै घटाउनुहोस्

एजेन्सी । यदि तपाईलाई पेटको कुनै रोग छैन भने बिहान उठ्नेबित्तिकै मनतातो पानीमा कागतीको रस राखेर पिउँदा पेटको बोसो घट्छ । यसले मेटाबोलिजम दुरुस्त रहन्छ र तौल कम गर्न पनि मद्दत मिल्छ ।

विचित्र विश्व