महिनायता मठमन्दिर धाउँदै पारस साह
- शुक्रबार, २५ जेष्ठ, २०७५
- 4 years ago
- समाचार

काठमाडाैं । पूर्वयुवराज पारस शाह पछिल्लो समय धार्मिक कार्यक्रममा व्यस्त हुन थाल्नुभएको छ। परिवार छाडेर एक्लै बस्दै आउनुभएका पारस एक महिनायता विभिन्न मठमन्दिरको दर्शनमा धाउन थाल्नुभएको छ।
सुनाकोठी बस्न छाडेर केही दिनदेखि अनामनगरस्थित हाउजिङमा बस्दै आउनुभएका उहाँ अधिकांश समय मृगस्थलीस्थित बाबा गोरखनाथ आश्रममा दर्शन गर्न थाल्नुभएको छ। हिजो बिहीबार छोरा हृदयेन्द्र, कान्छी छोरी कीर्तिका, धिरेन्द्र पुत्री दिलासा र पूजासहित गोरखनाथ आश्रम पुग्नुभएको थियो। पुस्तकालयमा बसेर आध्यात्मिक पुस्तक अध्ययन गर्न उहाँ गोखरनाथ आश्रम पुग्ने गर्नुभएको छ।
फुर्सदको समयमा आफ्ना छोराछोरीसँग घुम्न रुचाउने उहाँ लामो समयदेखि श्रीमती हिमानीसँग औपचारिकरूपमा भेट हुन सकेको छैन। स्रोतका अनुसार स्थानीय जनताको सहभागितामा धार्मिक कार्यक्रममा जान थाल्नुभएका पारस पछिल्लो एक महिनायता गएको वैशाख १५ गते महालक्ष्मी गुम्बा, २२ गते पलाञ्चोक भगवती दर्शन गर्न पुग्नुभएको थियो। ‘पूर्वयुवराज पारस विभिन्न मठमन्दिर दर्शन गर्न व्यस्त हुनुहुन्छ।’ –युवा विश्वहिन्दू महासंघका अध्यक्ष राजन महर्जनले भन्नुभयो। उहाँकै संयोजनमा राजधानीका केही मन्दिरमा पूर्वयुवराज पारस पुग्ने गर्नुभएको छ।
त्यसअघि टेकुस्थित पचली भैरवको पूजा गर्न पुग्नुभएको थियो। वैशाख ३१ गते गोकर्णको उत्तर गया, नलिञ्चोक भगवतीलगायतका मन्दिर दर्शन गरिसक्नुभएको छ।
पशुपति, गु≈येश्वरी मन्दिर बारम्बार जाने गर्नुभएका पारस असार ६ गते गोरखा मनकामना, गोरखनाथलगायतका मन्दिर दर्शन गर्न जाने तयारी भएको महर्जनले जानकारी दिनुभयो। नेपाल समाचारपत्रमा खबर छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
गण्डकी प्रदेशसभाको बैठक बस्दै
- 30 minutes ago

गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा ‘विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’माथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका कानुन अधिकृत कुमार रिजालले जानक
प्रयोग नै नगरी थन्कियो दमकल
- 2 hours ago

‘ब्याट्री डाउन’ भएर ‘स्टार्ट’ नै नहुने भएपछि खोटेहाङ गाउँपालिकाको बारुणयन्त्र (दमकल) दुई वर्षदेखि थन्किएर बसेको छ । प्रदेश नं १ नं सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विसं २०७७ असोज २९ गते गा
Paul Shah to be presented before court
- 3 hours ago

The High Court Pokhara has issued an order to present act Purna Bikram (Paul) Shah before the court. Shah is currently in Tanahun Jail after the Nawalpur court found him guilty in the case of child mo
पर्यटन
पर्यटकलाई लोभ्याउँदै बाघको मूर्ति

कालीगण्डकी नदीको किनार, बेगसहित सुसाउँदै गरेको नदीको गुञ्जयमान आवाज । वरपर मनोरम हरियाली रुख बिरुवाका बीच बाघको मूर्ति । उक्त स्थल यतिखेर पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।
जीवनशैली
ध्यान गर्नुका फाइदाहरु

पछिल्लो समय ध्यानको लोकप्रियता बढ्दै गएको छ । धेरै मानिसहरूलाई यसबाट स्वास्थ्य लाभहरू प्राप्त हुनेबारे थाहा भएसँगै ध्यानको महत्व बढ्दै गएको छ । यसलाई तनाव कम गर्न र एकाग्रता विकास गर्ने तरिकाको रूपमा लिइन्छ ।
विचित्र विश्व
रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।