संसद् खुलाउने विषयमा जुटेन सहमति, सत्तापक्ष र प्रतिपक्ष आ-आफ्नै अडानमा
- नेपालीपत्र
- बिहीबार, १६ साउन, २०७६
- 3 years ago
- राजनीति


काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा केही दिनदेखि जारी अवरोध हटाउने विषयमा राजनीतिक दलबीच सहमति नभएपछि आजको बैठक पनि स्थगन भएको छ ।
अवरोध हटाउने सम्बन्धमा सभामुख कृष्णबहादुर महराले आज सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सर्वदलीय बैठक बोलाएका थिए ।
बैठकमा सत्तापक्ष र प्रतिपक्ष सर्लाही घटनाका विषयमा संसदीय समिति गठन गर्ने वा नगर्ने विषयमा आआफ्ना अडानमा रहेपछि सहमति हुन नसकेको हो ।
सहमतिका लागि थप छलफल आवश्यक रहेको भन्दै संसद् बैठक सोमबारसम्मका लागि स्थगन गरिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।
‘सहमतिका लागि थप छलफल आवश्यक देखिएकाले दलको सहमतिमै सोमबार सम्मका लागि संसद् बैठक स्थगन गरिएको छ’, सर्वदलीय बैठकपछि उनले भने ।
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सचेतक पुष्पा भुसालले सर्लाही घटनाका सम्बन्धमा संसदीय छानविन समिति बनाउनुपर्छ भनेर आफूहरुले माग राखेको र सबै दलले आन्तरिकरुपमा थप छलफलको आवश्यकता महसुस गरेको बताइन् ।
समाजवादी पार्टी नेपालका सङ्घीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले सर्लाही घटनाका सम्बन्धमा संसदीय छानविन समिति बनाउने र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने दुवै विषय लोकतान्त्रिक हुने आफूले सुझाव दिएको बताए ।
सर्लाहीमा गत असार ५ गते विप्लब समूहका जिल्ला इञ्चार्ज कुमार पौडेल प्रहरीको दोहोरो भिडन्तमा मारिएका थिए । सर्लाहीमै बालुवा उत्खनन गरिएको स्थलमा पौडी खेलेर १२ वर्षीय बालक अमित रायको मृत्यु भएको घटनालाई लिएर प्रदर्शनमा उत्रिएका स्थानीयवासी र प्रहरीको झडपमा एक जनाको मृत्यु भएको थियो ।
उक्त दुवै विषयमा प्रमुख प्रतिपक्षी दललगायत संसदीय छानविन समिति गठनको मागका साथ केही दिनदेखि संसद् बैठक अवरोध गर्दै आएका छन् ।
प्रतिपक्षी दलले तराई–मधेश आन्दोलनका क्रममा भएका क्षतिका सम्बन्धमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वमा गठित समितिको प्रतिवेदनसमेत सार्वजनिक गर्न माग गर्दै आएका छन् ।
प्रतिनिधिसभाको अर्को बैठक यही साउन २० गते बिहान ११ बजे बस्नेछ । (रासस)
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
क्यानले २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलायो, सन्दीप लामिछाने परेनन्
- 29 minutes ago

नेपाल क्रिकेट संघ (क्यान)ले लिग टूको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । क्यानले शुक्रबार नेपाल–नामीबिया र स्कटल्याण्डबीचको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडील
माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने
- 40 minutes ago

काठमाडौँ। बिहीबारदेखि सुरु भएको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू नेकपा एमालेको प्रस्तावमा प्रधानमन्त्री बने पनि विश्वासको मत लिने बेलामा कांग्रेस समेत सामेल भ
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ मा हुने
- 1 hour ago
काठमाडौँ। राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने भएको छ। राष्ट्रियसभाको शुक्रबारको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभाको उपाध्यक्षको निर्वाचन माघ २३ गते सोमबार बिहान ११ बजेर
पर्यटन
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

पोखरा। माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ। अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरी सुस्ताएको हो।
जीवनशैली
साउना, स्टिम र जाकुजी लिने बढ्दै, शरीरलाई आनन्द र तनावमुक्त राख्ने

आजभोलि मानिसहरु थकानबाट मुक्त हुनका लागि स्पा, साउना, स्टिम, जाकुजी जस्ता सेवाबाट आनन्द लिने गरेको पाइएको छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।