कर्णालीका राजनीतिक दलहरुद्वारा निर्वाचनमा दलितको प्रतिनिधित्व सुनिश्चित गर्ने प्रतिबद्धता

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

कर्णाली। राजनीतिक दलहरूले आसन्न प्रदेश तथा सङ्घको निर्वाचनमा दलित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने सामूहिक प्रतिबद्धता जनाएका छन्। समता फाउन्डेशन र साझेदारी सशक्तिकरण केन्द्रद्वारा आज वीरेन्द्रनगरमा सम्पन्न निर्वाचनमा दलित समुदायको प्रतिनिधित्व सवालसम्बन्धी कार्यक्रममा दलका प्रमुख नेताहरूले यस्तो प्रतिबद्धता जनाएका हुन्।

 

दलहरुले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा दलित जनप्रतिनिधिको अनुभव र कामको मूल्याङ्कन गर्दै माथिल्लो पदहरूमा पुग्ने वातावरण सिर्जना गर्ने, दलित समुदायको उपस्थितिलाई प्रभावकारी बनाउन पहल गर्ने, दलित जनप्रतिनिधिलाई बिना रोकटोक काम गर्ने वातावरण बनाउने, पार्टी कार्यकर्ताले जातीय विभेद गरेको पाइएमा दलीय र कानुनी दुवै कारबाही प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएका छन्।

 

प्रतिबद्धतापत्रमा नेपाली कांगे्रसका कर्णाली प्रदेश उपसभापति कालीबहादुर सहकारी, नेकपा (एकीकृत समाजवादी) का प्रदेश अध्यक्ष अम्मरबहादुर थापा, नेकपा (माओवादी केन्द्र) दलित मुक्ति मोर्चाका प्रदेश अध्यक्ष पार्वती विक र नेकपा (एमाले) का प्रदेश सदस्य टेकेन्द्रकुमार बस्नेतले हस्ताक्षर गरे। छलफलमा कांगे्रस प्रदेश उपसभापति सहकारीले पछाडि पारिएका दलित तथा सीमान्तकृत समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउन सबैको इमान्दार प्रयास आवश्यक पर्ने बताए।

 

एकीकृत समाजवादीका प्रदेश अध्यक्ष थापाले स्थानीय सरकारमा दलित समुदायको सहभागिता आशालाग्दो भएको धारणा राखे। अधिकारकर्मी वसन्त विकले संवैधानिक बाध्यताबाहेक राजनीतिक दलहरूले दलित समुदायको अर्थपूर्ण सहभागिताका लागि चासो नदिएको गुनासो गरे। कार्यक्रमका सहभागीले प्रमुख दलका नेताहरूको इच्छाशक्तिले मात्रै दलित समुदायको सहभागितालाई निर्णायक र अर्थपूर्ण बनाउन सम्भव हुने धारणा व्यक्त गरेका छन्।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

रवीन्द्र मिश्रले दिए विवेकशील साझाबाट राजीनामा

  • 2 hours ago
रवीन्द्र मिश्रले दिए विवेकशील साझाबाट राजीनामा

विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रले राजीनामा दिएका छन् । निवर्तमान अध्यक्षसमेत रहेका मिश्रले आज पार्टी अध्यक्ष समीक्षा बास्कोटासमक्ष राजीनामा दिएका हुन् ।

इटलीमा दक्षिणपन्थी पक्षका उम्मेदवार धेरै विजयी हुने प्रक्षेपण

  • 7 hours ago
इटलीमा दक्षिणपन्थी पक्षका उम्मेदवार धेरै विजयी हुने प्रक्षेपण

एजेन्सी । इटलीमा भएको संसदीय निर्वाचनमा दक्षिणपन्थी पक्षधर उम्मेदवारहरु धेरै विजयी हुने प्रक्षेपण गरिएको छ ।

रुसको एक विद्यालयमा गोली चल्यो

  • 7 hours ago
रुसको एक विद्यालयमा गोली चल्यो

एजेन्सी । मध्य रुसको इजेभस्क शहरको एक विद्यालयमा गोली चलेको छ । यस गोली प्रहारमा परी छ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २० घाइते भएका आन्तरिक मन्त्रालयले सोमबार जानकारी दिएको छ ।



पर्यटन

काठमाडौँका सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्छ: पर्यटनमन्त्री

काठमाडौँका सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्छ: पर्यटनमन्त्री

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको काठमाडौँ उपत्यकाको सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्ने बताएका छन् ।

जीवनशैली

नवरात्रको पहिलो दिनः घरघरमा घटस्थापनासहित जमरा राखिँदै

नवरात्रको पहिलो दिनः घरघरमा घटस्थापनासहित जमरा राखिँदै

नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्दै छन् ।

विचित्र विश्व

भारतीय काँग्रेसको अध्यक्षमा शशी थारुरले उम्मेदवारी दर्ता गर्ने

भारतीय काँग्रेसको अध्यक्षमा शशी थारुरले उम्मेदवारी दर्ता गर्ने

एजेन्सी । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसको अध्यक्ष पदका लागि वरिष्ठ नेता शशी थारुरले उम्मेदवारी दर्ता गर्ने भएका छन्। सङ्घीय संसदको सांसद समेत रहेका थारुरले यही सेप्टेम्बर ३० मा उम्मेदवारी दर्ता गर्ने भएका हुन् । उनले भने, “काँग्रेसका देशभरीका प्रतिनिधिहरुले मलाई उम्मेदवारी दर्ताका लागि उत्प्रेरित गरेका छन्, त्यसैले उनीहरुको भावना र आग्रह अनुसार मैले उम्मेदवारी दर्ता गर्न लागेको हुँ ।”