पेन्टागनको प्रतिवेदनः चीनले बढाउँदै छ आणविक हतियार, २०३५ सम्ममा १५ सय आणविक बम बनाउने
- बुधबार, १४ मंसिर, २०७९
- 1 month ago
- अन्तर्राष्ट्रिय
- विचित्र विश्व

एजेन्सी । पेन्टागनले हालै आफ्नो प्रतिवेदन जारी गर्दै आणविक हतियारबारे चिन्ता व्यक्त गरेको छ । पेन्टागनले आफ्नो प्रतिवेदनमा चीनसँग अहिले ४ सय आणविक बम रहेको र सन् २०३५ सम्ममा कम्तीमा १५ सय आणविक बम बनाउने दाबी गरेको छ ।
चीन आफ्नो आणविक शक्ति बढाउनमा केन्द्रित रहेको पेन्टागनले बताएको छ ।
चीन विश्वको सबैभन्दा शक्तिशाली देश बन्न र अमेरिकालाई चुनौती दिन चाहेका कारण पनि यस्तो गरिरहेको मिडिया रिपोर्टमा उल्लेख छ ।
सन् २०२० मा अमेरिकाले चीनको आणविक हतियारको संख्या २०० भन्दा बढी हुने र आगामी दशकमा यो संख्या झण्डै दोब्बर हुने अनुमान गरेको थियो ।
तर, सन् २०२२ मा नै चीनले यो कोसेढुङ्गा हासिल गरेको छ ।
अब अमेरिकाका लागि यो चुनौतीपूर्ण कदम हुने बताइएको छ । चीनले सोही गतिमा अगाडि बढ्दै परमाणु हतियार बनाउने हो भने सन् २०३५ सम्ममा करिब १५०० आणविक हतियार बनाउनेछ ।
प्रतिवेदनमा यो पनि भनिएको छ कि चीनले जल, जमिन र वायु तीनै क्षेत्रमा परमाणु हतियारमा लगानी गरेर अमेरिकाको चिन्ता बढाएको छ।
सन् २०२१ मा चीनले १३५ ब्यालेस्टिक मिसाइल परीक्षण पनि गरेको प्रतिवेदनमा उल्लेख छ ।
विश्वका देशहरूले पनि यति धेरै परीक्षण गरेका छैनन्। योसँगै चीनले स्पेस र काउन्टर स्पेस हतियार पनि विकास गरिरहेको दाबी गरिएको छ ।
यसका लागि चीनले १० लाख स्थायी सैनिकको छुट्टै सेना खडा गरेको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सामाजिक सञ्जालको नियमन हुनुपर्छः प्रमुख आयुक्त थपलिया
- 10 hours ago

काठमाडौँ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई पनि नियमन तथा व्यवस्थापन गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जाल पनि आमसञ्चार माध्यमको रुपमा स्थापित हुन खोजिरहेको उल्लेख गर
स्वास्थ्य सचिव पोखरेलद्वारा सिएमसी क्यान्सर इन्स्टिच्यूट उद्घाटन
- 10 hours ago

चितवन। चितवन मेडिकल कलेजले स्थापना गरेको ‘सिएमसी क्यान्सर इन्स्टिच्यूट’को आज औपचारिक उद्घाटन गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेले एक कार्यक्रमकाबीच इन्स्टिच्यूट उद्घाटटन
पर्यटन
खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस
जीवनशैली
काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।