'जस्तो सुकै नतिजा आओस्, खेल्ने शैलीमा परिवर्तन आउँदैन'

  • सोमबार, २३ मंसिर, २०७६
  • 9 months ago
  • खेल

एजेन्सी । यस सिजन म्यानचेस्टर सिटी अपेक्षाकृत खेल प्रदर्शन गर्न सकिरहेको छैन । तर, प्रशिक्षक पेप ग्वार्डीवाला भने खेल्ने शैलीमा कुनै पनि परिवर्तन नआउने बताएका छन् । 

उनले भनेका छन्,‘हो यस सिजन खासै गतिलो गइरहेको छैन । तर, मेरो मास्टर प्लानमा केही परिवर्तन आउँदैन ।’

उनले म्यानचेस्टर युनाइटेडविरुद्धको खेलमा पराजित भएपछि भनेका छन्,‘म्यानु हामीभन्दा राम्रो पोजिशनमा थिए । तर, हामीले प्लान गरेजस्तो रणनीति अनुसार खेल्न सकेनौँ । सुरुको ३० मिनेट हामी बारम्बार चुक्यौँ ।’

उनले भनेका छन्,‘मार्कस रासफोर्ड, एन्थोनी मार्सल र जेम्सले हाम्रो डिफेन्स लाइन बारम्बार तोड्न सफल भए । रणनीति अनुरुप नखेल्दा यस्तो परिणाम भोग्न पर्यो ।’

उनले हारलाई सहज रुपमा लिदैँ भनेका छन्,‘सिटीको खेल्ने शैलीमा परिवर्तन आउँदैन । कमीकमजोरी कहाँ छ त्यसलाई समाधान गर्नेतर्फ हामी लागि परेका छौँ । खेलाडी गोल नै नगरे समस्या आउने हो । तर, हाम्रो समस्या डिफेन्स लाइनमा हो । यसलाई सुधार्नु प्रमुख महत्वको विषय बनेको छ ।’

म्यानसिटी ३२ अंकका साथ लिगकाे तेस्राे स्थानमा रहेकाे छ ।

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कतिपयले ढिलो विवाह गर्नुको कारण यस्तो पनि !

  • 4 hours ago
कतिपयले ढिलो विवाह गर्नुको कारण यस्तो पनि !

एजेन्सी । अमेकिाको ओहियो स्टेट विश्वविद्यालयका अनुसन्धानकर्ताका अनुसार महिला जसको विवाह कम उमेरमा भएको छ तर विवाह टिकेको छैन वा डिभोर्स भएको छ भने उनीहरुको बच्चाहरु विवाह गर्न ढिला रुचाउने गर्छन् ।

आर्थिक प्रलोभनमा पार्न खोज्दा त्यसलाई इन्कार गर्ने १७ ट्राफिक प्रहरी...

  • 4 hours ago
आर्थिक प्रलोभनमा पार्न खोज्दा त्यसलाई इन्कार गर्ने १७ ट्राफिक प्रहरी...

काठमाडौँ । सवारी नियम उल्लङ्न गर्ने चालक र सहचालकले आर्थिक प्रलोभनमा पार्न खोज्दा त्यसलाई इन्कार गर्ने १७ ट्राफिक प्रहरीलाई आज सम्मान गरिएको छ ।

उपचारका क्रममा एक जना कोरोना सङ्क्रमितकोे मृत्यु

  • 4 hours ago
उपचारका क्रममा  एक जना कोरोना सङ्क्रमितकोे मृत्यु

कोहलपुर । कोहलपुरमा उपचारका क्रममा आज एक कोरोना सङ्क्रमितकोे निधन भएको छ । बर्दिया ठाकुरबाबा नगरपालिकाका ६४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

पर्यटन

सिद्ध मकरीकोट पदमार्गमा ८ हजार २८२ खुट्किला निर्माण हुँदै

सिद्ध मकरीकोट पदमार्गमा ८ हजार २८२ खुट्किला निर्माण हुँदै

दार्चुला । सङ्घीय सरकार, सुदूरपश्चिम प्रदेश सरकार र अपी हिमाल गाउँपालिकाको लगानीमा अपी हिमाल गाउँपालिका–४ देखि वडा नं ५ जोड्न निर्माण हुँदै गरेको सिद्ध मकरीकोट पदमार्ग । हालसम्म एक हजार ४७४ मिटरमा तीन हजार ७०० खुट्किला निर्माण भइसकेको छ भने पदमार्ग सम्पन्न हुँदा आठ हजार २८२ खुट्किला निर्माण हुनेछन् ।

जीवनशैली

राति निन्द्रा परेन, अब यी उपायहरु अपनाउनुहोस्

राति निन्द्रा परेन, अब यी उपायहरु अपनाउनुहोस्

एजेन्सी । दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ भन्ने शात्रमा उल्लेख छ । रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन। तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ। शास्त्रले यस्ता कुराहरुलाई सिरानीमुनी राख्नु राम्रो हुने भनेर उल्लेख गरेको छ ।

विचित्र विश्व