पेसावर मस्जिदमा भएको हिंसात्मक हमलाको निन्दा

Global IME
Norvic Hospital

एजेन्सी । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले पाकिस्तानको पेशावरमा सोमबार भएको हिंसाको घटनाको निन्दा गर्नुभएको छ ।पेसवासरको पुलिस लाइन्स क्षेत्रको मस्जिदमा सोमबार भएको आत्मघाती विस्फोटमा परी ४४ जनाको ज्यान गएको घटनाको उनले निन्दा गरेका हुन् ।

 

संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसका प्रमुख प्रवक्ता स्टेफन डुजारिकले सो घटनाको निन्दा गर्दै नागरिकको शान्तिपूर्ण रुपमा आफ्ना धार्मिक आस्था भएका स्थानमा उपस्थित हुन र पूजा गर्न पाउने अधिकारको सम्मान गर्नुपर्ने बताएका छन् ।

 

विश्वका नागरिकले आफ्नो आस्था रहेका स्थानमा जम्मा हुन पाउने र धार्मिक कार्य  गर्न पाउने विश्वव्यापी मानवअधिकारको विषय हो भन्दै यस्ता कार्यको सम्मान गर्न उनले सो विज्ञप्तिमार्फत् आग्रह गरेका हुन् ।

 

सोमबार सो मस्जिदमा विस्फोट गराई धेरै नागरिकको ज्यान लिनेगरी हिंसात्मक कार्य भएको छ । पेसावरको पुलिस लाइन्स इलाकामा रहेको मस्जिदमा दिउँसोको नमाजको समयमा विस्फोट भएको हो ।

 

स्थानीय सञ्चारमाध्यमका अनुसार आत्मघाती आक्रमणकारी प्रार्थनाको क्रममा लाइनमा बसेका व्यक्तिहरुलाई लक्ष गरिएको थियो ।सुरक्षा अधिकारीहरूले बताएअनुसार विस्फोट हुँदा मस्जिदमा कम्तिमा १२० जना मानिस रहेका बताएका छन् । घाइते हुनेमा धेरै प्रहरी रहेको बताइएको छ ।

 

महासचिव गुटरेसले सो हलामा परेर ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै उनीहरुको परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । उनले यस्ता जघन्य अपराधमा संलग्न हुने व्यक्तिको खोजी गरेर उनीहरुलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने पनि बताएका छन् ।  


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बागमती प्रदेशका एमालेका चार मन्त्रीद्वारा राजीनामा

  • 1 minute ago
बागमती प्रदेशका एमालेका चार मन्त्रीद्वारा राजीनामा

हेटौँडा। बागमती प्रदेश सरकारका चार जना मन्त्रीले आज राजीनामा दिएका छन्। प्रदेशसभाको आजको बैठकमा बोल्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आफूसहित नेकपा एमालेका तर्फबाट मन्त्री बन

राहुल गान्धीको सांसद पद खारेज

  • 4 minutes ago
राहुल गान्धीको सांसद पद खारेज

काठमाडौँ। भारतीय कांग्रेसका नेता राहुल गान्धीको सांसद पद खारेज भएको छ। मानहानीमा दुई वर्षको सजाय पाएका गान्धीको लोकसभा सचिवालयले गान्धीको सांसद पद रद्द गरेको सूचना निकालेको हो। सुरतको एक अदालतल

गण्डकीमा माओवादीले लियो सरकारबाट समर्थन फिर्ता

  • 10 minutes ago
गण्डकीमा माओवादीले लियो सरकारबाट समर्थन फिर्ता

पोखरा। गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्रले नेकपा एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। गण्डकी प्रदेश माओवादी संसदीय दलको शुक्रबार बसेको बैठकले मुख्यमन्त्री खगराज अधिकारीलाई



पर्यटन

रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ। पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो। नगर प्रहरीले सरसफाइ गरेपछि एक साताअघिबाट सर्वसाधारणका लागि उक्त ऐतिहासिक पोखरी खुला गरिएको हो।

जीवनशैली

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।