भारतभन्दा नेपालमा पेट्रोल र डिजेल धेरै सस्तो

  • बिहीबार, १७ पुष, २०७६
  • 9 months ago
  • अर्थ

काठमाडौँ । नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ । पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि २०७१ अनुसार निगमले साबिकको पेट्रोल, डिजल र मट्टीतेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु दुईले वृद्धि गरी मूल्य समायोजन गरेको हो । 

 

निगमका अनुसार प्राप्त पेट्रोलियम पदार्थको नयाँ अन्तर्राष्ट्रिय बजार मूल्यबमोजिमको खरिद मूल्य केही बढेर आएको हो । हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य यथावत् रहेको जनाइएको छ । यसअघि इन्डियन आयल कर्पोरेशनले डिसेम्बर १६ मा पठाएको मूल्यअनुरुप निगमले पुस १ गते डिजेल र मट्टीतेलको मूल्य समायोजन गरेको थियो ।

 

मूल्य समायोजनपश्चात् नेपालतर्फको वीरगञ्ज नाकाको तुलनामा भारतको रक्सौलमा कायम भएको पेट्रोलको खुद्रा बिक्री मूल्य भारतभन्दा प्रतिलिटर रु १८ रुपैयाँ ६७ पैसा र डिजेलको खुद्रा बिक्री मूल्य रु १८ रुपैयाँ २७ पैसा सस्तो हुन गएको छ ।

 

मूल्य समायोजनपश्चात् निगमको डिपो र बिक्री विन्दुदेखि १५ किलोमिटर क्षेत्रभित्र पेट्रोलको खुद्रा बिक्री मूल्य काठमाडौँ (थानकोट), सुर्खेत र दिपायलमा रु १११ प्रतिलिटर, पोखरा, दाङमा रु ११० रुपैयाँ ५० पैसा र अन्य तराई क्षेत्र (चारआली, विराटनगर, महेन्द्रनगर (धनुषा), वीरगञ्ज, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी) मा रु १०९ रुपैयाँ ५० पैसा प्रतिलिटर कायम गरिएको छ ।

 

डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्य काठमाडौँ (थानकोट), सुर्खेत र दिपायलमा रु १०० प्रतिलिटर, पोखरा, दाङमा रु ९९ रुपैयाँ ५० पैसा र अन्य तराई क्षेत्र (चारआली, विराटनगर, महेन्द्रनगर (धनुषा), वीरगञ्ज, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज र धनगढी) मा रु ९८ रुपैयाँ ५० पैसा प्रतिलिटर कायम गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नेत्रविक्रम चन्द नेतृत्वको पार्टीद्वारा सरकारविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक

  • 2 minutes ago
नेत्रविक्रम चन्द नेतृत्वको पार्टीद्वारा सरकारविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक

पोखरा । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कार्तिक १५ देखि २० गतेसम्म सरकार विरुद्ध संघर्षका कार्यक्रमहरु एक विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ ।

वसन्त चौधरी कोरोना भाइरसबाट संक्रमित

  • 10 minutes ago
वसन्त चौधरी कोरोना भाइरसबाट संक्रमित

काठमाडौँ । व्यवसायी वसन्त चौधरी कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ । उनले आफु संक्रमण भएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका हुन् ।

कोरोना महामारीकाबीच यस्तो छ आदित्यको विवाहको तयारी

  • 15 minutes ago
कोरोना महामारीकाबीच यस्तो छ आदित्यको विवाहको तयारी

एजेन्सी । लामो समयदेखि अभिनेत्री श्वेता अग्रवालसँग प्रेमसम्बन्धमा रहेका सिंगर आदित्य नारायण झा विवाह गर्ने तयारीमा रहेका छन् ।



पर्यटन

पोखराका प्याराग्लाइडिङ कम्पनीले सस्तो दरमा उडान गर्न थाले

पोखराका प्याराग्लाइडिङ कम्पनीले सस्तो दरमा उडान गर्न थाले

पोखरा । पोखराका प्याराग्लाइडिङ कम्पनीले सस्तो दरमा उडान गर्न थालेपछि दैनिक दुई सयभन्दा बढी साहसी खेलप्रेमी आकाशमा उड्न थालेका छन् । लामो समयको बन्दाबन्दीका कारण मनोरञ्जनलगायत गतिविधिबाट वञ्चित भएकाहरुलाई आकाशमा उड्न सस्तो कार्यक्रम ल्याइएको छ ।

जीवनशैली

पुक्क पेट लागेको छ ? यसरी सजिलै घटाउनुहोस्

पुक्क पेट लागेको छ ? यसरी सजिलै घटाउनुहोस्

एजेन्सी । यदि तपाईलाई पेटको कुनै रोग छैन भने बिहान उठ्नेबित्तिकै मनतातो पानीमा कागतीको रस राखेर पिउँदा पेटको बोसो घट्छ । यसले मेटाबोलिजम दुरुस्त रहन्छ र तौल कम गर्न पनि मद्दत मिल्छ ।

विचित्र विश्व

राती सुत्दा कहिल्यैँ भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन !

राती सुत्दा कहिल्यैँ भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन !

एजेन्सी । किन राती सुत्दा कहिल्लै भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन रु ज्योतिषशास्त्र र वास्तुशास्त्रसंग जोडिएका कैयौँ यस्ता साना कुराहरुबारे जानकारी राख्नु आवश्यक हुन्छ ।