पेट्रोल पम्पको ठगीधन्दा कहिले बन्द हुने?

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

नेपालमा जतिपनि सवारी साधन छन् तीमध्ये अधिकांश पेट्रोल डिजेलबाट चल्छन् । विद्युत र ग्याँसबाट चल्नेको संख्या निकै न्युन छ । मुलुकभर झण्डै ४२ लाख इन्धनबाट चल्ने सवारी साधन दर्ता छन् । यी सवारी साधन चल्न इन्धन त चाहिनै हाल्छ । इन्धन हाल्नको लगि मुलुकभर पेट्रोल पम्पहरु सञ्चालनमा छ । प्रत्येक केही मिटरमा पेट्रोल पम्पहरु भेटिन्छन् । तर, यी पेट्रोल पम्प सञ्चालकले विभिन्न विधि अप्नाई ठगिरहेका छन् । दुई लिटर इन्धन भरेको भनिएको हुन्छ, पैसा पनि सरकारले तोकेजति तिर्नुपरेको छ । तर, पम्प सञ्चालकहरुले दुई लिटर भनेर जम्मा डेढ लिटर इन्धन भरेका हुन्छ । मेसिन बिगारेर उनीहरुले गाडी धनीलाई ठगिरहेका छन् ।

 

हावा भरेको पनि पम्प सञ्चालकहरुले पैसा असुलिरहेका छन् । यता, इन्धन भर्ने गाडी धनीले मेसिनमा हेर्छन्, त्यहाँँ आएको अंकजति पैसा तिर्छन् तर उनीलाई आफु ठगिएकोबारे थाहा हुदैन् । कतिलाई शंका लागेपनि उनीहरुले केही गर्न सक्दैनन् । सवारी साधनको टंयाङकीमा हालेको तेल निकालेर नाप्छु भनेर असम्भवझै छ । एक लिटर पेट्रोलले २० किमि गुड्न पर्ने ठाँउमा १३ किमि इन्धन सिद्धियो भने सवारी साधनले के सोच्लान् । एकातिर उसले पेट्रोल पम्पले मलाई थोरै इन्धन दिएछ भन्ने आशंका गर्छ । अर्कोतिर इन्जिन बिग्रिएर गाडीले धेरै इन्धन खाएको होला भन्ने उसको मनमा पर्छ । 

 

कतिपयले इन्जिन चेक गर्नसमेत लग्छन् । वर्कसपले इन्जिन ठिक छ बिग्रिएको छैन् भनिसकेपछि उसको पेट्रोल पम्पतिर ध्यान मोडिन्छ । आफुलाई के कारण हो थाहा हुदाँहुदै पनि उसले केही गर्न सक्दैन् । किन कि ऊसंग प्रमाण केही पनि हुदैन् । सवारी साधनको टयांकमा भरेको तेल चुहिदाँ पनि चुहिदैन् । त्यहाँभित्र हावा छिर्न पनि सक्दैन् । अनि इन्धन गयो कहाँ ? यो त सिधैं पेट्रोल पम्पको ठगी होइन् र ? पम्पका कर्मचारीहरुले इन्धन भर्ने बेलामा नरोकी इन्धन हाले भने पुरा तेल जान्छ । तर, उनीहरुले त्यस्तो गर्दैनन् । बिचमा उनीहरुले पाइपलाई रोकी रहन्छन् र इन्धनको सट्टा हावा र ग्याँस जान्छ । 

 

पम्पका कर्मचारीलाई कसरी इन्धन कम दिने यसको राम्ररी ज्ञान छ । पछिल्लो समय निजी प्लेटका सवारीधनीहरु इन्धन हाल्न जान्छन् तर गाडीबाट ओलिदैनन् । उसले विश्वास गरेर यति लिटर इन्धन हालिदिनुस भन्छ । यता, यसको फाइदा उठाउदै पम्पका कर्मचारीले दुईतीन लिटर इन्धन नै हिनामिना गर्छन् । तर, गाडीसाहुले त पुरै पैसा तिर्नुपरेको छ । पेट्रोलपम्पको मेसिन बिग्रिएको छ कि मिटर बिगारेर हामीलाई ठगेका छन् कि यसबारे जनतालाई ज्ञान छैन् । त्यस्तै, गुणस्तर तथा नापतौल विभागले लगाएको सिल तोडेको छ कि बिगारिएको छ जनतालाई यो पनि थाहा छैन् । 

 

जनता नठगियोस् र पम्पले ठग्न नपाओस् भनेर नापतौल विभागले सिल त माप्यो । तर, फितलो अनुगमनमा कारण जनता त ठगिरहेका छन् । नापतौल विभागले अनुगमन नगर्नुपछिको कारण आर्थिक प्रलोभन पनि हो । पम्पहरुले जति ठगेपनि विभाग चाल नपाएझै बसेको छ । कोही कोहीले सिल र मिटर नबिगारिकन पेट्रोल बेचिरहेका होलान् । कतिपयले सिल र मिटर बिगारेर जनता ठगिरहेका होलान् । अनुगमन गर्नेबित्तिकै यो त छर्लङग हुन्छ । उपत्यकाभित्र सञ्चालन भएकालाई त विभागले अनुगमन गरेको छैन् भने बाहिरको कल्पना नै नगरे हुन्छ । 

 

मुलुकभर सात सय बढी पेट्रोल पम्प सञ्चालनमा रहेको तथ्याङ छ । तीमध्ये कतिले नियम मानेका छन् यसको तथ्याङ भने सरकारसंग छैन् । त्यसैगरी, कतिवटा पेट्रोल पम्पले नियम मिचेका छन् यसको लेखाजोखा पनि राखिएको छैन् । लेखाजोखा नराख्नुको कारण कमिशन भएको बुझिन्छ । पम्पहरुमा छापा मार्नेबित्तिकै दुधको दुधको पानीको पानी भइहाल्छ । विभागको डिजी दीनानाथ मिश्रले पम्पहरुको पक्षमा रहेर अनुगमन नगर्दा जनता ठगिने क्रम रोकिएको छैन् । आयल निगमको महिनादिन पनि बित्न नपाउदै इन्धनको मुल्य बढाउछ । पछिल्लो समय इन्धनको मुल्य निरन्तर उकालो लागिरहेको छ । 

 

मुल्य जति बढाएपनि जनता तिर्न बाध्य छन् । सरकारले तोकेजति रकम तिरेपछि तेल पनि तोकेजति नै पाउनुपप्यो । तर, पैसा तिरेर पनि जनताले कम इन्धन पाइरहेका छन् । अनि कहाँ छ सरकार ? सरकारको नियम नमान्ने र कम इन्धन दिने पेट्रोल पम्पविरुद्ध कहाँ गएर उजुरी गर्ने ? जनता अन्यौलमा परेका छन् । गाडीमा हालेको इन्धन निकालेर नाप्नपनि नमिल्ने, कम इन्धन भयो भनेर भन्न पनि नमिल्ने । पम्प सञ्चालकले जति दियो त्यतिमै सन्तुष्टि हुनुपर्ने बाध्यता छ । 

 

अनुगमनमा नियमनकारी निकायले उदासिनता देखाउदा र उजुरी गर्ने ठाँउको अभाव हुँदा पम्प व्यवसायीको जनता ठग्ने मनोबल झनै बढ्दै गएको छ । उधोग मन्त्रालयले यसविषयमा मौनधारण गरेर बसेको छ । नापतौल विभाग पम्प व्यवसायीकै पक्षमा छ । बिचमा पिल्सिने त जनता मात्रै भए । सिल नचुडाइकन, दाग नलगाईकन उनीहरुले मिटर मिलाएका हुन्छ जसको अत्तोपत्तो कसैलाई हुदैन् । नापतौलका कर्मचारीबाहेक अरु कसैले पनि सिल ठिक छ कि छैन् यसको जवाफ दिन सक्दैनन् । तर, नापतौल विभागका कर्मचारी कहिले अनुमनमा निस्किदैनन् । विभागले अनुगमन नगर्नु र कानुनको दायरामा नल्याउनुको पछाडि केही स्वार्थ अवश्य नै हुनुपर्छ । 

 

विगत दुई वर्षदेखि पेट्रोल पम्पहरुमा अनुगमन  गरिएको छैन् । यता, पम्प व्यवसायीहरुले राजस्व पनि छली गरिरहेका छन् । आयल निगमले पेट्रोल बिक्री गरेबापत उनीहरुलाई कमिशन दिएको हुन्छ । जति इन्धन बिक्री गप्यो उनीहरुलाई त्यति नै फाइदा हुने हो । तर, पम्प व्यवसायीहरुले दैनिक नाफाको राज्यलाई राजस्व तिरेका छैनन् । अहिले सञ्चालनमा भएको पेट्रोल पम्पमा करौडौ रुपैंया लगानी गरिएको छ । कतिपयले भाडामा त कतिले आफ्नै जग्गामा पम्प सञ्चालन गरेका छन् । 

 

यो लगानीको पनि राज्यले राजस्व पाएको छैन् । सरकारले राजस्व उठाउनका लागि पेट्रोल पम्पहरुलाई पनि घरेलु र कम्पनीमा लगेर पञ्जीकरण गर्ने व्यवस्था मिलाउनुपर्छ । पम्पहरुमा पञ्जीकरण लागु गर्ने हो भने राज्यको ढुकुटीमा अरबौ रुपैंया राजस्व संकलन हुन्छ । त्यसैगरी, सरकारले कतिले मिटर बिगारेका छन् कतिले छैनन् यसको लेखाजोखा जनतालाई दिनुपर्छ । नापतौल विभागका कर्मचारीहरुले जनताले तिरेको करबाट तलबभत्ता खाइरहेका छन् । सरकारी गाडी पनि चढिरहेका छन् । 

 

तर, उनीहरु जनताकै लागि काम गर्न चाहदैनन् । विभागका कर्मचारीहरुले दिन कटाउने र माना पचाउने काम मात्र गरिरहेका छन् । अहिले सञ्चालन भएका पेट्रोल पम्पहरु सबै सडक छेउमा छन् । धेरै नै घनाबस्ती भएको ठाँउमा पम्प सञ्चालन गर्न दिइएको छ । थोरै जग्गामा सञ्चालन भएका पेट्रोल पम्पले ट्राफिक जाम बढाइरहेको छ । त्यस्तै, केही कारणबस पम्पमा आगजनी भयो भने बस्ती नै सखाप हुन्छ । सरकारले बनाएको मापदण्ड विपरीत पम्पहरु सञ्चालन भइरहेका छन् ।

 

त्यस्ता पम्पहरुलाई कारबाही गर्न सम्बन्धित निकायले बेवास्ता गरिरहेको छ । पेट्रोल पम्पहरुलाई सडक छेउबाट हटाउन सड विभागले पहल गरेको छैन् । ट्राफिक जाम बढये पेट्रोल पम्पलाई सडक छेउबाट हटाउनुपर्छ भनेर ट्राफिक प्रहरी महाशाखाले पनि ध्यान दिदैन् । सर्वसाधारण आफैले पनि यस्ता जोखिमपुर्ण व्यवसायहरु घर वरपर सञ्चालन गर्न दिनुहुदैन् भनेर आवाज उठाएका छैनन् । दुई दशकअघि घरहरु कम थियो, बस्ती बसिसकेको थिएन् । जनसंख्या न्युन थियो भने सडक र गाडी पनि अहिलेको जति थिएन् ।

 

जसका कारण सरकारले थोरै जग्गामा पम्प सञ्चालन गर्न दियो । तर, अहिले त्यही पम्प हाम्रा लागि जोखिमपुर्ण बनेको छ । बस्तीको बिचमा भएको पेट्रोल पम्पबाट जुनैपनि बेला दुर्घटना हुनसक्छ । दुर्घटना हुन नदिन सरकारले ऐनकानुन नै परिवर्तन गर्नुपर्छ । सरकार पनि यसमा जिम्मेवार हुनुपप्यो ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कर्णाली प्रदेशसभाको बैठक बिहीबार बस्दै

  • 8 minutes ago
कर्णाली प्रदेशसभाको बैठक बिहीबार बस्दै

काठमाडौं । कर्णाली प्रदेशसभाको असार १२ गतेदेखि स्थगित बैठक अब बिहीबार बस्ने भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले असार १२ गते बसेको कर्णाली प्रदेशसभाको दशौँ अधिवेशनको १८औँ प्रदेशसभा बैठक अवरोध

रामेछाप बस दुर्घटनामा अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त

  • 29 minutes ago
रामेछाप बस दुर्घटनामा अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार रामेछापमा भएको बस दुर्घटनामा परी १३ जनाको निधन भएको खबरले आफूलाई मर्माहत बनाएको बताएका छन्।

मिस्टर एण्ड मिस टिन वल्र्ड नेपालको दोश्रो संस्करण सुरु

  • 33 minutes ago
मिस्टर एण्ड मिस टिन वल्र्ड नेपालको दोश्रो संस्करण सुरु

काठमाडौँ । ‘मिस्टर एण्ड मिस टिन वल्र्ड नेपाल’ को दोस्रो संस्करण सुरु भएको छ। आयोजक फेलिज इन्टरनेशनलले मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै प्रतियोगीताको आवदेन समेत खुल्ला भएको जनाएको हो।



पर्यटन

पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।

जीवनशैली

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।