तीस वर्षमै विद्यावारिधि !

प्रतिकात्मक तस्बिर

गलकोट । हरेक विद्यार्थीको चाह हुन्छ, भरसक धेरै पढ्ने तर परिस्थिति सोचेझैँ नहुन सक्छ । कसैको पढाइमा आर्थिक कारण बाधक बन्छ । कतिलाई जागिरले अल्मल्याउँछ । कोही आफ्नै अक्षमता र कमजोरीले पढाइमा असफल बन्छन् ।

 

गलकोट नगरपालिका–७ मल्मका ३० वर्षीय रेशम थापाले भने पढाइलाई लिएर कहिल्यै पछाडि फर्कनुपरेन । सानैदेखि पढाइमा तेज थापाले सफलताका लागि जति मेहेनत र जाँगर चलाए, उसैगरी परिवारले आड र ढाडस दियो । वातावरण बनाइदियो ।

 

गाउँकै जनहित माध्यमिक विद्यालयबाट प्रारम्भिक शिक्षा हासिल गर्नुभएका थापालाई उच्च शिक्षा अध्ययनको हुटहुटीले बुटवल, भारतको तामिलनाडु, अमेरिकाको नर्थ ड्याकोटा हुँदै मेरिल्याण्ड राज्यसम्म डोहोर्यायो । उनले जनहित माविपछि कक्षा ५ सम्म मल्मकै न्यूस्टेप इङ्लिस बोर्डिङ स्कूलमा पढेका थिए ।

 

द्वन्द्वको प्रभावले गाउँको बोर्डिङ बन्द भएपछि परिवारले जेठोबुबा चन्द्रबहादुरसँग बसेर पढ्न उहाँलाई बुटवल पठाए । सन् २००६ मा बुटवलको क्यानन इङ्गलिस बोर्डिङ स्कूलबाट प्रवेशिका परीक्षा दिएका थापाले बुटवलकै गोलोरियस क्लेजबाट कक्षा १२ को अध्ययन पूरा गरे । त्यसपछि उनले स्नातकमा कृषि विज्ञान पढ्नका लागि भारत सरकारबाट छात्रवृत्ति पाए । 

 

भारतको ‘तामिलनाडु कृषि विश्वविद्यालय’ मा कृषि विज्ञानमा स्नातक सकेर सन् २०१३ मा थापा नेपाल फर्किए । नेपाल आएपछि उनले कृषिमै स्नातकोत्तर अध्ययनका लागि अमेरिका जाने सोच बनाए ।

 

सन् २०१४ मा थापा पढ्नकै लागि अमेरिका पुगे । दुई वर्षपछि ‘नर्थ ड्याकोटा स्टेट युनिभर्ससिटी’बाट माटो विज्ञानमा स्नातकोत्तर हासिल गरे । सन् २०१६ मै विद्यावारिधिका लागि उनले ‘युनिभर्ससिटी अफ म्यारील्याण्ड’मा बाली विज्ञान पढ्न थाले ।

 

चार वर्षसम्मको पढाइ र शोधपछि थापाले हालै सो युनिभर्ससिटीको डिपार्टमेन्ट अफ प्लान्ट्स साइन्स एण्ड ल्याण्डस्केप आर्किटेक्चरबाट विद्यावारिधिको उपाधि हासिल गरेका हुन् । आउँदो डिसेम्बर २२ मा उनी विश्वविद्यालयबाट दीक्षितसमेत हुँदैछन् । 

 

थापाले ‘मोडलिङ डिकम्जोजिसन एण्ड नाइट्रोजन रिलिज फ्रम सरफेस कभर क्रप रेसिड्यु इन नो–टिल सिस्टम इन द मिड एटलान्टिक एण्ड साउथइष्टर्न युएसए’ विषयमा शोध गरेका हुन्। छोप्ने बाली (कभर क्रप) ले कहिले र कति मात्रामा माटोमा नाइट्रोजन बढाउँछ भन्ने विषयमा अनुसन्धान केन्द्रित रहेको उनको भनाइ छ । 

 

वर्षको एक बाली मात्र खेती हुने ठाउँमा जमिन बाँझै नरहोस् र माटोको उर्बरा शक्ति ननासियोस् भनेर छोप्ने बाली लगाउने गरिन्छ । त्यस्तो बालीले माटोमा जैविक पदार्थ बढाउने गर्छ । विभिन्न बिरुवा मिसाएर छोप्ने बाली लगाइन्छ । अनुसन्धानले कृषि क्षेत्रको विकासमा नयाँ आयाम थप्ने थापाको विश्वास छ ।

 

विद्यावारिधिपछि पनि उनी विद्या वाचस्पति (पोस्ट डक) का लागि अनुसन्धानमा सक्रिय हुनुहुन्छ । “विद्यावारिधि गर्छु भन्ने त यसअघि सोचेकै थिइनँ, पढ्दै जाँदा बाटो खुल्दै गयो”, उनले भने, “अहिले पढाइ मात्र सकिएको छ, व्यावहारिक ज्ञान लिन त बाँकी नै छ ।” थापाले नेपालमा कृषि विज्ञानको पढाइ हुन्छ भनेर भारत गएपछि मात्र थाहा पाएको उल्लेख गरे ।

 

बीचमा अरुथोक नसोची लगातार पढाइमा लागेकाले विद्यावारिधिको अध्ययन छिट्टै पूरा भएको थापाको भनाइ छ । “पछि कुनै परियोजना हुन्छ या अनुसन्धानमार्फत जन्मभूमि नेपालको कृषि क्षेत्रलाई योगदान गर्ने सोच छ”, थापाले सुनाए । पढाइमा निरन्तरको लगावले थापाले कम उमेरमै सफलता पाएको उनका दाजु दिनेशले बताए । 

 

“भाइ सानैदेखि पढाइमा अब्बल थियो, शुरुदेखि अहिलेसम्मै छात्रवृत्तिमा पढ्न पायो”, दिनेशले भने । भाइले आफूले आर्जेको ज्ञान, सीप र दक्षता देशका लागि खर्चने योजना सुनाउने गरेको दिनेशले बताए । थापाका बुबा हिराबहादुर शिक्षण पेशा र आमा थुमकली सामाजिक क्रियाकलापमा सक्रिय छन् ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

पूर्व राजाको समर्थनमा पोखरामा मोटरसाइकल र्‍याली

  • 2 hours ago
पूर्व राजाको समर्थनमा पोखरामा मोटरसाइकल र्‍याली

पोखरा । पूर्व राजाको समर्थनमा पोखरामा मोटरसाइकल र्‍याली निकालिएको छ । राजसंस्था पुनर्वहालीको माग गर्दै बुधबार विशाल मोटरसाइकल र्‍यालीको आयोजना गरेका हुन् । र्‍यालीमा ठूलो संख्यामा मानिसहरु सहभा

बारा उद्योग वाणिज्य सङ्घमा साह सर्वसहमत चयन

  • 2 hours ago
बारा उद्योग वाणिज्य सङ्घमा साह सर्वसहमत चयन

कलैया । बारा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा राजकुमार साह सर्वसहमत चयन भएका छन् । कलैयामा पत्रकार सम्मेलन गरी निर्वाचन व्यवस्थापक एवं कार्यक्रम अधिकृत अमितकुमार मिश्रले साहलाई अध्यक्ष घोषणा गरिएको जान

पाँचथरको फालोटमा बिओपी स्थापना

  • 2 hours ago
पाँचथरको फालोटमा बिओपी स्थापना

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका—४ फालोटमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ । सो बिओपीमा सशस्त्र प्रहरी नायब निरीक्षकका नेतृत्वमा १९ सुरक्षाकर्मी रहेको सशस्त्र प्रहरी



पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

जीवनशैली

यसकारण बिहानै खालीपेटमा मनतातो पानी पिउने

यसकारण बिहानै खालीपेटमा मनतातो पानी पिउने

काठमाडौं । अधिकांश हामीले विहान उठेने वितिकै चिया वा कफी पिउने गर्छौं । तर, स्वास्थ्यका लागि विहान खाली पेटमा चिया वा कफी नभई मन तातो पानीबाट सुरुवात गर्नुपर्छ ।