थप रहस्यमयी बन्दै विश्वकै धनी व्यक्ति बेजोसको फोन ह्याकिङ प्रकरण

एजेन्सी । साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सलमानलाई गम्भीर आरोप लागेको छ । एक बेलायती अखबारले दाबी गर्दै २०१८ मा सुल्तानले अमेजनका मालिक र विश्वका धनी व्यक्ति जेफ बेजोसको फोन ह्याक गरेका थिए। तथापि, यो स्पष्ट छैन कि फोटो वा डाटा जेफ बेजोसको फोनबाट लिइएको हो।

 

अखबारले दावी गरेको छ कि बेजोसको फोनबाट छोटो समयमा ठूलो संख्यामा डाटा हटाइएको थियो। 

 

फोन ह्याकिङ तब पत्ता लागेको थियो जब बेजोसले क्राउन प्रिन्सको व्यक्तिगत खाताबाट वाट्सएप सन्देश प्राप्त गरेका थिए। 

डिजिटल फोरेंसिक विश्लेषणका अनुसार बेजोसको फोन ह्याकिङ भिडियो फाइलको माध्यमबाट गरिएको ठूलो सम्भावना रहेको छ।

 

अखबारले अज्ञात स्रोतलाई उद्धृत गर्दै भनेको छ,‘साउदी अरेबियाका सुल्तान र विश्वका धनी व्यक्तिबीच मित्रता छ। दुवै एक अर्कासँग सन्देश आदान प्रदान गर्दछन्। एक अनावश्यक फाइल १ मे २०१८ मा पठाइएको थियो। यो भिडियो फाईल साउदी सुल्तानको एकाउन्टबाट पठाइएको हो।’

संयुक्त राष्ट्र संघका दुई अधिकारीले भनेका छन्,‘फोन ह्याकिङको सम्भावनालाई अस्वीकार गर्न सकिदैन। यो ह्याकिङ प्रिंस सलमान बिन मोहम्मदको व्हाट्सएप एकाउन्ट मार्फत गरिएको थियो। यसको पछाडिको नियत साउदी समाचारलाई प्रभाव पार्ने प्रयास हुन सक्छ।’ संयुक्त राष्ट्र संघका अधिकारीहरूले बुधवार फोरेंसिक विश्लेषणको रिपोर्ट जारी गरेका छन्। यसले अमेरिका र साउदी अरेबिया बीच तनावको नयाँ बाटो खोल्ने अनुमान गरिएको छ । 

 

बेजोसको फोन ह्याकिङ प्रकरण थप रहस्यमयी बनेको अधिकारीहरुले जनाएका छन् । यसबारे अमेरिकाले पनि अनुसन्धान गर्नुपर्ने भन्दै सुरक्षाविद्हरुले दबाब  दिएका छन् । 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

इराकको कमाइ बिर्साउने व्यवसाय

  • 7 minutes ago
इराकको कमाइ बिर्साउने व्यवसाय

गलेश्वर । वैदेशिक रोजगारीका लागि सात वर्षअघि इराक गएका म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर हुलाकेका नरबहादुर थापाको कमाइ राम्रै थियो ।

गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण

  • 44 minutes ago
गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण

तनहुँ । गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

कस्तो रहला आज दिनभरको मौसम ?

  • 1 hour ago
कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं । हाल मनसुनको न्युन चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको मौसम पुर्वानुमान महाशाखाले जानकारी दिएको छ ।



पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

शनिबार गर्नै नहुने यी कामहरु !

शनिबार गर्नै नहुने यी कामहरु !

काठमाडौं । शनिबार लाई धार्मिक दिन मानिन्छ । ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने शनिबार धार्मिक दृष्टीले महत्वपूर्ण मानिन्छ ।