पाकिस्तानी सेनाले भारतका दुईवटा लडाकु विमान खसाल्यो, एक जना पाइलट पक्राउ
- बुधबार, १५ फागुन, २०७५
- 4 years ago
- अन्तर्राष्ट्रिय

एजेन्सी । पाकिस्तानी सेनाले दाबी गर्दै भारतको दुईवटा लडाकु विमान खसालेको बताएको छ । पाकिस्तानी सेनाका प्रवक्ता जनरल आसिफ गफरले ट्वीटमार्फत यस कुराको जानकारी दिएका हुन् ।
पाकिस्तानी वायु सेनाले पाकिस्तानी एयर स्पेनसमा दाखिल भएको दुई भारतीय लडाकु विमान खसालेको हो । पाकिस्तानले दाबी गर्दै भनेको छ,‘भारतीय एक पायलटलाई हामीले पक्राउ गरेका छौँ ।’
त्यस्तै पाकिस्तानका विदेश मन्त्रालयका प्रवक्ता डा मोहम्मद फैसलले भनेका छन्,‘पाकिस्तान वायु सेनाले आफ्नो वायु सीमाभित्र रहेर नियन्त्रण रेखाको अर्को भागमा बमबारी गरेको हो ।’
‘तर, यो भारतले गरेको हर्कतको जबाफ भने होइन । पाकिस्तानले यसकारण गैर–सैन्य लक्ष्यको निशाना बनाउको जहाँ कि जनधनको नुक्सान नहोस् ।’
तर, समाचार एजेन्सी पिटीआइ र रोयटर्सका अनुसार बालाकोट आक्रमणको एक दिन अगाडि पाकिस्तानको विमानले भारतीय बायु सिमामा प्रवेश गरेको थियो ।



ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
युरोकप छनोटः इंग्ल्यान्डले इटालीलाई हरायो
- 4 minutes ago

एजेन्सी। युरोकप छनोटमा इंग्ल्यान्डले इटालीलाई २-१ गोलले पराजित गरेको छ । इंग्ल्यान्डलाई जित दिलाउन डिक्लेन राइस र ह्यारी केनले एकएक गोल गरे ।
अर्जेन्टिनाको सहज जित
- 19 minutes ago

एजेन्सी । शुक्रबार बिहान भएको अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलमा अर्जेन्टिनाले पनामालाई २-० गोलले पराजित गरेको छ ।
सुपारी र कुखुराको अवैध आयात रोक्न माग
- 27 minutes ago

झापा । अवैधरुपमा भारतबाट भित्रिने कुखुरा र तेस्रो मुलुकबाट आयातित सुपारीले स्वदेशी उत्पादनको बजार धराशायी बनाएको स्थानीय व्यवसायीले बताएका छन् ।
पर्यटन
एकपटक पुग्नै पाथीभरा धाम

सन्तोष पुर्कुटी। देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ। अलौकिक शक्तिको खानीका रुपमा लिइने पाथीभरामा पछिल्लो एक वर्षमा मात्रै झण्डै तीन लाख बढी स्वदेशी तथा विदेशी तीर्थयात्री आएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।
जीवनशैली
खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।