हिमाली उडान शुरु

Global IME
Norvic Hospital
  • शनिबार, ८ मंसिर, २०७५
  • 4 years ago
  • नेपाल

विराटनगर । प्रदेश नं १ मा हिमाल हेर्नका लागि स्वदेशी तथा विदेशीलाई सहज रुपमा अवलोकन गर्न आजदेखि हिमाली उडान (माउन्टेन फ्लाइट) शुरु गरिएको छ । 

 

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलगायत प्रदेशका मन्त्री, प्रदेशका मुख्य सचिव, उच्चपदस्थ कर्मचारी, पर्यटन व्यवसायीले कञ्चनजङ्घा, लोत्से, मकालु, लगातयका हिम शिखरको उडानबाट अवलोकन गरेका छन् । 

 

मुख्यमन्त्री राईले प्रदेशको समृद्धका लागि पर्यटन क्षेत्रको विकास महत्वपूर्ण रहेको बताएका छन् ।

 

माउन्टेन फ्लाइटबाट अवलोकन पश्चात आयोजित कायक्रममा उनले यस प्रकारको उडानबाट पर्यटन व्यवसायको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

 

प्रदेशभित्र रहेका पर्यटन क्षेत्रको प्रवद्र्धन र विकास गर्न प्रदेश सरकार लागि परेको बताउँदै उनले छिमेकी मुलुकका पर्यटक आवागमबाट पर्यटन व्यवसायी र रोजगारीमा वृद्धि हुने धारणा व्यक्त गरे । प्रदेशमा रहेका पर्यटकीय क्षेत्रको विकासका लागि निजी क्षेत्रको सहयोग आवश्यक रहेकाले सरकार हातेमालो गर्न तयार रहेको उनले बताए । 

 

मुख्यमन्त्री राईले हिमाली उडान नियमित गर्न सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । 

यति एयरलाइन्सको भाडामा लिइएको उक्त विमानबाट प्रत्येक शनिबार बिहान हिमाल उडान हुने बताइएको छ । 

 

छिमेकी देश भारतका पश्चिम बङ्गाल, विहार, उत्तरप्रदेश र बङ्गलादेशका पर्यटक उक्त उडानबाट लाभान्वित हुने विराट होलिडेजका अध्यक्ष भविष्कुमार श्रेष्ठले बताए ।

 

हिमाल उडान ५५ मिनेटको हुने छ । नेपाली तथा भारतीयलाई रु नौ हजार ९०० शुल्क कायम गरिएको छ भने अन्य देशका पर्यटकका लागि १५६ अमेरिकी डलर रहेको छ । उक्त उडानवाट प्रदेशमा रहेका आठ हजार मिटरमाथिका हिमशृङ्खला अवलोकन गर्न पाइने छन् । काठमाडौँबाट हिमाली उडानका लागि प्रति यात्रु रु ११ हजार ६३५ तिर्नुपर्ने बताइएको छ । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

धनुषामा दुईवटा ट्रक एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु

  • 29 minutes ago
धनुषामा दुईवटा ट्रक एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु

धनुषा । धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरमा आज बिहान दुईवटा ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा तीनजनाको घटनस्थलमै मृत्यु भएको छ ।

चकलेट कारखानामा विष्फोट, दुई जनाको मृत्यु

  • 32 minutes ago
चकलेट कारखानामा विष्फोट, दुई जनाको मृत्यु

एजेन्सी । पेन्सिल्भेनिया राज्यको चकलेट काराखानामा विष्फोट हुँदा दुई जनाको मृत्यु भएको छ भने नौ जना बेपत्ता भएका छन् ।

प्रहरीले खोज्न थाल्यो बेवारिसे मोटरसाइकलका धनी

  • 35 minutes ago
प्रहरीले खोज्न थाल्यो बेवारिसे मोटरसाइकलका धनी

झापा । जिल्ला प्रहरी कार्यालयले लामो अवधिदेखि प्रहरी परिसरमा बेवारिसे अवस्थामा थन्क्याइएका मोटरसाइकलका हकदारको खोजी सुरु गरेको छ ।



पर्यटन

रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ। पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो। नगर प्रहरीले सरसफाइ गरेपछि एक साताअघिबाट सर्वसाधारणका लागि उक्त ऐतिहासिक पोखरी खुला गरिएको हो।

जीवनशैली

मिथिलामा वासन्ती छठ पर्व सुरु

मिथिलामा वासन्ती छठ पर्व सुरु

मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (बोलिचालीमा चैती छठ) पर्वको विधि आजसुरु भएको छ । चैत शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको पहिलो दिन आज बर्तालुुले ‘नहाय–खाय’ .पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गर्दैछन् ।

विचित्र विश्व

यदी पुटिन अमेरिका गए भने पक्राउ पर्लान् त, अमेरिकी विदेशमन्त्रीले दिए यस्तो जबाफ

यदी पुटिन अमेरिका गए भने पक्राउ पर्लान् त, अमेरिकी विदेशमन्त्रीले दिए  यस्तो जबाफ

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध जारी वारेन्टमा अमेरिकाले पहिलो पटक मौन तोडेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले यसबारे आफ्नो प्रतिक्रिया दिँदै युरोपेली देशहरू अन्तर्राष्ट्रिय फौजदारी अदालतमा पक्ष रहेको बताएका छन् ।