भारतको उत्तर प्रदेशमा प्लाष्टिक प्रतिवन्ध
- शनिबार, २३ आषाढ, २०७५
- 4 years ago
- अन्तर्राष्ट्रिय

नयाँदिल्ली । भारतको सर्वाधिक जनघनत्व रहेको उत्तर प्रदेशमा प्लाष्टिकको कप र झोला प्रयोगमा प्रतिवन्ध लगाइने भएको छ ।
यही जुलाई १५ तारिख देखि प्लाष्टिकको कप र झोला प्रतिवन्द गर्ने घोषणा शुक्रबार गरिएको समाचारमा जनाइएको छ ।
झण्डै २२ करोड जनसङ्ख्या रहेको उत्तर प्रदेशमा यसरी प्लाष्टिकको कप र झोला प्रतिबन्धको घोषणा गरिएको यो तेस्रो पटक हो ।
प्रधानमन्त्री नरेन्द्र मोदीले आउदो सन् २०२२ सम्ममा देशलाई नै प्लाष्टिकमुक्त मुलुक बनाउने प्रतिवद्धता जनाउनु भएकाले उत्तर प्रदेशले पनि यस्तो घोषणा गरेको बताइएको छ ।
भारतका बहुसंख्यक अर्थात् २९ प्रदेशले आंशिक रूपमा वा पूर्ण रूपमा प्लाष्टिकमुक्त क्षेत्र घोषणा गरिसकेका छन् ।
यस्तो घोषणा निकै कम ठाउँमा मात्रै वास्तविक रूपमा कार्यान्वयन भएको अधिकारीहरूले जनाएका छन् ।
उत्तर प्रदेशमा सन् २०१५ मा गरिएको घोषणा कार्यान्वयन विफल भएको थियो । अदालतले कार्यान्वयनका लागि आदेश दिँदा समेत स्थानीय अधिकारीहरूले अस्वीकार गरेकाले कार्यान्वयन भएको थिएन ।
“हामीले पूर्ण रूपमा प्लाष्टिक प्रतिवन्धको निर्णयलाई कार्यान्वयन गर्ने निर्णय गरेका छौं, यो निर्णय यही जुलाई १५ देखि लागु हुनेछ,” उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथले ट्वीटरमा लेखेका छन् ।
उनको ट्वीटमा थप लेखिएको छ, “प्लाष्टिकको कप, गिलास र झोला प्रयोग गर्न सवै जनाले छोड्नुहुनेछ, प्लाष्टिक प्रतिवन्धको यो घोषणा कार्यान्वयन गर्न म तपाई सवैको सहयोगको अपेक्षा गरेको छु ।”
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
- 5 minutes ago

मकवानपुरको बागमती गाउँपालिका–८ साततले राजबास पुलमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
सत्ता गठबन्धनको बैठक बस्दै
- 1 hour ago

सत्ता गठबन्धनको बैठक आज बस्दैछ । बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार बैठकमा पेस गरेो न्युनतम साझा कार्यक्रमक
आज चैते दशैँ पर्व मनाइँदै
- 2 hours ago

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् ।
पर्यटन
अन्नपूर्ण हिमशृङ्खला
कास्की । पोखरा महानगरपालिका—३ नदीपुरबाट मङ्गलबार विहान देखिएको सुन्दर अन्नपूर्ण हिमश्रृङ्खला । तस्बिरः कृष्ण दवाडी÷रासस
जीवनशैली
यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

एजेन्सी । हामीले एलोभेराको फाइदाबारे मात्र सुन्दै धेरै आएका छौं । यो बहुउपयोगी चिज हो । तर, तपाईलाई यसको बेफाइदाको बारेमा थाहा नहुन सक्छ । कतिपय अवस्थामा यसले विषको काम समेत गर्छ ।
विचित्र विश्व
आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

नासाका खगोलविद् बिल कुकले यी ग्रहहरू हेर्न सूर्यास्तपछि पश्चिम क्षितिजमा हेर्न सकिने बताउँछन् । क्षितिज त्यो ठाउँ हो जहाँ हेर्दा पृथ्वी र आकाश एक आपसमा मिलेको देखिन्छ ।