देउवालाई सकसः पार्टी र सरकारमा एक्लिँदै

Norvic Hospital

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टी र सत्ता गठबन्धनबाट बिस्तारै एक्लिन थालेका छन् । कांग्रेसको १४औं महाधिवेशन सम्पन्न गर्नुपर्ने र गठबन्धन दलहरूलाई साथमा लिएर सरकार सञ्चालन गर्नुपर्ने दोहोरो दबाबमा रहेका देउवालाई पार्टीका निकट नेताहरूले बिस्तारै साथ दिन छाडेका छन् । र, गठबन्धन दलका शीर्ष नेताहरूबाट पनि असहयोग सुरु भएको छ ।

 

गठबन्धन दलका नेताहरूको स्वार्थ र आग्रहमा देउवाले मन्त्रिपरिषद् विस्तारमा विलम्ब गरे । उनीहरूकै सहजतालाई केन्द्रमा राखेर देउवाले राजनीतिक दल विभाजनलाई खुकुलो बनाउँदै अध्यादेश जारी गरिदिए । त्यसलाई लिएर सरकारको आलोचना भयो । 

 

त्यही अध्यादेशका कारण एमाले र संघीय समाजवादी पार्टी विभाजित हुन पुगे। दलविहीन अवस्थामा पुगेका माधवकुमार नेपाल र महन्थ ठाकुर पक्षलाई नयाँ पार्टी गठनको अवसर मिल्यो। तर त्यसपछिका दिनमा गठबन्धन दलहरूकै असहयोगका कारण मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।  

 

मन्त्रिपरिषद् विस्तारका लागि प्रधानमन्त्री देउवाले पटकपटक गठबन्धन दलका शीर्ष नेताहरूसँग नाम मागेका छन्। तर उनीहरूले पार्टीबाट सरकारमा सहभागी हुने नेताहरूको नाम देउवालाई उपलब्ध गराएका छैनन् । उल्टो सरकारले ल्याएको त्यही राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिस्थापन कि खारेज गर्ने भन्ने विवादमा गठबन्धनका नेताहरू रुमलिन पुगेका छन् । 

 

असार २९ गते प्रधानमन्त्री भएका देउवा नेतृत्वको सरकार गठबन्धन दलबीच सहमति जुट्न नसक्दा पाँच सदस्यमा सीमित छ । माओवादी केन्द्रका दुई र कांग्रेसका तीन नेतालाई सरकारमा सहभागी गराएका देउवाले बाँकी सबै मन्त्रालय आफैंसँग राखेका छन् । जसले गर्दा मन्त्रालयका सबै काम प्रभावित बन्न पुगेका छन् ।

 

प्रमुख प्रतिपक्षी एमालेले प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्दा आर्थिक विधेयकहरू पारित हुन सकेका छैनन् । जसले गर्दा मुलुक बेखर्ची बन्न पुगेको छ । संसद् बैठक सुरु गराउन गठबन्धनका अन्य दलले प्रधानमन्त्री देउवा र सरकारलाई साथ नदिएको पनि निकटहरूले गुनासो गर्न थालेका छन् । नागरिक दैनिक

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

तिता कुरा बिर्सेर नेतृत्वलाई सहयोग गर्न डा. लोहनीको आग्रह

  • 5 hours ago
तिता कुरा बिर्सेर नेतृत्वलाई सहयोग गर्न डा. लोहनीको आग्रह

काठमाडौँ । राप्रपाका निवर्तमान अध्यक्ष डा. प्रकाश चन्द्र लोहनीले तिता कुरा बिर्सेर नेतृत्वलाई सहयोग गर्न आग्रह गरेका छन्। नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ तथा प्रमाणपत्र वितरण कार्यक

पेक्रेसेले सन् २०२२ को राष्ट्रपतीय निर्वाचनका लागि फ्रान्सको लेस रिपब्लिकन पार्टीको प्रतिनिधित्व गर्ने

  • 5 hours ago
पेक्रेसेले सन् २०२२ को राष्ट्रपतीय निर्वाचनका लागि फ्रान्सको लेस रिपब्लिकन पार्टीको प्रतिनिधित्व गर्ने

एजेन्सी । फ्रान्सको इले–डे–फ्रान्स क्षेत्रका अध्यक्ष भ्यालेरी पेक्रेसेले शनिबार पार्टीको चुनाव जितेर अप्रिल २०२२ मा हुने राष्ट्रपति चुनावमा लेस रिपब्लिकन पार्टीको प्रतिनिधित्व गर्नेछन् ।

सूर्य नेपाल गल्फ सोमबारबाट

  • 5 hours ago
सूर्य नेपाल गल्फ सोमबारबाट

काठमाडौँ । सूर्य नेपाल गल्फ टूर २०२१/२२ प्रतियोगिता भोलि (सोमबार) बाट सुरू हुने भएको छ। आयोजक प्रोफेस्नल गल्फर एसोसिएसनले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता सोमबारबाट सुरू भइ बिहीबार समापन हुने



पर्यटन

सिर्के चरा

सिर्के चरा

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कालागौंडीमा देखापरेको कालो सिर्के चरा ।

जीवनशैली

घर र अफिसमा प्रयोग गर्नुहोस् यी फर्निचर, फाइदा हुनेछः वास्तुशास्त्र

घर र अफिसमा प्रयोग गर्नुहोस् यी फर्निचर, फाइदा हुनेछः वास्तुशास्त्र

एजेन्सी । आज वास्तुशास्त्रमा घर र कार्यालयका फर्निचरको प्रयोग बारे जान्नुहोस्। यदि तपाईं घर वा कार्यालयमा काठसँग सम्बन्धित कुनै काम सुरु गर्न चाहनुहुन्छ भने, ध्यान राख्नुहोस् कि काठको कामको लागि सधैं दक्षिण वा पश्चिम दिशाबाट सुरु गर्नुहोस् र उत्तर वा पूर्व दिशामा समाप्त गर्नुहोस्।

विचित्र विश्व

विश्वभर ओमिक्रोनको त्रास, हालसम्म कतिवटा देशमा भेटियो कोरोनाको यो भेरियन्ट ?

विश्वभर ओमिक्रोनको त्रास, हालसम्म कतिवटा देशमा भेटियो कोरोनाको यो भेरियन्ट ?

एजेन्सी । दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पत्ता लागेदेखि विश्वभर फैलिने क्रम जारी रहेको छ । ओमिक्रोन श्रीलंका, भारत, जापान, मलेसिया, सिंगापुर र दक्षिण कोरिया जस्ता एसियाली राष्ट्रहरू सहित दुई दर्जन भन्दा बढी देशहरूमा फैलिएको छ।