सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छः प्रधानमन्त्री

Norvic Hospital
  • शनिबार, १६ असोज, २०७८
  • 2 months ago
  • नेपाल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका छन् । 

 

ग्यालेक्सी फोरके टेलिभिजनको शुक्रबार शुभारम्भ गर्दै उनले सरकार प्रेसलाई नियन्त्रण गर्ने पक्षमा नरहेको स्पष्ट पारे । सञ्चार क्षेत्रमा प्रतिस्पर्धा कडा रहेका भए पनि ग्यालेक्सी फोर के टिभीले थप जिम्मेवार पत्रकारिता गर्ने प्रधानमन्त्रीले विश्वास व्यक्त गरे । 

 

प्रधानमन्त्रीले लोकतान्त्रिक देशमा सञ्चारमाध्यम चौथो अङ्गका रुपमा स्थापित रहेको भन्दै नेपालले समेत सोही मान्यता अनुसार यसलाई फस्टाउन अभिप्रेरित गरेको उल्लेख गरे । 

 

उनले रामायण, को बन्छ करोडपतिजस्ता कार्यक्रम प्रसारण गर्न लागेकामा टेलिभिजनलाई धन्यवाद दिए । कार्यक्रममा नेकपा-माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका सबै जातजाति, भाषाभाषीको आवाजलाई मुखरित हुने गरी बलियो राष्ट्रिय एकता कामय गर्न सञ्चार माध्यमले सहयोग गर्ने विश्वास व्यक्त गरे । 

 

उनले तल्ला तहका गरिखाने वर्गको आवाजलाई मुखरित गर्दै उनीहरुको भाषा, संस्कृतिको जर्गेना गर्ने गरी काम गर्न टेलिभिजनलाई आग्रह गरे । सन्तुलित, मर्यादित समाचार सामग्री प्रस्तुत गरेर स्वस्थ प्रतिस्पर्धा गर्न  पूर्वप्रधानमन्त्री दाहालले आग्रह गरे । अध्यक्ष दाहालले तथ्य बङ्ग्याइएका गलत समाचारको मारमा आफू पनि बेलाबेलामा पर्ने गरेको भन्दै सही, तथ्यपूर्ण र निष्पक्ष पत्रकारिता गर्न सञ्चारकर्मीलाई आग्रह गरे । 

 

कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले उक्त सञ्चारमाध्यमको सफलताको कामना गरे । आजैदेखि उक्त टेलिभिजनले आफ्नो नियमित प्रसारण शुरु गरेको छ । टिभीमा चर्चित रियालीटी शोदेखि समाचार प्रस्तुतिमा नयाँ शैली अपनाउने त्यस अवसरमा जानकारी दिइयो । 

 

टेलिभिजनका अध्यक्ष जिवी राईले उच्चतम प्रविधिबाट गुणस्तरीय सामग्री प्रस्तुत गर्ने जानकारी दिँदै सञ्चारकर्मीको हित र उनीहरुको सेवा सुविधामा पनि कुनै कन्जुस्याइ नगरिने दावी गर्नुभयो ।  सही सूचना र मर्यादित मनोरञ्जन दिने आफूहरुको उद्देश्य रहेको भन्दै अध्यक्ष राईले सकारात्मक सूचनाको पक्षमा आफूहरु रहेको बताए । 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

तिता कुरा बिर्सेर नेतृत्वलाई सहयोग गर्न डा. लोहनीको आग्रह

  • 5 hours ago
तिता कुरा बिर्सेर नेतृत्वलाई सहयोग गर्न डा. लोहनीको आग्रह

काठमाडौँ । राप्रपाका निवर्तमान अध्यक्ष डा. प्रकाश चन्द्र लोहनीले तिता कुरा बिर्सेर नेतृत्वलाई सहयोग गर्न आग्रह गरेका छन्। नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ तथा प्रमाणपत्र वितरण कार्यक

पेक्रेसेले सन् २०२२ को राष्ट्रपतीय निर्वाचनका लागि फ्रान्सको लेस रिपब्लिकन पार्टीको प्रतिनिधित्व गर्ने

  • 5 hours ago
पेक्रेसेले सन् २०२२ को राष्ट्रपतीय निर्वाचनका लागि फ्रान्सको लेस रिपब्लिकन पार्टीको प्रतिनिधित्व गर्ने

एजेन्सी । फ्रान्सको इले–डे–फ्रान्स क्षेत्रका अध्यक्ष भ्यालेरी पेक्रेसेले शनिबार पार्टीको चुनाव जितेर अप्रिल २०२२ मा हुने राष्ट्रपति चुनावमा लेस रिपब्लिकन पार्टीको प्रतिनिधित्व गर्नेछन् ।

सूर्य नेपाल गल्फ सोमबारबाट

  • 5 hours ago
सूर्य नेपाल गल्फ सोमबारबाट

काठमाडौँ । सूर्य नेपाल गल्फ टूर २०२१/२२ प्रतियोगिता भोलि (सोमबार) बाट सुरू हुने भएको छ। आयोजक प्रोफेस्नल गल्फर एसोसिएसनले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता सोमबारबाट सुरू भइ बिहीबार समापन हुने



पर्यटन

सिर्के चरा

सिर्के चरा

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कालागौंडीमा देखापरेको कालो सिर्के चरा ।

जीवनशैली

घर र अफिसमा प्रयोग गर्नुहोस् यी फर्निचर, फाइदा हुनेछः वास्तुशास्त्र

घर र अफिसमा प्रयोग गर्नुहोस् यी फर्निचर, फाइदा हुनेछः वास्तुशास्त्र

एजेन्सी । आज वास्तुशास्त्रमा घर र कार्यालयका फर्निचरको प्रयोग बारे जान्नुहोस्। यदि तपाईं घर वा कार्यालयमा काठसँग सम्बन्धित कुनै काम सुरु गर्न चाहनुहुन्छ भने, ध्यान राख्नुहोस् कि काठको कामको लागि सधैं दक्षिण वा पश्चिम दिशाबाट सुरु गर्नुहोस् र उत्तर वा पूर्व दिशामा समाप्त गर्नुहोस्।

विचित्र विश्व

विश्वभर ओमिक्रोनको त्रास, हालसम्म कतिवटा देशमा भेटियो कोरोनाको यो भेरियन्ट ?

विश्वभर ओमिक्रोनको त्रास, हालसम्म कतिवटा देशमा भेटियो कोरोनाको यो भेरियन्ट ?

एजेन्सी । दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पत्ता लागेदेखि विश्वभर फैलिने क्रम जारी रहेको छ । ओमिक्रोन श्रीलंका, भारत, जापान, मलेसिया, सिंगापुर र दक्षिण कोरिया जस्ता एसियाली राष्ट्रहरू सहित दुई दर्जन भन्दा बढी देशहरूमा फैलिएको छ।