प्रधानमन्त्री देउवा दिल्ली पुगे
- शुक्रबार, १८ चैत, २०७८
- 2 months ago
- राजनीति

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा भारतको राजधानी नयाँदिल्ली पुगेका छन्। तीन दिने औपचारिक भ्रमणका लागि चार मन्त्रीसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा केहीबेर अघि दिल्ली पुगेका हुन्।
प्रधानमन्त्री देउवालाई भारतका रक्षा तथा पर्यटन राज्यमन्त्री अजय भट्टले नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन्। देउवाको स्वागतमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र विदेश मन्त्रालयका नेपाल हेर्ने सहसचिव अनुराग श्रीवास्तव पनि विमानस्थल पुगेका थिए।
देउवाको स्वागतमा दिल्ली विमानस्थल वरपरका क्षेत्रहरुमा बोर्डहरू पनि राखिएका छन्। भ्रमण टोलीमा परराष्ट्रमन्त्री नारायण खड्का, स्वास्थ्यमन्त्री विरोध खतिवडा, ऊर्जामन्त्री पम्फा भुसाल र कृषिमन्त्री महेन्द्र राय यादव पनि रहेका छन्।
देउवा चाणक्यपुरीस्थित आईटीसी मौर्य होटलमा बस्नेछन्। देउवासँग आज साढे चार बजे भारतीय विदेशमन्त्री एस जयशंकर र सुरक्षा सल्लाहकार अजित डोभालले भेट गर्ने कार्यक्रम छ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
फिल्म ‘प्रकाश’को ‘जोर मैना’ गीत सार्वजनिक
- 23 minutes ago
काठमाडौँ। फिल्म ‘प्रकाश’को ‘जोर मैना’ बोलको गीत सार्वजनिक गरिएको छ। बिहिबार सार्वजनिक गरिएको गीतमा दिपक शर्माको शब्द तथा संगीत र ध्रुव बिस्कोको स्वर रहेको छ। दिनेश राउतले निर्देशन गरेको फिल्मको
सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित
- 36 minutes ago

गोदावरी। सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगन भएको छ। आज बिहीबार ३ बजे बस्ने भनिएको बैठक स्थगन भएको हो। आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तापक्ष र प्रतिपक्षले यथास
स्वीडेन र फिनल्याण्डलाई पुटिनको चेतावनी
- 55 minutes ago

मस्को रूस। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार फिनल्याण्ड र स्वीडेनलाई चेतावनी दिदै यदि उनीहरूले नेटो सेना र सैन्य पूर्वाधारलाई आफ्नो क्षेत्रमा स्वागत गरेमा मस्कोले ठुलै जवाफ दिने बताएका छन्।
पर्यटन
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।
जीवनशैली
दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।
विचित्र विश्व
इटालीको दोस्रो धनी व्यक्तिको मृत्यु

एजेन्सी । इटालीका दोस्रो धनी व्यापारी तथा सबैभन्दा ठूलो अप्टिकल साम्राज्यका निर्माता लियोनार्डो डेल भिचियोको ८७ वर्षको उमेरमा निधन भएको छ ।