श्रमिकको सङ्घर्षबाट परिवर्तन र उपलब्धि सम्भव भएको हो: प्रधानमन्त्री देउवा

Global IME
Norvic Hospital

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले श्रमिकहरूको एकता र सङ्घर्षबाट नै परिवर्तन र उपलब्धि हासिल गर्न सम्भव भएको बताएका छन् । 

 

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण श्रमिकमा शुभकामना व्यक्त गर्दै उनले नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याउन र हरेक लोकतन्त्र प्राप्तिको आन्दोलनमा श्रमिक वर्गको महत्वपूर्ण योगदान रहेको उल्लेख गरेका छन् । प्रधानमन्त्री देउवाले १३३औँ श्रमिक दिवसको अवसरमा लोकतन्त्र प्राप्तिको आन्दोलनमा योगदान पु¥याउने श्रमिकप्रति सम्मान व्यक्त गरेका छन् ।   

 

मुलुकको आर्थिक सामाजिक क्षेत्रको महत्वपूर्ण चालक शक्तिका रूपमा रहेको श्रमिक वर्गको काम र जीवनलाई मर्यादित बनाएर मात्रै उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न सकिने उनको धारणा छ । यस वर्ष नेपाल सरकारले ‘मर्यादित श्रम, सुरक्षित रोजगारः विकास र समृद्धिको आधार’ भन्ने मूल नाराका साथ मे दिवस मनाउँदै छ ।

 

नेपालको संविधानले सबैखाले शोषणको अन्त्य गर्ने र नागरिकलाई सम्मानयुक्त जीवनयापन गर्न पाउने मौलिक हकको व्यवस्था गरेको छ । निष्कृष्ट प्रकारको श्रम अभ्यासलाई अन्त्य गर्न श्रमिकको सङ्गठित हुन पाउने अधिकार र सामूहिक सौदाबाजी गर्न पाउने अधिकारलाई संविधानले मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले सरकार श्रमिकको श्रमको उच्च सम्मान गर्दै उनीहरुको संविधानप्रद्धत अधिकारको सुनिश्चितता गर्न सदैव प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।

 

संविधानले निर्दिष्ट गरेको श्रमिकका अधिकारहरू निर्वाधरूपले उपयोग गर्न पाउने व्यवस्था गर्न श्रम ऐन, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, ट्रेड युनियन ऐन, बोनस ऐनजस्ता ऐन नियम पनि तर्जुमा भई लागू भएका छन् । देशमा हरेक वर्ष श्रम बजारमा आएका श्रम शक्तिलाई रोजगारी प्रदान गर्न, सीपमूलक तालिम प्रदान गर्न सरकारले पहल गर्दैै आएको उहाँले बताएका छन् ।

 

श्रमिकका लागि सीपमूलक तालिम, व्यवहारिक शिक्षा र वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि आवश्यकताअनुसारको सीपमूलक तालिमको व्यवस्थालाई सरकारले अझ प्रभावकारी बनाउँदै लैजाने बताउँदै प्रधानमन्त्री देउवाले समुन्नत मुलुक बनाउने अभियानमा देशभरका श्रमिकहरूको योगदानको सम्मान गर्दै श्रमिक दिवसका अवसरमा आगामी दिनमा अझ सशक्तरूपमा अघि बढ्न सबैमा अनुरोध पनि गरेका छन् ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सत्ता गठबन्धनको बैठक बस्दै

  • 29 minutes ago
सत्ता गठबन्धनको बैठक बस्दै

सत्ता गठबन्धनको बैठक आज बस्दैछ । बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार बैठकमा पेस गरेो न्युनतम साझा कार्यक्रमक

आज चैते दशैँ पर्व मनाइँदै

  • 1 hour ago
आज चैते दशैँ पर्व मनाइँदै

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् ।

ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प

  • 2 hours ago
ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प

नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।



पर्यटन

अन्नपूर्ण हिमशृङ्खला

अन्नपूर्ण हिमशृङ्खला

कास्की । पोखरा महानगरपालिका—३ नदीपुरबाट मङ्गलबार विहान देखिएको सुन्दर अन्नपूर्ण हिमश्रृङ्खला । तस्बिरः कृष्ण दवाडी÷रासस

जीवनशैली

यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

एजेन्सी । हामीले एलोभेराको फाइदाबारे मात्र सुन्दै धेरै आएका छौं । यो बहुउपयोगी चिज हो । तर, तपाईलाई यसको बेफाइदाको बारेमा थाहा नहुन सक्छ । कतिपय अवस्थामा यसले विषको काम समेत गर्छ ।

विचित्र विश्व

आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

नासाका खगोलविद् बिल कुकले यी ग्रहहरू हेर्न सूर्यास्तपछि पश्चिम क्षितिजमा हेर्न सकिने बताउँछन् । क्षितिज त्यो ठाउँ हो जहाँ हेर्दा पृथ्वी र आकाश एक आपसमा मिलेको देखिन्छ ।