अझै धेरै समस्याहरू भएपनि सुदूरपश्चिमले विकासमा ठूलो फड्को मारेको छः प्रधानमन्त्री देउवा
- आइतबार, २२ जेष्ठ, २०७९
- 9 months ago
- राजनीति

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले अझै धेरै समस्याहरू भएपनि सुदूरपश्चिम प्रदेशले विकासमा ठूलो फड्को मारेको बताएका छन्। आइतबार काठमाडौँमा आयोजित सुदूरपश्चिमाञ्चल सरोकार समाजको सधारणसभामा बोल्दै प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन्।
आफू काठमाडौँ आउँदा भारत हुँदै आउनुपरेको स्मरण गर्दै देउवाले अहिले सुदूरपश्चिम सिधै काठमाडौँसँग जोडिएको भन्दै उनले भने, ‘म एसएलसी पास गरेर काठमाडौँ छिरेको हुँ। त्यो बेला डडेलधुरादेखि धनगढीसम्म बसमा र त्यसपछि लखनउ हुँदै रेल चढेर, फेरि गाडी चढेर काठमाडौँ आउनुपरेको थियो। अहिले सुदूरपश्चिम सिधै काठमाडौँसँग जोडिएको छ। अहिले त्यस्तो दुःख छैन।’
देउवाले सुदूरपश्चिममा विकासका थुप्रै सम्भावनाहरुसँगै गरिबीको समस्या कायम रहेको बताए। उनले भने, ‘सुदूरपश्चिमको ठूलो समस्या भनेको गरिबी हो। गरिबी अझै पनि हटेको छैन। सुदूरपश्चिमका सारा युवाहरू लाहुर जाने भन्दै भारततिर छिर्न बाध्य छन्। हाम्रो देशको जुन पछिल्लो आर्थिक अवस्था छ, त्यो अनुसार सुदूरपश्चिमको विकास हुन सकेको छैन।
उनले सुदूरपश्चिमको गरिबी र अशिक्षा हटाई समग्र सुदूरपश्चिम प्रदेशको विकासका लागि अझै पनि सबै क्षेत्रबाट पहल हुनु आवश्यक रहेको बताए।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सत्ता गठबन्धनको बैठक बस्दै
- 40 minutes ago

सत्ता गठबन्धनको बैठक आज बस्दैछ । बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार बैठकमा पेस गरेो न्युनतम साझा कार्यक्रमक
आज चैते दशैँ पर्व मनाइँदै
- 1 hour ago

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् ।
ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प
- 2 hours ago

नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
पर्यटन
अन्नपूर्ण हिमशृङ्खला
कास्की । पोखरा महानगरपालिका—३ नदीपुरबाट मङ्गलबार विहान देखिएको सुन्दर अन्नपूर्ण हिमश्रृङ्खला । तस्बिरः कृष्ण दवाडी÷रासस
जीवनशैली
यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

एजेन्सी । हामीले एलोभेराको फाइदाबारे मात्र सुन्दै धेरै आएका छौं । यो बहुउपयोगी चिज हो । तर, तपाईलाई यसको बेफाइदाको बारेमा थाहा नहुन सक्छ । कतिपय अवस्थामा यसले विषको काम समेत गर्छ ।
विचित्र विश्व
आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

नासाका खगोलविद् बिल कुकले यी ग्रहहरू हेर्न सूर्यास्तपछि पश्चिम क्षितिजमा हेर्न सकिने बताउँछन् । क्षितिज त्यो ठाउँ हो जहाँ हेर्दा पृथ्वी र आकाश एक आपसमा मिलेको देखिन्छ ।