गुठी विधेयक सच्याउने प्रधानमन्त्री ओलीकाे संकेत

Global IME
Norvic Hospital

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को शतवार्षिकीका अवसरमा स्वीट्जरल्याण्डको जेनेभामा आयोजित विशेष समारोहमा सहभागी भई आज स्वदेश फर्किएका छन् ।

 

युरोप भ्रमण सकेर नेपाल फर्किएका प्रधानमन्त्री ओलीले विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै गुठी विधेयकलाई सच्याउने प्रतिबद्धता जनाए । ‘धर्म संस्स्कृतिमा प्रतिकूल असर पर्ने केही कुरा जानेर वा नजानेर परेको रहेछ भने सरकारले सच्याउँछ’, उनले भने ।

 

सरकार जनताको मन दुखाउन नभई हँसाउन बनेको र कहीँकतै नमिलेको रहेछ वा भुलवश रहेछ भने मौका आयो भन्ठान्नु बेकार भएको उनले बताए ।

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता सुवास नेम्वाङलगायतले स्वागत गरे । 

 

प्रधानमन्त्री ओलीको सम्मान सो अवसरमा नेपाली सेनाको एक टुकडीले सम्मानगारत अर्पण गरेको थियो । मन्त्रीगण, नेपाल सरकारको उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कुटनीतिक नियोगका प्रमुख पनि प्रधानमन्त्रीको स्वागतका लागि विमानस्थल पुग्नुभएको थियो ।

 

प्रधानमन्त्री ओलीले जेठ २७ गते आइएलओको शतवार्षिकीका अवसरमा जेनेभामा आयोजना भएको विशेष समारोहमा भाग लिनुका साथै  बेलायत र फ्रान्सको औपचारिक भ्रमण गरेका थिए ।

 

प्रधानमन्त्री ओलीको भ्रमण दलमा धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्ट, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, प्रतिनिधिसभाको उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तव, सांसद बिन्दा पाण्डेलगायत थिए ।

 

प्रधानमन्त्री ओली शतवार्षिकीका समारोहमा भाग लिन तथा  बेलायत र फ्रान्सको औपचारिक भ्रमणका लागि गत जेठ २५ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बसाइँसराइले रित्तिँदै जैमिनीका गाउँ

  • 1 minute ago
बसाइँसराइले रित्तिँदै जैमिनीका गाउँ

दुई वर्षअघि बस्तीमाथिबाट आएको पहिराले एउटै गाउँमा दुई जनाको ज्यान लियो । आठ घर पुरिए, दर्जन बढी घर जोखिममा परे । पहिराले आक्रान्त बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराको टुनिबोट गाउँमा ४५ घरपरिवार थि

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

  • 14 minutes ago
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

मकवानपुरको बागमती गाउँपालिका–८ साततले राजबास पुलमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

सत्ता गठबन्धनको बैठक बस्दै

  • 1 hour ago
सत्ता गठबन्धनको बैठक बस्दै

सत्ता गठबन्धनको बैठक आज बस्दैछ । बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार बैठकमा पेस गरेो न्युनतम साझा कार्यक्रमक



पर्यटन

अन्नपूर्ण हिमशृङ्खला

अन्नपूर्ण हिमशृङ्खला

कास्की । पोखरा महानगरपालिका—३ नदीपुरबाट मङ्गलबार विहान देखिएको सुन्दर अन्नपूर्ण हिमश्रृङ्खला । तस्बिरः कृष्ण दवाडी÷रासस

जीवनशैली

यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

एजेन्सी । हामीले एलोभेराको फाइदाबारे मात्र सुन्दै धेरै आएका छौं । यो बहुउपयोगी चिज हो । तर, तपाईलाई यसको बेफाइदाको बारेमा थाहा नहुन सक्छ । कतिपय अवस्थामा यसले विषको काम समेत गर्छ ।

विचित्र विश्व

आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

नासाका खगोलविद् बिल कुकले यी ग्रहहरू हेर्न सूर्यास्तपछि पश्चिम क्षितिजमा हेर्न सकिने बताउँछन् । क्षितिज त्यो ठाउँ हो जहाँ हेर्दा पृथ्वी र आकाश एक आपसमा मिलेको देखिन्छ ।