आफु बाहेक सबैकाे शैलीसँग प्रधानमन्त्री ओली असन्तुष्ट

Global IME
Norvic Hospital

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सिंहदरबारमा आयोजित विशेष पत्रकार सम्मेलन टुंग्याउँदै गर्दा सञ्चारमाध्यमको शैलीप्रति असन्तुष्टी प्रकट गरेका छन् । 

 

सञ्चारमाध्यम र मिडियाको शैलीसँग मात्रै नभई प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलनमा विपक्षी दल, तिनका नेता, सरकारका आलोचक, बुद्धिजीवी र लेखकदेखि लिएर सामाजिक सञ्जाल प्रयोकर्ताहरूको शैलीसँग पनि असन्तुष्टी प्रकट गर्न भ्याए । उनी आफुबाहेक लगभग सबैसँग असन्तुष्ट देखिए ।

 

पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओली आफ्नो चिरपरिचित शैली भन्दा फरक तरिकाले शान्त, सौम्य र मलिन रूपमा प्रस्तुत भएका थिए । मंगलबार संसद बैठकलाई सम्बोधन गर्ने क्रममा अवरोध भएपछि विशेष पत्रकार सम्मेलनको आयोजना गरेका प्रधानमन्त्री ओलीले समसामयिक विषयका विविध पाटोमा बोले ।

 

युरोप भ्रमण, गुठी विधेयक र प्रतिपक्षीको रवैयादेखि सञ्चार माध्यमको भाषाको शैलीमाथि उनले टिप्पणी गर्न भ्याए । प्रधानमन्त्री ओलीले गुठी विधेयकको सन्दर्भमा विरोधीहरूले अनावश्यक हल्ला फैलाएको बताउँदै त्यसलाई फिर्ता लिएको जानकारी गराए ।

 

त्यस्तै सदनमा छलफल हुनुपर्ने विषयलाई प्रतिपक्षीलाई सडकमा लगेको भन्दै उनले असन्तुष्टी प्रकट गरे । त्यस्तै सञ्चारमाध्यम र मिडियाले सम्बोधनको शैली र आदरार्थी शब्दको प्रयोगमा कन्जुस्याईँ गरेकोमा उनले असन्तुष्टी व्यक्त गरे ।

 

प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलनको अन्त्यमा उठ्दै गर्दा सामुन्नेमा रहेका पत्रकार ऋषि धमलासँग अनौपचारिक परिहास समेत गर्न भ्याए ।

 

‘सरकारी विधेयकले संस्कृतिको मुटुमा छुरी हानेको छ भनेकाे के हाे’ भन्दै प्रधानमन्त्री ओलीले धमलालाई प्रश्न गरे । प्रतिउत्तरमा धमलाले ‘मैले त भनेको छैन’ भन्ने जवाफ दिए । 

 

धमलाको जवाफमा प्रधानमन्त्री ओलीले आफ्ना आँखातर्फ औंला लग्दै भने, ‘किन भनेको छैन ? टिभीमा देख्ने आँखा यिनै हुन् ।’ त्यसपछि पत्रकार सम्मेलनमा उपस्थितहरूबीच एकछिन हाँसो चल्यो ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बैरेनी जग्गा एकीकरण आयोजना कार्यान्वयन चरणमा

  • 7 minutes ago
बैरेनी जग्गा एकीकरण आयोजना कार्यान्वयन चरणमा

तनहुँ । तनहुँको व्यास नगरपालिका–१० स्थित बैरेनी जग्गा एकीकरण आयोजना कार्यान्वयन चरणमा प्रवेश गरेको छ । बैरेनीमा आयोजनाअन्तर्गत प्रथम चरणको कार्यान्वयन सुरुआत गरिएको हो ।

तीन सातामा सात चलचित्र प्रदर्शनमा आउने

  • 10 minutes ago
तीन सातामा सात चलचित्र प्रदर्शनमा आउने

काठमाडौँ । चैत लागेदेखि नै नेपाली चलचित्र प्रदर्शन भएको छैन । दुई साता खाली रहे पनि बाँकी तीन सातामा भने सात चलचित्र प्रदर्शन हुँदैछन् । वैशाखलाई लक्षित गर्दै निर्माताले वितरकसँग सल्लाह गरेर चलचित्र प

उपनिर्वाचनका लागि दल दर्ता गराउने लोसपाको निर्णय

  • 16 minutes ago
उपनिर्वाचनका लागि दल दर्ता गराउने लोसपाको निर्णय

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगमा आफ्नो दल दर्ता गराउने निर्णय गरेको छ ।



पर्यटन

एकपटक पुग्नै पाथीभरा धाम

एकपटक पुग्नै पाथीभरा धाम

सन्तोष पुर्कुटी। देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ। अलौकिक शक्तिको खानीका रुपमा लिइने पाथीभरामा पछिल्लो एक वर्षमा मात्रै झण्डै तीन लाख बढी स्वदेशी तथा विदेशी तीर्थयात्री आएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।

जीवनशैली

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।