प्रधानमन्त्री अाेलीकाे नयाँ रणनीति : बादललार्इ रक्षामा सारेर पाेखरेललार्इ गृहमन्त्री बनाउने तयारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली केही मन्त्रीहरूको मन्त्रालय साटफेर गर्ने योजनामा रहेको स्रोतहरूले जनाएको छ ।

 

स्रोतहरूका अनुसार प्रधानमन्त्री ओली पूर्व एमालेबाट मन्त्री भएकाहरूको कामको गति र रवैया देखेर सन्तुष्ट छैनन् । पूर्व एमालेबाट मन्त्री भएकाहरूको तुलनामा पूर्व माओवादीबाट मन्त्री भएकाहरूले राम्रो काम गर्दै आइरहेको प्रधानमन्त्री ओली बुझाई रहेको छ । त्यसै प्रधानमन्त्री ओली मन्त्रीहरूको जिम्मेवारी हेरफेरको योजनामा रहेको बुझिएको छ ।

 

प्रधानमन्त्री ओली तुलनात्मक रूपमा गृहमन्त्री रामबहादुर थापा र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको काम गर्ने शैलीबाट प्रभावित छन् । गृह मन्त्रालयमा वाहावाही कमाइरहेका थापालाई अर्को मन्त्रालयमा पठाएर उक्त मन्त्रालय आफ्नो हातमा पार्ने योजनामा प्रधानमन्त्री रहेको स्रोतले जनाएको छ ।

 

प्रधानमन्त्री ओली यसै योजना अनुसार गृहमन्त्री थापालार्इ गृहमा असक्षम देखाइ उनलार्इ रक्षा मन्त्रालयमा सार्ने र रक्षमन्त्री र्इश्वर पोखरेलार्इ गृहमन्त्री बनाउने योजनामा जुटेका छन् । यसरी ओलीले मन्त्रालय सटफेर गर्ने आफ्नो मिसनलार्इ अन्तिम रुप दिन तत्पर रहेको स्रोतको भनार्इ छ ।

 

नेकपाकी सांसद निरू पालमाथिको धम्की प्रकरण यसै योजनाअन्तर्गत आएको बताइएको छ । प्रधानमन्त्री ओलीकै निर्देशनमा सांसद निरु पालले बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा कथित घटनालार्इ उठाएर देशमा सुरक्षा व्यवस्था खुकुलो रहेको भन्दै सरकारलार्इ प्रश्न गरेकी थिइन् । जसको निशाना गृहमन्त्री थापा नै हुन् ।

 

सांसद पालले एक जना सांसद सुरक्षित छैन भने आम महिला कसरी सुरक्षित हुन सक्छन् भन्दै सभामुख मार्फत् आफ्नै पार्टीका मन्त्रीलार्इ प्रश्न गरेपछि पूर्व माओवादीका नेताहरुबीच यो कुराले सनसनी मच्चाएको छ ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

पसलैपिच्छे एलपी ग्यासमा फरक मूल्य लिएपछि उपभोक्ता मारमा

  • 8 minutes ago
पसलैपिच्छे एलपी ग्यासमा फरक मूल्य लिएपछि उपभोक्ता मारमा

डोटी । जिल्लामा पसलैपिच्छे एलपी ग्यासको फरक मूल्य लिने गरेको पाइएको छ । यहाँका ग्यास डिलरमा एक मूल्य तथा सबडिलरमा अर्को मूल्य लिई ग्यास बिक्री वितरण गरिन थालेको उपभोक्ताको गुनासो रहेको छ ।

बाढी प्रभावितका लागि युवाले जुटाए ११ लाख

  • 37 minutes ago
बाढी प्रभावितका लागि युवाले जुटाए ११ लाख

गलकोट । ढोरपाटनका बाढी प्रभावित परिवारलाई रु ११ लाख ४४ हजार नगदसहित ३५ हजार बराबरको स्वास्थ्य सामग्री, खेलौना र स्टेशनरी वितरण गरिएको छ ।

आजको मौसमः हल्का वर्षाको सम्भावना

  • 56 minutes ago
आजको मौसमः हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ अवस्थित रहेको मौसम पुर्वानुमान महाशाखाले जानकारी दिएको छ ।



पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

यसकारण महाभारतमा पराजित हुन पुगे दुर्योधन, त्यसैले...

यसकारण महाभारतमा पराजित हुन पुगे दुर्योधन, त्यसैले...

काठमाडौं । महाभारतसँग जोडिएका कैयौं कथाहरु प्रचलित रहेका छन् । महाभारतमा भीमले दुर्योधनलाई पराजित गरेपछि दुर्योधन जमीनमा लड्दै तीन औंला देखाएर केही बोल्ने प्रयास गरेका थिए ।

विचित्र विश्व

के पुनर्जन्म हुन्छ ?

के पुनर्जन्म हुन्छ ?

एजेन्सी । पुर्नजन्म अथवा पुर्वजन्मको कुरा याद आएका घटनाहरू समय समयमा आइरहन्छन् । विज्ञानले यस्तो कूरालाई पुर्ण रूपमा स्वीकार गर्दैन तर वेद पुराणमा मानिसको आत्माको यात्रा निरन्तर चलिरहने कुरा स्पष्ट रूपमा लेखिएको छ ।