रामायणको प्रमाण खोज्न श्रृङ्गऋषि आश्रम लामाटार जाऔं

Norvic Hospital

प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मको विषयमा गत सोमबार दिएको अभिव्यक्तिपछि धेरैले उहाँको आलोचना गरेका छन् भने आत्मालोचना गर्न सुझाव समेत दिएका छन् । यस्ता अभिव्यक्तिबाट धार्मिक सम्प्रदाय बिच र राष्ट्रिय अन्तर्राष्ट्रिय स्थरमा विवाद सिर्जना गर्ने भएकाले प्रधानमन्त्रीले संयमता अपनाउनु पर्दथ्यो । प्रधानमन्त्रीले यसको अनुसन्धान गर्नको लागि धर्मसंस्कृतीका ज्ञाता, भूगोलविद् र इतिहासविद्हरुको अध्ययन समिति बनाएर अनुसन्धान पश्चात यी कुरा भनेको भए धेरै राम्रो हुने थियो । रामको जन्म कहाँ भएको हो भन्नेमा भारतमै पनि सबैको एक मत छैन । अनुसन्धान र तथ्य संकलन भारतमा पनि भैरहेको छ नेपालमा पनि गर्नु आवस्यक छ । रामायणको प्रमाण खोज्न र अनुसन्धान गर्न ललितपूरको महालक्ष्मी नगरपालीका ९ मा रहेको श्रृङ्गऋषि आश्रम पनि पुग्नु पर्दछ । त्यहाँ रामायणका धेरै तथ्यहरु फेला पार्न सकिन्छ । रामका पिता दशरथको पुत्रेष्टी यज्ञ सम्पन्न गराएर ४ वटा छोरा पाउन सफल बनाउने नेपालका श्रीङ्ग ऋषिलाई लिनलाई अयोध्याबाट ललितपूरको सिस्नेरीमा अयोध्याका प्रतिनिधी ऋषि आएको कुरा रामायण र बिभिन्न ग्रन्थहरुमा उल्लेख छ । त्यसैले ऋषि श्रीङ्ग आश्रम र लामाटारमा रहेको राममन्दीरको धार्मीक तथा ऐतिहासिक पक्षको अनुसन्धान हुनु आवस्यक छ ।  राम मन्दीर भएको रामटारबाट लामाटार बनेको किंबदन्ती चल्दै आएको छ । भारतको गोरखपुरमा छापिएका पुस्तकहरु अध्ययन गरेर बिद्वान भएकाहरुले रामको बास्तविक तथ्य दिन सक्दैनन् भन्ने कुरा अहिलेसम्मको घटनाक्रमले प्रमाणित गरिसकेको छ ।  

 

रामका भक्तहरु फैलिएको एसियाको टुप्पो जहाँ हामि नेपाली छौं त्यहाँदेखी भारत, पाकिस्थान, बंगालादेश, श्रीलंका हुदै इन्डोनेसियाको बालीसम्म रामको जन्म, विवाह र कर्मको बारेमा बिभिन्न किंवदन्ती चलेका छन् र त्यहि अनुसारका आस्थाका धरोहरहरु खडा भएका छन् । यी सबै देशहरुलाई जोड्ने गरेर रामायण सक्रिट बन्नु पर्दछ र त्यसलाई ललितपूरको लामाटार सम्म ल्याउनु पर्दछ भनेर मैले निरन्तर लेख्दै आएको छु र स्वर्गीय रविन्द्र अधिकारी संस्कृती मन्त्री भएको बेलामा मन्त्रालयलाई एक प्रतिवेदन पनि बुझाएको थिए ।  २ वर्ष अघि भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा सबै भन्दा बढि चर्चा रामायण सर्किट अर्थात रामायण मार्गको भएको थियो । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्रीले जनकपुरबाट रामायण सर्किटको संयुक्त उद्घाटन पनि गर्नु भएकाले धार्मीक तथा सांस्कृतिकरुपमा जोड्ने रामायण सर्किट बन्ने पक्कापक्की भयो भनेर धेरै खुसी पनि भएका थिए । रामको जन्मभूमि अयोध्या, जानकी जन्मभूमि जनकपुर, हनुमान पुगेको स्थान इन्डोनेसियाको बाली र रावण रहेको तथा अशोक बाटिका जोडिएको श्रीलंका गरी कूल चारवटा देशका रामायणसँग जोडिएका स्थानहरुलाई जोड्नका लागि रामायण सर्किटको अवधारण आएको हो । युगौं युगदेखीको भारत नेपालको धार्मीक तथा सांस्कृतीक सम्बन्धलाई रामायण सर्किटले भौतिकरुपमा जोड्ने दुवै देशका प्रधानमन्त्रीको विश्वास व्यक्त गरेका थिए । तर प्रस्तुतीमा ढंग नपुगेकोले प्रधानमन्त्री ओली अहिले आलोचित हुन पुगे  । भारत सरकारले अयोध्या देखि मिथिला सम्म रामायण सर्किटको निर्माण गर्ने भन्दै गृह कार्य र तयारी धेरै गरेको छ र भारतीय भुभागमा यस मार्गलाई धेरै लामो मार्गको रुपमा बिकास गरिदै छ । 

 

दुई सरकारको प्रस्ताव अनुसार रामायण सर्किट जनकपुरमै आएर टुङ्गीनेछ । रामायण सर्किट जनकपुरसम्म मात्रै आउदा त्यसले नेपाललाई बढि फाईदा हुदैन र अन्य रामायणसँग जोडिएका स्थानहरु ओझेलमा पर्दछन् भनेर त्यसलाई रामायणको उदयकर्ता श्रीङ्गऋषिको आश्रमसम्म ल्याउनु पर्दछ यति भयो भने भारतको रामायण मार्ग जस्तै हाम्रो पनि केहि लामो हुन्छ । ललितपुर जिल्ला महालक्ष्मी नगरपालिकाको लामाटारमा रहेको श्रीङ्गऋषि आश्रम सम्म यो मार्ग धार्मीक तथा पौराणीक रुपमा पहिले नै जोडिएको छ र अब भौतिकरुपमा पनि जोड्नु पर्दछ । त्यसैले श्रीङ्गऋषि आश्रम सम्म रामायण सर्किटलाई जोड्नु पर्दछ भनेर महालक्ष्मी नगरपालिकाका जनप्रतिनिधिहरुले बहस गर्नु आवस्यक छ, यी क्षेत्रको अनुसन्धान र संरक्षणको लागि जुट्नु आवस्यक छ । लामाटारको सिस्नेरी गाउँको माथि आश्रम बनाई श्रीङ्ग भन्ने एक ऋषि बस्दथे भन्ने कुरा बिभिन्न किम्वदन्तिहरुले प्रष्ट्यादछ र नेपाल महात्म्यमा पनि प्रष्ट उल्लेख गरिएको छ । श्रीङ्ग ऋषि आश्रम र श्रीङ्ग ऋषि गुफा मात्रै होइन यो क्षेत्रबाट बग्ने नदि श्रीङ्गमति नदि नामले पुराणहरुमा प्रशिद्ध छ । श्रीङ्गमति नदि बग्दै अलि तल पुगेपछि गोमति नदि मिसिने दोभानमा गोश्रृङ्गी तीर्थ छ र त्यस भन्दा तल गोदावरी नदिमा मिसिने ठाउसम्म बिभिन्न तिर्थ स्थलसम्म नै श्रीङ्ग ऋषि र रामायणका प्रसंगहरु जोडिन आउछन् । 

 

श्रीङ्ग ऋषि गुफामा बसेर तपस्या गरेको बलले नै राम, लक्ष्मण, भरत र शत्रुघ्न जस्ता पुत्र दशरथलाई प्राप्त गराउने जस यिनै ऋषिलाई जान्छ । राजा दशरथले पुत्रेष्टी यज्ञ गर्दा वशिष्ट ऋषिले श्रीङ्ग ऋषिलाई अयोध्या पुराएको र पछि सिताको विवाहमा विश्वामित्र ऋषिले साथ लिएर गएको कुरा वाल्मीकि रामायणमा उल्लेख गरेको पाइन्छ । उक्त कार्यमा श्रीङ्ग ऋषिसँग परिचय माग्दा निजले परिचय दिएको श्लोक यस प्रकार छ । 

 

विभहण्डक सूतश्चाहं तस्याई सुत औरस ।

ऋष्यश्रङ्ग इति ख्यात नाम कर्मच मे भूवि ।।

 

वाल्मिकि रामायणमा यसरी प्रष्ट उल्लेख गरेको हुनाले रामायणको कथाको मुख्य सुरुवात भएको क्षेत्रसम्म रामायण मार्गलाई ल्याउनु आवस्यक छ । यदि रामायण सर्किट यो क्षेत्रसम्म आयो भने यसले पुरै नेपालको धार्मीक पर्यटक बृद्धिमा सहयोग पुराउदछ भने अप्रत्यक्ष रुपमा बिकास निर्माणमा पनि यसले प्रभाव पार्न सक्दछ । त्यसैले भारतीय दुताबासको संस्कृती विभागसँग पनि समन्वय गरि यसको थप अध्ययन अनुसन्धान गरि कार्यलाई अघि बढाउनु आवस्यक छ । 

 

श्रीङ्ग ऋषि आश्रम र श्रीङ्ग ऋषि गुफाको सरसफाई र पुर्ननिर्माण गरि रामायण सर्किटसँग जोड्न महालक्ष्मी नगरपालिका स्थानीय जनप्रतिनिधि र स्थानियबासीको पनि ठूलो पहल हुन आवस्यक छ । श्रृङ्गी ऋषिको ललितपूरका धेरै तीर्थ स्थल तथा देवस्थलसँग सम्बन्ध गरेको पाईन्छ । श्रृङ्गी ऋषिले स्थापना गराएको लूभुको गोभराटेश्वर महादेव मन्दीर क्षेत्रमा रहेको शिला लेखहरुबाट पनि श्रृङ्गी ऋषि र गोभराटेश्वर महादेवको सम्बन्ध प्रष्ट हुन आउछ ।  श्रृङ्गी ऋषिले त्रेतायुगमा आश्रम बनाई बसेको यो क्षेत्रको सम्बन्ध उनले र उनि पछिका ऋषिमुनीहरुले पनि गोदावरी, पनौती जस्ता प्रसिद्ध तिर्थस्थलहरुसँग कामधेनु गाईको मार्फतले जोडेको पाईन्छ । श्रृङ्गी ऋषिको आश्रमसँगै रहेको गुफाबाट गोदावरी पुग्न सकिन्छ भन्ने जनश्रुती चल्दै आएको छ । श्रृङ्गी ऋषि यसै गुफाबाट भित्र भित्रै कहिले गोदावरी कुण्डमा त कहिले पनौतीको १२ वर्षे मेला लाग्ने नदिमा स्नान गर्न पुग्दथे र अरु मानिसहरुलाई पनि ती तिर्थ स्थलमा स्नान गर्नुको महत्वको बारेमा प्रवचन गर्दथे भन्ने कथाहरु आफुले सुनेको बताउनु हुन्छ महालक्ष्मी नगरपालीका ९ मा जन्म भई अहिले महालक्ष्मी नगरपालीका शंखादेवी बस्ने ८४ बर्षिय धनकुमारी आचार्य । उहाँ अहिले पनि यस्ता कथाहरुलाई कवितात्मक शैलीमा बाचन गरेर सुनाउनु हुन्छ । 

 

उनै श्रृङ्ग ऋषिको आश्रम रहेको यो स्थानलाई श्रृङ्ग्याश्रम भन्ने गरिएको थियो । पछि समय बित्दै जादा श्रृङ्यारि, सिस्न्यारी हुदै अपभ्रंस भई सिस्नेरी नाम रहन गएको स्थानीय बताउछन् । 

 

स्कन्दपुराणको हिमवत्खण्डको नेपाल माहात्म्यमा विरुपाक्ष तीर्थयात्राको १ सय ३३ अध्यायमा गोश्रृंगतीर्थ गोभराटेश्वर महात्म्यमा नै जोडेर वर्णन गरिएकोले यस क्षेत्रको धार्मीक महत्वको बारेमा थप अध्ययन अनुसन्धान र प्रचार प्रसारको आवस्यकता छ, अनि मात्रै रामायण सर्किटमा यसलाई जोड्न सकिने छ  । 

 

स्कन्दपुराणको हिमवत्खण्डको नेपाल माहात्म्यमा विरुपाक्ष तीर्थयात्राको १ सय ३३ औं अध्यायमा गोश्रृंगतीर्थमा विरुपाक्ष व्राह्मणले चैत्र शुक्ल द्वादशीं तिथिमा श्रृङ्गतीर्थमा स्नान गरेर गोभराटेश्वर महादेवलाई पूजा गरेको कुरालाई यसरी उल्लेख गरिएको छ । 

 

श्रृङ्गतीर्थे ततोःगस्त्य गोभराटेशमर्चिच्तः ।।

पूव्र्वोक्ता कामधेनुर्या चन्द्रवदद्रिगह्वरे । 

समास्ते हि सदाकालं सेवन्ती पशुपतेश्वरम् ।। 

तस्याः श्रृंगात्समुद्भुता नदी पुण्यतमाभावत् । 

 

तिनै कामधेनु गाई सधै पसुपती नाथमा दुध चढाउन जाने गरेको र उनकै गोबरबाट गौराटेश्वर महादेवको उत्पती भएको कुराले यो क्षेत्रलाई पसुपतिसँग जोड्छ । रामायण सर्किटलाई जनकपुरबाट मुक्तिनाथ, पशुपतिनाथ लगायतका हिन्दूहरुको तिर्थस्थलसम्म जोड्ने प्रतिवद्धता पर्यटन तथा संस्कृती मन्त्री रविन्द्र अधिकारीले पनि बताउनु भएको छ । यसलाई पसुपतीसँग जोड्ने धार्मीक तथा ऐतिहासिक आधार तव मात्र पाईने छ जब श्रृङ्गी ऋषि आश्रमलाई जोड्न सकिन्छ । यस क्षेत्रका धार्मीक महत्व बोकेका तीर्थ स्थलको संरक्षण, विकास र प्रचार प्रसार गर्नु आवस्यक छ । नदीहरुमा श्रेष्ठ भएकी चक्रनेमि पर्वतबाट निस्किएकी चक्रावती नाम गरिएको नदी थिइन् । ती गोश्रंगी र चक्रावती नदीको संगममा गोश्रृंग नाम गरिएको तीर्थ प्रसिद्ध भयो । त्यही तिर्थ स्थलमा श्रृङ्गी ऋषि विधिपूर्वक स्नान गर्दथे, यस्ता क्षेत्र अहिले अतिक्रमणको चपेटामा पर्दैछन् । श्रृङ्गऋषिको गुफा, आश्रम र उनीसँग जोडिएका तिर्थ स्थलहरुको एकिकृत विकास गर्ने र यस क्षेत्रको प्रचार प्रसार गर्ने काम निरन्तर हुनु आवस्यक छ । फलाम तातेको बेलामा ठोक्न सक्यो भने मात्रै आफुले चाहेको हतियार बनाउन सकिन्छ भने झै अहिले दुवै देशका प्रधानमन्त्रीले रामायण सर्किटको संयुक्त उद्घाटन गरेर निर्माणको कामको थालनी भएकै बेलमा त्यसलाई लामाटारको श्रृङ्गऋषिको गुफा र आश्रमसँग जोड्नु पर्दछ भनेर नेपाली पक्षबाट जोडदार पहल गर्नु आवस्यक छ ।

 

सुरुमा रामायणसँग जोडिएका यस क्षेत्रका प्रसंग र श्रृङ्गऋषिसँग जोडिएका बिषयबस्तुको थप अध्ययन अनुसन्धान ती क्षेत्रको पहिचाँन र प्रसारप्रसार गर्नु आवस्यक छ । त्यस पछि स्थानीय तह, प्रदेश सभा र नेपाल सरकार मार्फत भारत सरकारसँग औपचारिक प्रस्ताव राख्नु पर्दछ । यसको लागि सञ्चार माध्ययमले पनि बढि भन्दा बढि प्रचार प्रसार गरेर सघाउनु पर्दछ अनि मात्रै रामायण सर्किटको नेपालले फाईदा लिन सक्दछ, मिथिलामै टुङ्गिने हो भने यसले भारतको पर्यटन प्रवर्धनमा मात्रै सहयोग पु¥याउने छ । 

 

आचार्य, सामुदायिक रेडियोहरुको नेटवर्क सीआईएनका प्रमुख हुनुहुन्छ ।  


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

महाकालीमा डुङ्गा दुर्घटनाः एक जनाको मृत्यु, एक जना बेपत्ता

  • 32 seconds ago
महाकालीमा डुङ्गा दुर्घटनाः एक जनाको मृत्यु, एक जना बेपत्ता

महाकाली । महाकाली नदीमा डुङ्गा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एकजना बेपत्ता रहेका छन् । मृत्यु हुनेमा शिवनाथ गाउँपालिका–१ की १३ वर्षीया मीना साउद रहेकी छन् । यस्तै शिवनाथ–१ कै आठ वर्षीय सन्दीप

नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै

  • 19 minutes ago
नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ । आज दिउँसो चार बजे नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ । आज बस्ने बैठकमा मंसिरमा हुन गइरहेको महाधिवेशनबारे चर्चा हुने बताइएको छ ।

कञ्चनपुरमा १२ हजार हेक्टरको धान क्षति

  • 35 minutes ago
कञ्चनपुरमा १२ हजार हेक्टरको धान क्षति

कञ्चनपुर । यही कात्तिकको पहिलो साता आएको बाढी र डुबानका कारण कञ्चनपुरमा १२ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति पुगेको अनुमान गरिएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख डा दिलबहादुर विष्टले बाढ



पर्यटन

फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता

फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता

डोल्पा । हिमाली जिल्ला डोल्पामा पर्ने फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता भएकी छन् ।

जीवनशैली

काँचो प्याज खाँदा हुन्छन् यस्ता फाइदाहरु

काँचो प्याज खाँदा हुन्छन् यस्ता फाइदाहरु

एजेन्सी । तरकारी, सलाददेखि हरेक कुरामा प्याज चाहिन्छ । प्याज काँचै खानुका केही फाइदा पनि छन् । काँचो प्याज सेवन गर्नाले धेरै समस्याबाट मुक्ति पाउन पनि सकिन्छ ।

विचित्र विश्व

'धनाड्य अमेरिकीहरूलाई थप कर लगाउने योजना रहेको छ'

'धनाड्य अमेरिकीहरूलाई थप कर लगाउने योजना रहेको छ'

एजेन्सी । अमेरिकी सिनेटका सदस्य तथा डेमोक्रेटिक पार्टीका एक वरिष्ठ नेताले राष्ट्रपति जो बाइडेनको समर्थन रहेको बृहत् खर्च योजनालाई आर्थिक सहयोग गर्न धनाड््य अमेरिकीहरूलाई कर लगाउने योजना बुधबार सार्वजनिक गरेका छन् ।