Techie IT
२०८१ वैशाख १२, बुधबार
NepaliPatra logo
गृहपृष्ठअर्थहिमालयन बैंकले ल्यायो नयाँ अफर

हिमालयन बैंकले ल्यायो नयाँ अफर


काठमाडौँ। हिमालयन बैंकले कनेक्ट आईपीएससँगको सहकार्यमा आफ्ना मोबाइल बैंकिङ प्रयोगकर्ताका लागि ‘फन्ड ट्रान्सफलमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक गरेको छ।

यस अफरअन्तर्गत दुईजना भाग्यशाली मोबाइल बैंकिङको प्रयोगकर्ताले हिमालयन बैंकको मोबाइल बैंकिङ ‘एचआई–एमबी’ एपबाट अन्तरबैंक फन्ड ट्रान्सफर गर्दा १ थान स्मार्टफोन जित्न सक्नेछन्। यो अफर भदौ१ गतेदेखि भदौ ३१ गतेसम्म लागू हुनेछ।

मोबाइल बैंकिङ एपबाट फन्ड ट्रान्सफर गर्ने दुईजना प्रयोकर्तालाई अफरको अन्त्यमा लकी ड्रमार्फत विजेता छनोट गरिनेछ। विजेताको घोषणा हिमालयन बैंकको आधिकारिक सामाजिक सञ्जालमा प्रकाशन गरिनेछ।

फन्ड ट्रान्सफर तथा विभिन्न भुक्तानीका निम्ति मोबाइल बैंकिङको बढ्दो प्रयोग र लोकप्रियतालाई यस अफरले बैंकका ग्राहकलाई फन्ड ट्रान्सफरमा आधारित सेवाहरु लिन थप प्रोत्साहन गर्ने विश्वास गरिएको छ। एचआई–एमबीको फन्ड ट्रान्सफर रिटेल पेमेन्ट स्विचरकनेक्टर आईपीएसको च्यानल प्लेटफर्ममार्फत हुने गरेको छ र उक्त माध्यमबाट फन्ड ट्रान्सफर गर्न कनेक्ट आईपीएसमा छुट्टै रजिष्टर गर्न आवश्यक छैन।

आर्थिक वर्ष २०७९–८० मा यस च्यानलमार्फत रु. १ करोड ४७ लाखभन्दा बढी भुक्तानी भइसकेको छ। मोबाइल बैंकिङमार्फत प्रयोगकर्ताले प्रतिकारोबार प्रतिदिन रु। २ लाखको मात्र गर्न सक्नेछन्। हिमालयन बैंकको एचआई–एमबी एपमा हाल १ लाख ७० हजारभन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

शेयर बजारमा २ अर्ब ५३ करोड रुपैयाँको कारोबार

काठमाडौँ । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव १५ अङ्कले बढेर १ हजार ९६९ दशमलव १७ विन्दुमा पुगेको छ

नौ लाख घरधुरीमा जोडियो वर्ल्डलिंकको इन्टरनेट

काठमाडौँ । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख नाघेको छ ।

सुनको भाउ तोलामा ५०० रुपैयाँले बढ्यो

काठमाडौँ । आज बुधबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १

सुनको भाउ तोलामा २७ सयले घट्यो

काठमाडौँ । आज मंगलबार सुनको भाउ प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको छ । अघिल्लो दिन पनि प्रतितोला ११ सय

मनाङमा एक वर्षमा २१ हजार पर्यटक भित्रिए

काठमाडौँ । हिमाली जिल्ला मनाङ आउने पर्यटक बढ्दै गएका छन् । विश्वकै १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्ग र मनास्लु पदयात्राको

शेयर बजार दोहोरो अङ्कले घट्यो

काठमाडौँ । आज सोमवार शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ४१ अङ्कले

Techie IT