वर्तमान सरकार विकासको बाटोमा अघि बढिरहेको प्रधानमन्त्री ओलीको भनाई
- शुक्रबार, १३ बैशाख, २०७६
- 3 years ago
- राजनीति

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको पहिलो वामपन्थी प्रधानमन्त्री मनमोहन अधिकारीले राष्ट्रिय स्वाधीनता, वामपन्थी दलको एकता र देश विकासमा पुर्याएको योगदानको चर्चा गरेका छन् ।
मनमोहन स्मृति प्रतिष्ठानले आज सानेपास्थित प्रतिष्ठान परिसरमा आयोजना गरेको ‘२० औँ स्मृति दिवस’ मा उनले वर्तमान सरकार स्व अधिकारीका अधूरा सपना पूरा गर्न लागिपरेको उल्लेख गरे ।
स्व अधिकारीको शालिकमा माल्यार्पण गर्दै प्रधानमन्त्री ओलीले स्व अधिकारीले वामपन्थी पार्टी सरकारमा पुग्दा कसरी सरकार चलाउँछन् भन्ने देखाएको बताए । अधिकारीले ‘आफ्नो गाउँ आफैँ बनाऊँ’ भन्ने नाराका साथ नागरिकमा विकासको भोक जगाएको उनको भनाइ थियो । सामाजिक सुरक्षा र कानूनी राज्य स्थापनाका लागि अधिकारी नेतृत्वको सरकारले उल्लेखीय काम गरेको बताउँदै उनले भने, “चुनौतीका बीचमा पनि उहाँले गर्नुभएको काम निकै महत्वपूर्ण थिए ।”
एकातिर राजतन्त्रको फर्कने चाहना र अर्कातिर जनयुद्धको तयारीले गर्दा स्व अधिकारीले पार्टीको नेतृत्व गर्दा देशमा चुनौती रहेको प्रधानमन्त्री ओलीले बताए । उनीपछिको पार्टी नेतृत्वले यी दुवै चुनौती सामना गरेको उनको भनाइ छ ।
वर्तमान सरकार विकासको बाटोमा अघि बढिरहेको प्रधानमन्त्री ओलीले बताए । उनले भने, “विभिन्न कानून निर्माणमार्फत् संविधानको कार्यान्वयन हुने दिशामा रहेको छ ।”
प्रतिष्ठानका कोषाध्यक्ष लक्ष्मीराज मानन्धरले नेपालको वाम आन्दोलनमा स्व अधिकारीको भूमिका अनुकरणीय रहेको बताए । कार्यक्रममा सहभागी पूर्वप्रधानमन्त्री झलनाथ खनाल, रक्षामन्त्री ईश्वर पोखरेल, नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, पम्फा भुसाललगायको उपस्थिति थियो ।
पूर्वप्रधानमन्त्री अधिकारीको विसं २०५६ वैशाख १३ गने निधन भएको थियो । प्रतिष्ठानले वर्षेनी उनको स्मृतिमा कार्यक्रमको आयोजना गर्दै आएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
मेलम्ची खानेपानीको मुहान निरीक्षण
- 41 minutes ago

काठमाडौँ । खानेपानी मन्त्री अब्दुल खान, सचिव मणिराम गेलाल, खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठलगायत टोली शनिबार हेलम्बु–१, अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल नि
सिद्धान्त कस्तो छ, व्यवहारले देखाउँछः अध्यक्ष नेपाल
- 49 minutes ago

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको व्यवहारले सिद्धान्तका बारेमा बताउने भएकाले सही व्यवहार गर्नुपर्ने बताएका छन् । उनले पार्टीेको पाँचौँ केन्
'सबै पक्षसँग कुरा हुन्छ'
- 52 minutes ago

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै पक्षसँग आफूले संवाद गर्ने बताएका छन् ।
पर्यटन
वीरगञ्ज नाकाबाट एक वर्षमा ६५९ पर्यटक भित्रिए

पर्सा । पर्साको वीरगञ्ज भन्सार नाकाबाट पछिल्लो एक वर्षको अवधिमा ६५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
जीवनशैली
चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।
विचित्र विश्व
रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।