बालुवाटार जग्गा प्रकरणमा विष्णु पौडेलेको नाम जोडेर पार्टी कमजोर बनाउन खोजियोः प्रधानमन्त्री ओली
- मंगलबार, १७ बैशाख, २०७६
- 3 years ago
- नेपाल

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारस्थित ललिता निवास जग्गा किनबेचमा नेकपा महासचिव विष्णु पौडेलेको नाम जोडेर पार्टी कमजोर बनाउन खोजेको बताएका छन् ।
आज पार्टीको संसदीय समितिको बैठकमा प्रधानमन्त्री ओलीले पौडेललाई बचाउ गर्दै पार्टी बलियो भएका बेला आक्रमण गरेर कमजोर बनाउन खोजेको भन्दै बिचलिन नहुन निर्देशन समेत दिएको बताइएको छ ।
प्रधानमन्त्री ओलीले बालुवाटारको जग्गा हिनामिना, सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गराउनेको खोजी तथा छानबिन भइरहेको भन्दै दोषि कसैलाईपनि उन्मुक्ति नदिने भनाइ राखेको बताइएको छ ।
प्रधानमन्त्री ओलीले अगाडिका सरकारका पालाका गलत कामलाई आफुले नियमन गर्दा घटना अहिले नै भएका भन्ने भ्रममा नपर्न समेत बताएका छन् ।
यस्तै जग्गा प्रकरणमै भूमिसुधार मन्त्री पद्मा अर्याललेपनि विष्णु पौडेलाई जोडेर विवाद ल्याउन खोजेको बताउँदै आएकी छन् । मन्त्री अर्यालले पौडेलका छोराले छैटो व्यक्ति मार्फत जग्गा किनेको यसअघि नै बताएकी छन् ।
उक्त जग्गा व्यक्तिको नाममा नामसारी गर्नेमा नेपाली कांग्रेस शेरबहादुर देउवाको नामपनि मुछिएपछि सोही पार्टीका नेता प्रकाशमान सिंहले जो सुकै व्यक्ति भएपनि दोषिलाई कार्वाही गर्नुपर्ने बताइ सकेका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
मेलम्ची खानेपानीको मुहान निरीक्षण
- 16 minutes ago

काठमाडौँ । खानेपानी मन्त्री अब्दुल खान, सचिव मणिराम गेलाल, खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठलगायत टोली शनिबार हेलम्बु–१, अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल नि
सिद्धान्त कस्तो छ, व्यवहारले देखाउँछः अध्यक्ष नेपाल
- 24 minutes ago

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको व्यवहारले सिद्धान्तका बारेमा बताउने भएकाले सही व्यवहार गर्नुपर्ने बताएका छन् । उनले पार्टीेको पाँचौँ केन्
'सबै पक्षसँग कुरा हुन्छ'
- 27 minutes ago

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै पक्षसँग आफूले संवाद गर्ने बताएका छन् ।
पर्यटन
वीरगञ्ज नाकाबाट एक वर्षमा ६५९ पर्यटक भित्रिए

पर्सा । पर्साको वीरगञ्ज भन्सार नाकाबाट पछिल्लो एक वर्षको अवधिमा ६५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
जीवनशैली
चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।
विचित्र विश्व
रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।