यी ४२ सदस्यीय प्रतिनिधिमण्डल लिएर प्रधानमन्त्री ओली भियतनाम र कम्बोडिया भ्रमणमा जाँदै
- बिहीबार, २६ बैशाख, २०७६
- 3 years ago
- नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज भियतनाम र कम्बोडियाको भ्रमणमा जान लागेका छन् । भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा ओली भ्रमणमा जान लागेका हुन् ।
प्रधानमन्त्री ओलीसँग मन्त्री, सांसद, सचिव, उपमेयर, उद्योगीसहितको ४२ सदस्यीय प्रतिनिधिमण्डल सहभागि छ । ओली आज सहित चार दिन भियतनाममा रहनेछन् भने त्यसपछिका ३ दिन कम्बोडियामा रहनेछन् ।
उनी आज अपरान्ह ११ः२५ बजे नेपाल वायुसेवाको चार्टड सेवाबाट भियतनाम उड्न लागेका हुन् ।
भ्रमण टोलीमा सहभागी अन्य प्रतिनिधि
- प्रधानमन्त्री पत्नी राधिका शाक्य
- परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली
- परराष्ट्रसचिव शंकरदास बैरागी दाहाल
- चिफ आफ प्रोटोकल गेहेन्द्र राजभण्डारी
- पर्यटन सचिव मोहनकृष्ण सापकोटा
- वाणिज्य तथा आपूर्ती सचिव केदारबहादुर अधिकारी
- प्रधानमन्त्रीको प्रमुख सल्लाहकार विष्णु रिमाल
- परराष्ट्र मामला सल्लाहकार राजन भट्टराई
- सांसदहरु नारायण खड्का, पवित्रा निरौला खरेल, उमाशंकर अरगरिया, बोधमाया कुमारी यादव
- राष्ट्रिय योजना आयोगका सदस्य दिलबहादुर गुरुङ
- निजी चिकित्सक डा.दिव्यासिंह शाह
- निजी सहयोगी राजेश बज्राचार्य
- कपिलवस्तु नगरपालिकाकी उपमेयर शिवकुमारी चौधरी
- बनेपा नगरपालिकाकी उपमेयर रेखा सापकोटा दाहाल
- निजी सुरक्षा सहयोगी राजेन्द्र शाही र अनिल बस्नेत
- परराष्ट्रबाट सह–सचिव तापस अधिकारी, इन्दिरा अर्याल, सुरेन्द्रकुमार यादव, रामबोल आचार्य
- नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राना, व्यवसायी दीपक मल्होत्रा, सुरज वैद्य र चन्द्रप्रसाद ढकाल
भ्रमण जेठ १ गते सकिने छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सिद्धान्त कस्तो छ, व्यवहारले देखाउँछः अध्यक्ष नेपाल
- 6 minutes ago

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको व्यवहारले सिद्धान्तका बारेमा बताउने भएकाले सही व्यवहार गर्नुपर्ने बताएका छन् । उनले पार्टीेको पाँचौँ केन्
'सबै पक्षसँग कुरा हुन्छ'
- 9 minutes ago

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै पक्षसँग आफूले संवाद गर्ने बताएका छन् ।
गुल्मीमा भारतीय नागरिकको हत्या आरोपमा श्रीमान–श्रीमती पक्राउ
- 1 hour ago

गुल्मीमा एक जना भारतीय नागरिकको हत्या भएको छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई आज सार्वजनिक गरेको छ ।
पर्यटन
वीरगञ्ज नाकाबाट एक वर्षमा ६५९ पर्यटक भित्रिए

पर्सा । पर्साको वीरगञ्ज भन्सार नाकाबाट पछिल्लो एक वर्षको अवधिमा ६५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
जीवनशैली
चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।
विचित्र विश्व
रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।