प्रधानमन्त्री ओलीको सचिवालयमा तीन भाईको करोडौं कमिशन खाने यस्तो सेटिङ

Global IME
Norvic Hospital

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार अन्त्य भइसकेको भनेर केही दिन अगाडि संसदमा सम्बोधन गरेको अवाज मत्थर हुन नपाउँदै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) ज्ञानेश्वर काठमाडौंले करोडौं रुपियाँ कमिशन खाने गरेर योजना बनाएको छ ।

इकाईका आयोजना निर्देशक इमानारायण श्रेष्ठ, उपमहाननिर्देशक दिलीप शेखर श्रेष्ठ र सिनियर ईञ्जिनियर उद्धव नेपाल (तीन भाई) मिलेर झण्डै ९० अर्वको विद्यालय बनाउने टेण्डर आफू निकटका दुई निर्माण व्यवसायीलाई दिने योजना बनाएको खुलासा भएको हो ।

 

यी तीन भाईले रमेश शर्माको शर्मा एण्ड कम्पनी र मोहन आचार्यको रसुवा कन्ट्रक्सनलाई काठमाडौंको काभ्रेस्थलीदेखि सिन्धुपाल्चोकको जुगल हिमालसम्मका ६७ वटा विद्यालय निर्माण गर्न दिने योजनासहित टेण्डर निकालेका छन् । रसुवा कन्ट्रक्सनका मालिक आचार्य नेपाली कांग्रेसका सांसद हुन् भने शर्मा एण्ड कम्पनीका मालिक शर्मा पनि कांग्रेस निकटका मानिन्छन् ।

 

स्रोतका अनुसार ठेकेदारद्धय आचार्य र शर्मासँग इकाईका सिनियर ईञ्जिनियर उद्धव नेपालले सेटिङ मिलाएका हुन् । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का केन्द्रीय सदस्य अरुण नेपालका भाई समेत रहेका उद्धवले प्राधिकरणका कार्यकारी निर्देशक युवराज भुसालका साथै प्रधानमन्त्री केपी ओलीको सचिवालयसम्म सेटिङ मिलाएको स्रोतको भनाइ छ ।

 

सिनियर ईञ्जिनियर नेपालले प्रधानमन्त्री ओलीको सचिवालसम्म पनि कमिशन दिनुपर्छ भन्दै ठेकेदारद्धय आचार्य र शर्मासँग कुरा मिलाएको स्रोतको दाबी छ । सिनियर ईञ्जिनियर उद्धव नेपालले प्रधानमन्त्री ओलीलाई अनावश्क रुपमा विवादमा तानेको भन्दै इकाईका कर्मचारीहरु समेत रुष्ट बनेका छन् ।

 

इकाईले निकालेको नोटिसमा शर्मा र आचार्यको कन्ट्रक्सनलाई मात्र मापदण्ड पुग्ने प्रावधान राखिएको छ । शर्मा र आचार्यले मात्रै टेण्डर हाल्न पाउने भएपछि नेपाल निर्माण व्यवसायी महासंघले समेत आपत्ति जनाएको छ ।

 

महासंघले इकाईलाई पत्र पठाएर मापदण्ड खुकुलो बनाउन माग गरेको थियो । तर, इकाईका निर्देशक इमानारायण श्रेष्ठले विभिन्न बहाना बनाएर महासंघलाई पेल्ने गरेर पत्र पठाएका थिए । त्यसपछि महासंघका अध्यक्ष विष्णुभाई श्रेष्ठको नेतृत्वमा बुधबार प्राधिकरणका कार्यकारी निर्देशक युवराज भुसाललाई ज्ञापनपत्र बुझाई सो प्रावधानहरु सच्चाउन आग्रह गरिएको छ ।

 

त्यस क्षेत्रका भूकम्पबाट भत्किएका ६७ वटा विद्यालय बनाउन यी दुई कम्पनीले मात्रै अधिकार पाउने हो भने उनीहरुले समयमा काम पूरा गर्न नसक्ने महासंघले जनाएको छ । स्रोतका अनुसार ठेकेदारद्धय आचार्य र शर्माले ६७ वटा विद्यालय बनाउने ९० अर्वको ठेक्का लिएर सहायक ठेकेदारहरुलाई बिक्री गर्ने योजना बनाएका छन् । एसियाली विकास बैंक ९एडीबी०को ऋण सहयोगमा ६७ वटा विद्यालय पुनर्निर्माण हुन थालेको हो । इकाईका निर्देशक इमानारायण श्रेष्ठले एडीबीलाई देखाउँदै अन्य कन्ट्रक्सन कम्पनीहरुलाई हुने गरेर मापदण्ड बनाउन नसकिने गरेर महासंघलाई पत्र नै काटेका छन् ।

 

९० अर्वको यो टेण्डरमा छ करोड रकम ‘साइनिङ एमाउन्ट’ मार्फत तत्कालै आउँछ । स्रोतका अनुसार ठेकेदारद्धय आचार्य र शर्माले टेण्डर पाउनेवित्तिकै निर्देशक इमानारायण श्रेष्ठ, उपमहानिर्देशक दिलीप शेखर श्रेष्ठ र सिनियर ईञ्जिनियर उद्धव नेपालले १८ करोड कमिशन पाउनेछन् । त्यसपछि चरण चरणमा १५ देखि २० प्रतिशतका दरले कमिशन आउने स्रोतको भनाइ छ ।

 

निर्देशक इमानारायण श्रेष्ठ, उपमहाननिर्देशक दिलीप शेखर श्रेष्ठ र सिनियर ईञ्जिनियर उद्धव नेपालले धेरै निर्माण व्यवसायीलाई टेण्डर दिँदा कमिनशन उठाउन समस्या नहोस् भनेर दुईवटा निर्माण व्यवसायीलाई मात्रै टेण्डर दिने योजना बनाएका हुन् । निर्माण व्यवसायी महासंघले यति ठूलो टेण्डरलाई मापदण्ड पुग्ने ठूला निर्माण व्यवसायीहरुलाई पनि बाटो खोल्नुपर्ने माग गरेको छ ।

 

स्रोतका अनुसार महासंघले पारदर्शिताका लागि आफूले दिएको निवेदनमाथि सुनुवाई नभए अख्तियार दुरुपयोग अनुसन्धान आगोगमा उजुरी हाल्ने चेतावनी दिएको छ । आजको युनाइटेड पोष्टबाट ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

चर्चित फुटबलर ओजिलद्वारा सन्यासको घोषणा, भावुक हुँदै के भने ?

  • 6 minutes ago
चर्चित फुटबलर ओजिलद्वारा सन्यासको घोषणा, भावुक हुँदै के भने ?

जर्मनीका पूर्व मिडफिल्डर मेसुट ओजिलले फुटबलबाट सन्यासको घोषणा गरेका छन् । आर्सनल, रियल मड्रिड र जर्मनीका पूर्व मिडफिल्डर ओजिल पछिल्लो समय टर्किस क्लब इस्तानबुल बसाकसेहिरमा आवद्ध थिए ।

मेघ गर्जनसहित वर्षाको सम्भावना

  • 41 minutes ago
मेघ गर्जनसहित वर्षाको सम्भावना

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायम छ । यसका कारण देशका पहाडी भू–भागमा आंशिक बदली छ ।

होटलमा ६० करोड लगानी, तीन सयलाई रोजगारी

  • 1 hour ago
होटलमा ६० करोड लगानी, तीन सयलाई रोजगारी

आतिथ्य सेवा क्षेत्रमा लगानी गर्दै आएको होटल पौवा प्रालिले पर्यटकीय सहर पोखराको लेकसाइडमा होटलको ११औँ शाखा सञ्चालनमा ल्याएको छ ।



पर्यटन

प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

कास्की । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा पहिलोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन हुने भएको छ ।

जीवनशैली

काजु खानुका यस्ता छन् फाइदाहरु

काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।