प्रधानमन्त्री ओलीद्वारा मेलम्ची र हेलम्बु क्षेत्रको क्षेत्रको अवलोकन (फोटोमा)

Norvic Hospital
  • शनिबार, २६ आषाढ, २०७८
  • 6 months ago
  • नेपाल

मेलम्ची । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी प्रभावित मेलम्ची बजारको बस्तीलाई  सुरक्षित स्थानमा व्यवस्थापन गरिने बताएका छन् । प्रधानमन्त्री ओलीले आज बाढी प्रभावित मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालगायत क्षेत्रको स्थलगत अवलोकन गर्दै मेलम्ची बजारले भोगिरहेको प्राकृतिक क्षतिको दीर्घकालीन समाधान खोज्दै बजारलाई अन्यत्र सुरक्षित ठाउँमा स्थानान्तरण गरी त्यस ठाउँमा तरकारी तथा फलफूल खेती गरिने योजनाबारे जानकारी दिए ।

 

उनले राजनीतिक आस्थाभन्दा माथि उठेर मानवीय रुपमा बाढी प्रभावितलाई सहयोग गर्न सबै राजनीतिक दल र सङ्घसंस्थालाई आह्वान पनि गरे । प्रधानमन्त्री ओलीले भने,“विपत्का समयमा राजनीति गर्नु उचित होइन, यस समयमा सबै मिलेर सहयोग गर्नुपर्छ, सक्रियताका साथ एकताबद्ध भएर समस्याको समाधान खोज्नुपर्छ ।” 

 

उनले बाढी प्रभावितका लागि विभिन्न सङ्घसंस्था र व्यक्तिद्वारा वितरण गरिएको राहत लक्षित समुदायसम्म पुग्न नसकेकाले  एकद्वार प्रणालीबाट मात्रै  वितरण गर्न आह्वान गरे । उनले राहत वितरणभन्दा पनि सामाजिक सञ्जालमा प्रचार मात्रै बढी हुने गरेको बताउँदै राहत वितरणका नाममा विभिन्न धर्मको प्रचारप्रसार नगर्न पनि अनुरोध गरे ।

 

प्रधानमन्त्री ओलीले बाढी प्रभावित मेलम्चीका सडक, पुललगायत पूर्वाधारको पुनःनिर्माणको काम तीव्र रुपमा अगाडि बढाइने प्रतिबद्धता पनि व्यक्त गरे । प्रधानमन्त्री ओलीले मेलम्ची बजारमा रहेको चन्द्रशम्शेरद्वारा निर्मित झोलुङ्गे पुललाई संरक्षण गर्नुपर्नेमा पनि जोड दिए ।

 

उनले मेलम्ची  खानेपानी आयोजनाको पुनःनिर्माण गरेर कम्तीमा यस वर्षभित्र काठमाडौँ उपत्यकाभित्र पानी ल्याउने व्यवस्था मिलाइने बताए । उनले भने,“ राष्ट्रिय गौरवको मेलम्ची  खानेपानी आयोजना  आयोजना धेरै वर्ष लगाएर सम्पन्न भएकाले पुनःनिर्माणमा लामो समय लगाउनु हुँदैन ।” आयोजनाको सुरुङ परिक्षण भइरहेकाले त्यसमा क्षति कम भएको उनको भनाइ थियो  । 

 

सो अवसरमा प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्य, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र पूर्वमन्त्री शेरबहादुर तामाङको समेत सहभागिता थियो ।

 

फोटोः प्रधानमन्त्रीको प्रेस सल्लाहकार

 

 

 

 

 

 

 

 

 

 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

काठमाडौं उपत्यकाका यी स्थानमा लगाइन्छ बुस्टर डोज

  • 14 minutes ago
काठमाडौं उपत्यकाका यी स्थानमा लगाइन्छ बुस्टर डोज

तत्कालका लागि अग्रपंक्तिमा काम गर्नेहरुलाई बुस्टर मात्रा दिइनेछ । बुस्टर मात्रा लगाउन दुवै मात्रा खोप लगाएको कम्तिमा ६ महिना पूरा हुनुपर्नेछ भने यसअघिको खोप कार्ड पनि अनिवार्य लैजानुपर्नेछ ।

नेपालको नदीमा छाडिएका गोही धमाधम भारतमा पुग्दै

  • 18 minutes ago
नेपालको नदीमा छाडिएका गोही धमाधम भारतमा पुग्दै

काठमाडौं । नेपालमा रेडियो कलर जडान गरेको घडियाल गोही ३२ वर्षअघि (वि.सं. २०४६) भारतको पटनामा भेटियो । वास्तविकता नबुझी त्यसलाई अमेरिकाले भारतमा जासुसी गर्न गोही प्रयोग गरेको भन्ने हल्ला फैलाइयो ।

युवा संघमा समानान्तर कमिटी गठन गर्ने तयारी

  • 21 minutes ago
युवा संघमा समानान्तर कमिटी गठन गर्ने तयारी

काठमाडौं । नवौँ महाधिवेशन गर्ने तयारीमा रहेको एमालेको जनवर्गीय संगठन युवा संघभित्र समानान्तर कमिटी गठन गर्ने तयारी भएको छ । पुस २८ र २९ गते पोखरा भएको सचिवालय बैठकबाट बनाइएको आयोजक कमिटीप्रति



पर्यटन

आन्तरिक पर्यटक

आन्तरिक पर्यटक

गलेश्वर । बेनी नगरपालिका–१, रत्नेचौरको तोरीबारीमा घुम्न आएका आन्तरिक पर्यटक ।

जीवनशैली

बोक्रामा कालो दाग भएको केरा खानुभएको छ ? थाहा छ के हुन्छ यसको असर ?

बोक्रामा कालो दाग भएको केरा खानुभएको छ ?  थाहा छ के हुन्छ यसको असर ?

एजेन्सी । केरा सर्वसुलभ पाइने फलफूलमध्ये एक हो । साथै फाइबर, पोटासियम, भिटामिन बी–६ र भिटामिन सी जस्ता स्वास्थ्यलाई फाइदाजनक भिटामिनहरु पाइन्छ ।

विचित्र विश्व

एक्स बोइफ्रेन्डलाई फसाउन एक युवतीले ३० ‘फेक’ इन्स्टाग्राम अकाउन्ट बनाइन्, तर पछि...

एक्स बोइफ्रेन्डलाई फसाउन एक युवतीले ३० ‘फेक’ इन्स्टाग्राम अकाउन्ट बनाइन्, तर पछि...

ती युवतीले मायाको बदला लिनका लागि सामाजिक सञ्जालको सहारा लिएकी छन् । उनले आफ्नो पूर्वप्रेमीको नामबाट एकमात्र नभई ३० ‘फेक’ इन्स्टाग्राम अकाउन्ट बनाई उनको अकाउन्टबाट आफूलाई नै धम्कीपूर्ण म्यासेज पठाइन् । यतिमात्र नभई पूर्वप्रेमीले आफूलाई मार्ने धम्की दिएको समेत आरोप लगाइन् ।