प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने

Norvic Hospital

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्दैछन् । 

 

प्रधानमन्त्री निवास बालुवाटारबाट उनले अपराह्न २ बजे सम्बोधन गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । 

 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सर्वोच्च अदालतले प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछि आजदेखि ओली पदमुक्त हुँदैछन् । उनले आजै प्रधानमन्त्रीको सरकारी निवास पनि  छाड्दै छन् । 

 

विसं २०७४ फागुन ३ मा  नियुक्त  भएपछि नेकपा(एमाले) संसदीय दलका नेता ओली  तीन वर्ष चार महिना प्रधानमन्त्रीमा रहेका थिए । यस्तै प्रधानमन्त्रीले अपराह्न सम्बोधन गर्ने भएपछि एमाले स्थायी कमिटी बैठक पनि स्थगन गरिएको छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङले आज अपराह्न १ बजे बोलाइएको बैठक स्थगन गरिएको जानकारी दिए । 

 

यसैबीच एमाले विवाद समाधान कार्यदलले आफ्नो सहमतिका बूँदा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई बुझाएको छ । 

 

यसअघि सोमबार अध्यक्ष ओलीलाई सो सहमति बुझाइएको थियो । नेता नेपालले पार्टी एकता अघि बढाउन आफू विपक्षी गठनबन्धनबाट अलग भएको जानकारी दिइसक्नुभएको  छ । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

युवा संघमा समानान्तर कमिटी गठन गर्ने तयारी

  • 34 seconds ago
युवा संघमा समानान्तर कमिटी गठन गर्ने तयारी

काठमाडौं । नवौँ महाधिवेशन गर्ने तयारीमा रहेको एमालेको जनवर्गीय संगठन युवा संघभित्र समानान्तर कमिटी गठन गर्ने तयारी भएको छ । पुस २८ र २९ गते पोखरा भएको सचिवालय बैठकबाट बनाइएको आयोजक कमिटीप्रति

प्रेस चौतारीको महाधिवेशन स्थगित

  • 6 minutes ago
प्रेस चौतारीको महाधिवेशन स्थगित

काठमाडौँ । प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशन स्थगित भएको छ । पोखरामा यही माघ २२–२३ गते हुने भनिएको प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशन कोरोना भाइरस कोभिड १९ को जोखिमका का

फ्रान्समा एकैदिन १ लाख बढीमा कोरोना संक्रमण

  • 10 minutes ago
फ्रान्समा एकैदिन १ लाख बढीमा कोरोना संक्रमण

एजेन्सी । फ्रान्समा पछिल्लो २४ घण्टामा थप १ लाख २ हजार १४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।



पर्यटन

आन्तरिक पर्यटक

आन्तरिक पर्यटक

गलेश्वर । बेनी नगरपालिका–१, रत्नेचौरको तोरीबारीमा घुम्न आएका आन्तरिक पर्यटक ।

जीवनशैली

बोक्रामा कालो दाग भएको केरा खानुभएको छ ? थाहा छ के हुन्छ यसको असर ?

बोक्रामा कालो दाग भएको केरा खानुभएको छ ?  थाहा छ के हुन्छ यसको असर ?

एजेन्सी । केरा सर्वसुलभ पाइने फलफूलमध्ये एक हो । साथै फाइबर, पोटासियम, भिटामिन बी–६ र भिटामिन सी जस्ता स्वास्थ्यलाई फाइदाजनक भिटामिनहरु पाइन्छ ।

विचित्र विश्व

एक्स बोइफ्रेन्डलाई फसाउन एक युवतीले ३० ‘फेक’ इन्स्टाग्राम अकाउन्ट बनाइन्, तर पछि...

एक्स बोइफ्रेन्डलाई फसाउन एक युवतीले ३० ‘फेक’ इन्स्टाग्राम अकाउन्ट बनाइन्, तर पछि...

ती युवतीले मायाको बदला लिनका लागि सामाजिक सञ्जालको सहारा लिएकी छन् । उनले आफ्नो पूर्वप्रेमीको नामबाट एकमात्र नभई ३० ‘फेक’ इन्स्टाग्राम अकाउन्ट बनाई उनको अकाउन्टबाट आफूलाई नै धम्कीपूर्ण म्यासेज पठाइन् । यतिमात्र नभई पूर्वप्रेमीले आफूलाई मार्ने धम्की दिएको समेत आरोप लगाइन् ।