संसद्वारा प्रधानमन्त्रीको खर्च कटौती भएपछि...

Global IME
Norvic Hospital

 

कोलम्बो । श्रीलङ्काका बहुसंख्यक सांसदहरूले प्रधानमन्त्रीको खर्च कटौती गर्ने प्रस्तावको पक्षमा मतदान गरेका छन् । 

 

संसदमा बिहीबार भएको मतदानमा उनीहरूले पक्षमा मत दिएर प्रधानमन्त्रीको खर्च कटौती गरिदिएका छन् । 

 

तत्कालको राजनीतिक संकट तथा अस्थिरतालाई नियन्त्रणमा लिनका लागि प्रधानमन्त्री कार्यालयको खर्च कटौती गर्नु परेको सांसदहरुको भनाई छ । 

 

संसदका कुल २२५ सांसदमध्ये १२३ जना सांसदले खर्च कटौतीको पक्षमा मतदान गरेको अधिकारीहरुले जनाएका छन् । 

 

खर्च कटौतीको प्रस्ताव अपदस्त प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको पार्टी ‘युनाईटेड नेश्नल पार्टी’ ९युपीएन०का सांसद रवि करुणानायकेले संसदमा प्रस्तुत गरेका थिए । 

 

‘तमिल नेस्नल एलाइन्स’का सांसद र जनाथा भिमुक्थी पेरामुनाले पनि प्रधानमन्त्रीको खर्च कटौती गर्ने प्रस्तावमा मतदान गरेका थि । 

 

राष्ट्रपति मैत्रीपाला सिरिसेनाले तत्कालिन प्रधानमन्त्री विक्रमासिङ्घेलाई अपदस्त गरेर विपक्षी नेता महेन्दा राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि असन्तुष्ट संसदले प्रधानमन्त्रीलाई असहयोग हुने र नियन्त्रण गर्नेगरी यस्तो प्रस्ताव पारित गरेको हो । 

 

श्रीलङ्कमा अहिले संसद र अदालतले राष्ट्रपति र प्रधानमन्त्री असहमति जनाउदै आएका छन् । उनीहरुले राष्ट्रपतिको कदम गलत भएको र प्रधानमन्त्री पनि अवैध भएको दावी गरेका छन् । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

काठमाडौँ महानगरले मिटरब्याजी पीडितलाई खुलामञ्चमा पस्न र बस्न दिएन

  • 2 hours ago
काठमाडौँ महानगरले मिटरब्याजी पीडितलाई खुलामञ्चमा पस्न र बस्न दिएन

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले महोत्तरीबाट आएका मिटरब्याजी पीडितहरूलाई खुलामञ्चमा पस्न रोक लगाएको छ। महानगरले खुलामञ्चको गेटमा ताल्चा लगाएर उनीहरुलाई पस्न रोक लगाएको हो। गत चैत २ गते महोत्तर

'सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ '

  • 2 hours ago
'सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ '

काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकलाई सात दिनभित्र सवारी चालक अनुमतिपत्र प्रदान गर्ने तयारी गरिएको बताएका छन् ।

'नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिन्छ'

  • 2 hours ago
'नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिन्छ'

काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिने बताएका छन् । नेपाल नेत्रज्योति सङ्घको ४५औँ स्थापना दिवसका अवसरमा उनले केन्द्र, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा नेपाललाई



पर्यटन

दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो याममा २१ वन्यजन्तुको सिकार हुने भएको छ । बोलपत्र प्रक्रियाबाट छानिएका सात कम्पनीमार्फत १२ नाउर र नौ झारलको सिकार हुने छ ।

जीवनशैली

वासन्ती छठ पर्वको निराहार व्रत आज

वासन्ती छठ पर्वको निराहार व्रत आज

मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ पर्व मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन बर्तालुले निराहार व्रत सुरु गरेका छन् ।