नौ जना प्रहरीको हत्या
- शनिबार, १६ चैत, २०७५
- 3 years ago
- अन्तर्राष्ट्रिय

घाज्नी, अफगानिस्तान ।अफगानिस्तानको सुरक्षा चौकीमा आक्रमण गरी तालिबान लडाकूहरुले कम्तीमा नौ जना प्रहरीको हत्या गरेका छन् ।
स्थानीय सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार लडाकूहरुले अफगानिस्तानको पूर्वी घाज्नी सहरमा रहेको प्रहरी चौकीमा आक्रमण गरेका हुन् ।
उनीहरुले शुक्रबार बिहानैदेखि आक्रमण सुरु गरेका थिए । उनीहरुले एक आपसमा नजिकै रहेका दुई चौकीमा आक्रमण गरेको घाज्नी प्रहरीका प्रवक्ता अहमद खान सिरातले एएफपीलाई जानकारी दिए ।
भाग्नेक्रममा उनीहरुले विद्युतीय धरापको समेत प्रयोग गरेका थिए । घटनामा परी स्थानीय प्रहरीका प्रमुख पनि मारिएका छन् ।
अफगानिस्तानमा राष्ट्रपति असरफ घानीले सत्ताको नेतृत्व गरेदेखि अहिलेसम्म ४५ हजार सुरक्षाकर्मी मारिएका छन् । सन् २०१४ देखि घानी राष्ट्रपति भएका हुन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
- 34 seconds ago

तनहुँ । मोबाइल चार्ज गर्ने क्रममा सोमबार करेन्ट लागेर तनहुँमा एक महिलाको मृत्यु भएको छ ।
छोराद्वारा धारिलो हतियार प्रहार गरी आमाको हत्या
- 3 minutes ago

चितवन । माडी नगरपालिका–६ मा छोराले धारिलो हतियार प्रहार गरी आमाको हत्या गरेका छन् ।
हैजासम्बन्धी समस्या पर्यो ? ११८० मा फोन गर्नुस्
- 8 minutes ago

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ ।
पर्यटन
'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।
जीवनशैली
मस्तिष्काघातः ‘समयमै विशेषज्ञ उपचार पाए पूर्ववत् अवस्थामा फर्किन सकिन्छ’

चिकित्सकका अनुसार मस्तिष्काघात उभिँदा शरीरको सन्तुलन नमिल्ने, आँखाले नदेख्ने वा आँखा धमिलो हुने एक्कासी मुख एकातिर बाँङ्गिने, हातखुट्टा एक्कासि कमजोर हुने, बोली नआउने वा बोली लरबराउने र शरीररको एक भाग (हर) कमजोर हुन सक्छ ।
विचित्र विश्व
श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशियाे

एजेन्सी । श्रीलंका पछिल्लो समय सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेको छ । श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशिएको छ । श्रीलंकामा पेट्रोलको मूल्य ५० श्रीलंकाली रुपैयाँ र डिजेलको मूल्य ६० श्रीलंकाली रुपैयाँले बढेको छ । पछिल्लो दुई महिनामा इन्धनको मूल्य तेस्रो पटक बढेको छ ।