Techie IT
२०८२ असोज ३०, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालनेपालगञ्जमा कर्फ्यु

नेपालगञ्जमा कर्फ्यु


बुटवल। नेपालगञ्जमा जातीय द्वन्द तथा सामाजिक सद्भावलाई कायम राख्नका लागि मंगलबार विहान विभिन्न धर्म गुरुहरुको उपस्थितीमा सद्भाव र्याली निकालिएको छ। ब्यक्तिहरुले सामाजिक सञ्जालको दुरुपयोग गर्दै सामाजिक सदभावमाथि प्रहार गरेको भन्दै आज बिहानै सदभाव र्याली निकालिएको हो।

शान्ति र सदभावको परिचय बोकेको नेपालगन्जको सदभाव कायम राख्न सदभाव र्याली निकालिएको र्यालीमा सहभागीहरुले बताएका छन्। स्थानीय बिपी चोकबाट निकालिएको सदभाव र्याली धम्बोझी चोक पुगेर समापन गरिएको हो।

र्याली समापन कार्यक्रमा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट, बागेश्वरी मन्दिरका महन्त हिन्दु धर्मगुरु चन्दननाथ योगी, मुस्लिम धर्मगुरु मौलाना जब्बार लगायतले नेपालगन्जले बनाएको सदभावको शहरको पहिचानलाई जोगाएर राख्न नगरबासीलाई आह्वान गरे। र्यालीमा स्थानीय राजनीतिक दलका नेताहरु, उद्योगी ब्यवसायी, बिभिन्न धर्मका धर्मगुरुहरु लगायत सर्वसाधारणको उपस्थिती रहेको थियो।

सद्भाव र्यालीपछि पनि हिन्दु धर्मालम्बीहरुको नाममा एक समूहले मंगलबार विहान अर्को र्यालीको आयोजना गरेको छ। नेपालगञ्जको बागेश्वरी मन्दिरदेखि सेतु वि.क. चोकसम्म र्याली गर्दै उनीहरुले ‘गौहत्या बन्द गर, गौहत्या गर्नेलाई कारबाही गर’ लगायतका नारा लगाएका थिए।

सो घटनासँगै स्थिति तनावपूर्ण हुने देखेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्जमा कर्फ्यू आदेश जारी गरेको हो। सामाजिक सञ्जालको दुरुपयोग गर्दै केही ब्यक्तिहरुले स्टाटस पोष्ट गरेको विषयमा बादबिबाद सार्वजनिक भएपछि आइतबार जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय भेला बोलाएको थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT