मौलिक संस्कृति झल्किने गरी बन्दै प्रधानमन्त्री निवास

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital
  • बिहीबार, २ असोज, २०७६
  • 2 years ago
  • नेपाल
सांकेतिक तस्बिर

काठामाडौँ । मुलुकको कार्यकारी प्रमुख बस्ने प्रधानमन्त्री निवास मौलिक संस्कृति र परम्परा झल्कने गरी निर्माण हुने भएको छ । 

 

शहरी विकास तथा भवन निर्माण विभागका अनुसार बालुवाटारस्थित हालको प्रधानमन्त्री निवास रहेको ठाउँमा केही भवन भत्काएर आधुनिक प्रविधिसहित वर्तमान आवश्यकतालाई परिपूर्ति गर्ने र मौलक परम्परा झल्किने गरी भवन बन्न लागेको हो । निजी आवासका लागि र सार्वजनिक प्रयोजनका लागि दुई छुट्टाछुट्टैरुपमा बन्ने भवनको कन्टेक प्रालि नक्सालले निर्माणको जिम्मा लिएको छ । भवन दुई वर्षमा सक्ने योजना छ । 

 

दुई रोपनी क्षेत्रफलमा बन्ने पहिलो भवन नौ महीनामा र दोस्रो भवन १५ महीनामा सक्ने लक्ष्य रहेको र यसका लागि झण्डै रु ४० करोड लागत लाग्ने विभागका महानिर्देशक मणिराम गेलालले जानकारी दिए । “मौलिक परम्परा झल्कने गरी काठमा बुट्टा कुँदेर झ्याल, ढोका बनाइनेछ, काठको बाल्कुनेसमेत आकर्षक हुन्छ, इँटाको प्रयोग सोहीअनुसार हुनेछ, समग्रमा हाम्रो परम्परा र संस्कृति झल्कने गरी भवन निर्माण हुन्छ”, गेलालले भने । 

 

आधुनिक प्रविधियुक्त बनाइने र आकस्मिक मन्त्रिपरिषद्समेत बस्न सक्ने गरी भवन निर्माण हुनेछ । उनीबाट प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्न सक्ने अडियो भिडियोसहितको स्टुडियो पनि बनाइने विभागले जनाएको छ ।

 

प्रधानमन्त्री निवास यसअघि पटकपटक गरेर बनाइएको थियो । पहिलो चरणमा उत्तरखण्ड र दोस्रो चरणमा दक्षिणखण्डको भवन बनेको थियो । निरङ्कुश राजतन्त्रको बेलामा भवन बनाइएको थियो । आज प्रधानमन्त्री केपी शर्मा ओलीले भवनको शिलान्यासका क्रममा निरङ्कुश राजतन्त्रको बेलामा विगतमा जनताद्वारा निर्वाचित जनप्रतिनिधि कमजोर र अव्यवस्थित क्षेत्रमा बस्नुपर्छ भनेर नेपालमा धेरै दरबार बनिसकेपछि प्रधानमन्त्रीका लागि सामान्य घर बनाइएको बताए ।

 

जसमा प्रधानमन्त्रीका लागि आवश्यक कुनै पनि पुर्वाधार थिएन । “भुइँतलामा तीन कोठा र माथि तीन कोठा मात्रै थिए, अतिथि सत्कार र बैठक कक्ष कुनै थिएन, त्यो विस्तार गर्दा पनि उपयुक्त ढङ्गको थिएन”, प्रधानमन्त्री ओलीले उल्लेख गरे ।

 

यसपाली काठको बुट्टा कँुदेर आकर्षक झ्याल बनाइनेछ । इँट्टा पनि मौलिक संस्कृतिसँग मिल्ने गरी प्रयोग गरिने र बाल्कुने बनाएर नेपाली पन झल्कने गरी डिजाइन गरिएको विभागले जनाएको छ ।  

 

एउटा भवन प्रधानमन्त्रीको नितान्त निजी प्रयोजनका लागि र अर्को भवन सार्वजनिक प्रयोजनका लागि हुनेछ । सार्वजनिक भवन राजनीतिक, कूटनीतिक संवाद तथा सर्वसाधारणसँगको भेटघाटका लागि प्रयोग हुनेछ । 

 

सार्वजनिक भवनको भुइँतलामा अति विशिष्ट भेटघाट कक्ष, मन्त्रिपरिषद्को आकस्मिक बैठक कक्ष, चालिस जनासम्मले खान मिल्ने डाइनिङ हल, किचेन, कम्युनिकेशन सेन्टर, सुरक्षाकर्मीको नियन्त्रण कक्ष, एडिसी कक्ष, गोप्य कोठा, प्रतीक्षा कक्ष हुनेछ । पहिलो तलामा सर्वसाधारण भेटघाट कक्ष, भोजन गर्न मिल्ने बैंक्वेट, दुई प्रतिक्षा कक्ष, होल्डिङ कक्ष, पिए बस्ने र प्रधानमन्त्रीको ग्यालरी कक्ष, शैलुन, डाक्टर कक्ष र डेन्टलसहितको नौ युनिट रहनेछ । 

 

दोस्रो तलामा प्रधानमन्त्रीको कार्यकक्ष, प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्न मिल्ने अडियो भिडियोसहितको स्टुडियो, बगैँचासहितको लवी गरी १२ युनिट रहनेछ । सार्वजनक भवनको भुइँ तलामा १४ कार्यकक्ष रहेछ । भुइँतला अति विशिष्ट व्यक्तिसँगको भेटघाटका लागि छुट्याइनेछ । 

 

निजी निवास पूर्णतया व्यक्तिगत प्रयोजनका लागि हुनेछ । भुइँ तलामा गेष्ट रुमसहित १० युनिट, पहिलो तला पारिवारिक आवासका लागि बाल्कुनेसहितको १५ युनिट रहनेछ । दोस्रो तला अति विशिष्ट पाहुनालगायतका लागि गरी ११ युनिटको हुने विभागले जनाएको छ । 

 

अहिलेको सरकारी निवास समयानुुकूल आवश्यकता परिपूर्ति गर्ने खालको नभएको र सुरक्षाका हिसाबलेसमेत उपयुक्त नभएकाले आधुनिक भवन निर्माण गर्न लागेको शहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीले बताए । 

 

सरकराले हिजो मात्रै संसद् भवनको शिलान्यास गरेको थियो । अहिले धेरै भवनको शिलान्यास भएको र प्रधानमन्त्री ओलीको कार्यकालको अन्त्यसम्ममा सबै भवन उद्घाटन गर्ने गरी योजना बनाइएको उनले बताए । 

 

अर्को हप्ता प्रदेश प्रमुखको निवासको शिलान्यास गर्ने कार्यक्रम रहेको जानकारी दिँदै सचिव अधिकारीले मुलुकको समृद्धिको सपना साकार पार्र्ने चरणमा सरकार अगाडि बढेको र कतिपय निर्माण समयमै र समयअघि नै सम्पन्न गरेकोसमेत बताए । –नारायण ढुङ्गाना 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

लालध्वज हत्या प्रकरणः चार जनालाई जन्मकैद फैसला

  • 22 minutes ago
लालध्वज हत्या प्रकरणः चार जनालाई जन्मकैद फैसला

निजगढ नगरपालिकाका लालध्वज लामा ‘सानु’ को हत्या अभियोगमा न्यायाधीश सुमनकुमार न्यौपानेको मंगलबारको इजलासले केशवराज शिवाकोटी, बन्दना लामा, ‘संजय’ भनिने चक्रबहादुर तामाङ र जोखबहादुर स्याङतानलाई जन्मकैदको

पिएसजीको मुख्य प्रशिक्षकमा गल्टियर नियुक्त

  • 1 hour ago
पिएसजीको मुख्य प्रशिक्षकमा गल्टियर नियुक्त

एजेन्सी । फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले मुख्य प्रशिक्षकमा क्रिस्टोफ गल्टियरलाई नियुक्त गरेको छ । पिएसजीले मंगलबार मौरिसियो पोचेटिनोलाई बर्खास्त गर्दै गल्टियरलाई मुख्य प्रशिक

सन्दीपले लंका प्रिमियर लिग खेल्ने

  • 1 hour ago
सन्दीपले लंका प्रिमियर लिग खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले श्रीलंकाको लंका प्रिमियर लिग (एलपीएल) टी–ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।



पर्यटन

पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।

जीवनशैली

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।