'अप्ठ्यारो परे मलाई भन्नुहोस्'

Norvic Hospital

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार तथा निजी क्षेत्रको साझा प्रयासबाट मात्र मुलुकको समृद्धि सम्भव हुने बताएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति’ (सिआइपी) सम्मान एवं सुशोभन समारोहलाई सम्बोधन गर्दै उनले सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको पुनः दोहो¥याए । उनले निजी क्षेत्रको अप्ठ्यारा र असुविधा सम्बोधन गर्न सरकार तयार रहेको बताए । 

 

निर्यात व्यापारमा देखिएका समस्या समाधान गर्न सरकारले पहलकदमी लिएको उदाहरण दिँदै उनले भने, “केही समयअघि सुपारी, अदुवा तथा पाम आयलको निर्यातमा समस्या थियो, अहिले समस्या समाधान भएको छ, निर्यातका विभिन्न क्षेत्रमा सरकारले सहजीकरण गरिरहेको छ ।”

 

उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा आयात प्रतिस्थापन र निर्यात अभिवृद्धिमा लाग्न निजी क्षेत्रलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले सरकारका तर्फबाट निजी क्षेत्रलाई पूर्णरुपमा साथ रहने विश्वास दिलाए । “ढुक्क हुनुहोस्, विश्वस्त भएर काम गर्नुहोस्”, व्यवसायीलाई आश्वस्त पार्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “यदि कुनै अप्ठ्यारो आए मलाई भन्नुहोस् ।” 

 

राजनीति परिवर्तनपछि मुलुक आर्थिक समृद्धिको चरणमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अबका प्रयास सुशासन र आर्थिक विकासमा केन्द्रित हुने बताए। “अब हामी नयाँ मार्गमा उत्साहित भएका छौँ, सिङ्गो देश विकासको काममा नलागी सुशासन र विकास सम्भव छैन”, उनले भने, “विकास र समृद्धिका लागि निजी क्षेत्रको सामूहिक सहयोगको खाँचो छ, सुशासन र देश विकासमा हाम्रो सामूहिक प्रयास लगाउनुपर्छ ।”

 

विकास र समृद्धिको मामिलामा सरकार र निजी क्षेत्रको समान धारणा रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले अब सुशासनमा पनि एक मत हुनुपर्ने बताए । सुशासन विकास र समृद्धिको बाधक नभएको प्रष्ट्याउँदै उहाँले पारदर्शिता, स्वच्छता र कानूनको परिपालना गर्न निजी क्षेत्रलाई आग्रह गरे ।

 

निजी क्षेत्रलाई लगानीमा सहजीकरण गर्न सरकारले विभिन्न प्रयास अगाडि बढाएको जानकारी दिँदै प्रधानमन्त्रीले लगानीको वातावरण बनाइएको बताए । “एकल विन्दु सेवा स्थापना गरिएको छ, लगानीको वातावरण बनाइएको छ, बैंक, वित्तीय संस्था र उद्योगीका बीमा उचित र सन्तुलित सम्बन्ध होस्, सरकार र व्यवासयीबीच पनि सौहाद्र्रपूर्ण सम्बन्ध होस् हामी यही चाहेका छौँ ।”

 

सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले मुलुकको आर्थिक समृद्धिमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै सिआइपी सम्मानबाट निजी क्षेत्रको मनोबल बढेको बताए । मुलुकका लगानीको वातावरण बनाउन सरकार सदैव क्रियाशील रहेको बताउँदै उनले भने, “राज्य सधैँ व्यवासयीको साथमा छ, हामी व्यापार–व्यवसाय गर्न कुनै व्यवधान आउन दिँदैनौँ । उद्योगी व्यवसायीको मनोबल खस्कन दिँदैनौँ, ढुक्क भएर लगानी गर्नुहोस् ।”

 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले सम्मानबाट मुलुकको अर्थतन्त्रको विकासमा लाग्न व्यवसायीलाई प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरे । कार्यक्रममा सम्मानित व्यक्तित्व एवं नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले सिआइपी सम्मानबाट व्यवसायीमा उत्साह थपिएको बताए । निजी क्षेत्र सरकारसँग हातेमालो गर्दै हिँडेको उल्लेख गर्दै उनले समृद्धिको यात्रामा सहकार्य गर्न तयार रहेको बताए । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

भरतपुरमा रेनुको मतान्तर १० हजार नाघ्यो

  • 17 seconds ago
भरतपुरमा रेनुको मतान्तर १० हजार नाघ्यो

चितवन। भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेकपा माओवादी रेनु दाहालले १० हजार मत अन्तर बनाएकी छिन्। महानगरको २५ र २६ नम्बर वडाको मतगणना जारी रहँदा दाहालले १० ह

काठमाडौं अपडेटः बालेनको अग्रता कायमै, यस्तो छ पछिल्लो अपडेट

  • 1 hour ago
काठमाडौं अपडेटः बालेनको अग्रता कायमै, यस्तो छ पछिल्लो अपडेट

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ४३ हजार ७५७ मत प्राप्त गरी अग्रस्थान कायम गरेका छन् । जारी मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले २

जजिराको विमान चरासँग ठोक्कियो, लुम्बिनीमै ‘होल्ड’

  • 1 hour ago
जजिराको विमान चरासँग ठोक्कियो, लुम्बिनीमै ‘होल्ड’

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गरेको जजिरा एयरलायन्सको विमान चरासँग ठोक्किएपछि फर्कन सकेको छैन ।



पर्यटन

इसेवाको ग्राहक संख्या ६० लाख पुग्यो

इसेवाको ग्राहक संख्या ६० लाख पुग्यो

काठमाडौँ। नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको मोबाईल एप्स् एण्ड्रोइड मोबाईलमा डाउनलोड गर्नेको संख्या ५२ लाख नाघेको छ। योसँगै नेपालको फाइनान्सियल सेवामा एण्ड्रोइडको ५० लाखको माइलस्टोन हाँसिल गर्ने पहिलो कम्पनी भएको छ।

जीवनशैली

आज देशभर भूमेस्थानमा पूजाआराधना गरी उँभौली पर्व मनाइँदै

आज देशभर भूमेस्थानमा पूजाआराधना गरी उँभौली पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजाआराधना गरी मनाइँदै छ ।

विचित्र विश्व

युक्रेनद्वारा युद्धविराम अस्वीकार

युक्रेनद्वारा युद्धविराम अस्वीकार

एजेन्सी । डोनबास क्षेत्रमा भीषण सङ्घर्ष जारी भए पनि युक्रेनले युद्धविरामलाई अस्वीकार गरेको छ । रूसले पूर्वी डोनबास क्षेत्रमा व्यापक आक्रमणलाई बनाइरहेका बेला युक्रेनले युद्धविराम वा मस्कोलाई सहुलियत दिन अस्वीकार गरेको हो ।