यस्ता छन् डा. केसीलाई गलाउने सरकारी रणनीति

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital
  • शनिबार, ५ साउन, २०७५
  • 3 years ago
  • नेपाल

काठमाडौं । अनशनको २० औं दिन बिहीबार जबर्जस्ती जुम्लाबाट काठमाडौं ल्याइएका डा। गोविन्द केसीले आफ्ना माग पूरा नभएसम्म सघन उपचार कक्षा (आईसीयू) नजाने अडान राखेपछि उनको स्वास्थ्यस्थिति शीघ्र रूपमा अझै कमजोर बन्दै गएको चिकित्सकले बताएका छन् ।

 

महाराजगन्जस्थित शिक्षण अस्पताल परिसरमा रहेको गणेशमान सिंह भवनको पुरानै कक्षमा अनशन जारी राखेका डा। केसीलाई छाती दुखिरहेको, श्वासप्रश्वासमा अप्ठेरो भइरहेको र पिसाब फेर्नसमेत सकस भएको उनका सहयोगी चिकित्सकले बताए । उनमा मांशपेसी बाउँडिने, वाकवाकी लाग्नेलगायत समस्या पनि देखा परेका छन् । ‘पिसाब फेर्न शौचालय जान सक्नुहुन्न, सुतेकै स्थानमा दुई÷तीन जनाले सहयोग गर्नुपर्ने स्थिति छ’, डा। केसीका विद्यार्थीसमेत रहेका सहयोगी नारायण कँडेलले भने, ‘उहाँले आफ्नो स्वास्थ्य स्थितिभन्दा पनि आफ्ना मागलाई प्राथमिकतामा राखिरहनुभएको छ ।’ जुम्लाबाट ल्याइएपछि पूर्णरूपमा स्वास्थ्य जाँच गर्नसमेत नमानेका डा। केसीको मुटुको चाल नाप्ने ईसीजी मनिटरसमेत अस्वीकार गरेका छन्।

 

डा। केसीको स्वास्थ्य कमजोर बन्दै गइरहे पनि सरकारले सत्याग्रहीका मागप्रति चासो देखाएको छैन । शुक्रबार रातिसम्म सरकारका तर्फबाट उनलाई भेट्न कुनै प्रतिनिधि शिक्षण अस्पताल पुगेका छैनन् । यद्यपि, सत्तारुढ दल नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच समसामयिक विषयमा शुक्रबार राति अवेरसम्म बालुवाटारमा छलफल भइरहेको स्रोतले बताएका छन् । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘समस्यालाई कसरी सम्बोधन गर्नेमा पहलकदमी भइरहेको छ । वार्ताबाटै समस्या समाधान गर्ने हो । डा।केसीसँग बसेरै छलफल हुन्छ ।’ डा। केसी भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन बस्दा दमन गर्ने दोषीहरूलाई कारबाही र संसद्मा दर्ता गरिएको अध्यादेश फिर्ता हुनुपर्ने ‘बटमलाइन’ राखेका छन् ।

 

डा। केसीले आफूलाई शुक्रबार दिउँसो भेट्न आएका पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि आफ्नो बटमलाइनबारे चर्चा गरे । ‘यो सरकारले पनि पुरानै अध्यादेश हुबहु ल्याउनुपर्छ, मेरो भन्नु यत्ति हो’, देउवासँग डा। केसीले भने, ‘संसद्मा दर्ता भएको विधेयक फिर्ता गरिनुपर्छ । अनि बल्ल वार्ता हुन्छ ।’ अन्नपूर्ण पोस्ट दैनिकबाट


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

गठबन्धनबाट विकास सम्भव छैन – महासचिव पोखरेल

  • 10 hours ago
गठबन्धनबाट विकास सम्भव छैन – महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकको विकास र समृद्धिका लागि राजनीतिक ध्रूबीकरण आवश्यक रहेको बताएका छन् । जननेता मदन भण्डारीको ७१ औं जन्मजयन्तीको अवसर पारेर प्रेस चौतारी नेप

आईजीपी बढुवाविरुद्धको रिट हेर्दाहेर्दैमा, अर्को सुनुवाइ १९ असारमा

  • 11 hours ago
आईजीपी बढुवाविरुद्धको रिट हेर्दाहेर्दैमा, अर्को सुनुवाइ १९ असारमा

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा धिरजप्रताप सिंहलाई बढुवा गरेको सरकारको निर्णयविरुद्ध परेको रिटको सुनुवाइ १९ असारसम्म सरेको छ ।

कुटपिट गरेर कम्युटर अपरेटरको गाडी लुट्ने ३ भारतीय नागरिक पक्राउ

  • 11 hours ago
कुटपिट गरेर कम्युटर अपरेटरको गाडी लुट्ने ३ भारतीय नागरिक पक्राउ

धनगढी । कैलालीको भीम दत्त राजमार्ग अन्तर्गत गोदावरीमा डडेल्धुराको आलीताल गाउँपालिकाका कम्युटर अपरेटर लोकेन्द्र भण्डारीलाई कुटपिट गरेर कार लुट्ने समूहका तीन जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ



पर्यटन

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

जीवनशैली

मस्तिष्काघातः ‘समयमै विशेषज्ञ उपचार पाए पूर्ववत् अवस्थामा फर्किन सकिन्छ’

मस्तिष्काघातः ‘समयमै विशेषज्ञ उपचार पाए पूर्ववत् अवस्थामा फर्किन सकिन्छ’

चिकित्सकका अनुसार मस्तिष्काघात उभिँदा शरीरको सन्तुलन नमिल्ने, आँखाले नदेख्ने वा आँखा धमिलो हुने एक्कासी मुख एकातिर बाँङ्गिने, हातखुट्टा एक्कासि कमजोर हुने, बोली नआउने वा बोली लरबराउने र शरीररको एक भाग (हर) कमजोर हुन सक्छ ।

विचित्र विश्व

श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशियाे

श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशियाे

एजेन्सी । श्रीलंका पछिल्लो समय सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेको छ । श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशिएको छ । श्रीलंकामा पेट्रोलको मूल्य ५० श्रीलंकाली रुपैयाँ र डिजेलको मूल्य ६० श्रीलंकाली रुपैयाँले बढेको छ । पछिल्लो दुई महिनामा इन्धनको मूल्य तेस्रो पटक बढेको छ ।