Techie IT
२०८२ भदौ ३०, सोमबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनसुजन चापागाईँको म्युजिकल फिल्म ‘एक्लै भएनी – मेरो अधुरो प्रेम’ सार्वजनिक, साइग्रेसको अभिनय

सुजन चापागाईँको म्युजिकल फिल्म ‘एक्लै भएनी – मेरो अधुरो प्रेम’ सार्वजनिक, साइग्रेसको अभिनय


काठमाडौं । आर्टमाण्डुको प्रोडक्सनमा सुजन चापागाईँको पछिल्लो म्युजिकल फिल्म ‘एक्लै भएनी – मेरो अधुरो प्रेम’ सार्वजनिक भएको छ । यस म्युजिकल फिल्मले प्रेम, बिछोड, पछुतो र बिछोडपछिको पीडालाई कलात्मक चित्रण गरेको छ । यसले अधुरो प्रेमको वेदना र ब्रेकअपपछि मनमा उठ्ने भावनाहरूको गहिराइलाई सङ्गीत र अभिनयमार्फत प्रस्तुत गरेको छ ।

गीतमा हर्क साउदको शब्द, सुजन चापागाईँ र विद्या तिवारीको स्वर, तथा सुजन चापागाईँकै सङ्गीत रहेको छ । सङ्गीत निर्माण, मिक्सिङ र मास्टरिङ कोविद बज्रले गरेका छन् । विश्वास लामाले न्यारेशन लेखेका छन् भने यसका कलाकार समेत रहेका चर्चित कथा वाचक साइग्रेस पोखरेलले सुनाएको न्यारेशनले गीतलाई थप प्रभावशाली बनाएको छ ।

अभिषेक सुवेदीले लेखन तथा निर्देशन गरेका भिडियोमा अभिनयको मुख्य भूमिका साईग्रेस र माया लुना खानले निभाएका छन् । अन्य कलाकारहरूमा शङ्कर पराजुली, सुधन पोखरेल र विजय नेपाल रहेका छन् । यसमा निमा लामाको मेकअप, सुजन रत्न परियारको कस्ट्युम डिजाइन, र तीव्रता खड्काको प्रोडक्सन डिजाइन रहेको छ । भिडियो सम्पादन र कलर ग्रेडिङ कृष्ण भण्डारीले गरेका हुन् भने छायाङ्कन चिन्तन राजभण्डारीको निर्देशनमा भएको हो । यस परियोजनाको सम्पूर्ण सुपरिवेक्षण नवीन चौहानले गरेका हुन् ।

गायक तथा सङ्गीतकार सुजन चापागाईँले आफूलाई व्यक्तिगत रूपमा मन पर्ने जनरसँग पहिलो पटक साक्षात्कार गर्ने जमर्को मिलेको र यो गीत तिनै तमाम पीडित हृदयहरूप्रति समर्पित रहेको बताए । आर्टमाण्डुका निर्देशक नवीन चौहानले यो प्रोजेक्ट आर्टमाण्डुको लागि विशेष रहेको बताए । उनले भने, “हामीले यस पटक प्रिय कथा वाचक साईग्रेस पोखरेलज्यूसँग कलाकारका रूपमा सहकार्य गर्न पाउँदा गर्व महसुस गरेका छौँ । माया लुना खान, चिन्तन राजभण्डारी र अभिषेक सुबेदीसँगको सहकार्यले यो म्युजिकललाई अझै स्मरणीय बनाएको छ ।”

‘एक्लै भएनी – मेरो अधुरो प्रेम’ म्युजिकल फिल्म सार्वजनिक भएको केही घण्टामा नै दर्शक र श्रोतामाझ चर्चित बनिसकेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकन

काठमाडौं । चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा

चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’मा जनै कसरी हराउँछ ?

काठमाडौं । भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’को कथामा के छ भन्नेमा धेरैलाई चासो छ

‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न

काठमाडौँ । चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा

‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिक

काठमाडौँ । यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको

‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार मोसन टिजर सार्वजनिक गरेको हो

मौलिक तीज गीत ‘श्रीमानज्यू’ विमोचन

काठमाडौं । गायिका कविता अर्यालको तीज गीत ‘श्रीमानज्यू’ विमोचन गरिएको छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा नारी सशक्तिकरणको भाव

Techie IT