प्रधानमन्त्रीले अब यसरी लिनेछन् मन्त्रीको परीक्षा
- शनिबार, ३० भदौ, २०७५
- 3 years ago
- राजनीति

काठमाडौं । अधिकांश मन्त्रीले अपेक्षाअनुसार काम नगरेको निष्कर्षमा पुगेका प्रधानमन्त्री केपी ओली ‘डिजिटल सिस्टम’बाट उनीहरूको मूल्यांकन गर्ने तयारीमा छन् ।
असोजदेखि हरेक महिना कुन मन्त्रालय र मन्त्रीले कति समयमा के–कति काम गरे भन्ने मूल्यांकन सफ्टवेयरबाटै हुने भएको हो । अनलाइन मूल्यांकनकै आधारमा मन्त्रीलाई प्रोत्साहन र कारबाही गर्ने योजना प्रधानमन्त्रीको छ ।
सफ्टवेयर असोजको पहिलो साता सञ्चालनमा आएपछि प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित कार्यकक्ष या बालुवाटारस्थित निवासमै बसेर ट्याबलेट, ल्यापटप वा मोबाइलबाट मन्त्री र मन्त्रालयहरूको कामको प्रगति विवरण हेर्न सक्नेछन् । कार्यतालिकाअनुसार प्रगति विवरणमा देखिएन भने किन काम भएन, के–के समस्याहरू आए, कुनै कानुनी वा नीतिगत अडचन, बजेट वा अरु कुनै कारणले हुन नसकेका कामको विषयमा जानकारी लिनेछन् ।
मन्त्रालयहरूले हरेक महिना ७ गतेभित्र कार्ययोजनाअनुसारको प्रगति विवरण बुझाएलगत्तै तीन श्रेणीमध्ये एउटामा सूचीकृत हुनेछ । सफ्टवेयरले नै मूल्यांकन गरेर सूचीकृत गर्नेछ । प्रतिबद्धताअनुसार ८० प्रतिशतभन्दा माथि काम गर्ने मन्त्री अति राम्रो अर्थात् ग्रीन जोनुभित्र पर्नेछन् । ५० देखि ८० प्रतिशत काम गर्ने औसत अर्थात् एल्लो जोनुभित्र पर्नेछन् । ५० प्रतिशतभन्दा कम निराशाजनक काम गर्ने मन्त्री रेड जोन भित्र पर्नेछन् । नयाँपत्रिकाबाट
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
मदनको ७१औँ जयन्तीः राष्ट्र निर्माणमा ‘जबज’ ले दिएको आधार
- 7 minutes ago

काठमाडौं । आकर्षक भाषणकलाका कारणले मात्रै होइन नेपाली कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकीकरण गराउने वैचारिक अगुवाका रुपमा पनि जननेता मदनकुमार भण्डारीको योगदानलाई इतिहासले स्मरण गरिरहेको छ । तीक
एनआरटी मलेसिया प्रस्थान
- 16 minutes ago

काठमाडौं । मलेसियाको पेनाङमा आयोजना हुने टुवान याङ टेरुतमा (टिवाइटी) कप फुटबल प्रतियोगितामा नेपालको ए डिभिजन क्लब न्यूरोड टिम (एनआरटी)ले भाग लिने भएको छ ।
क्यानडा जाने नेपाली टोलीको बिदाइ
- 21 minutes ago

स्कटल्यान्डमा नेपालले विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ । स्कटल्यान्डमा नेपालले घरेलु टोलीसँग दुई र नामिबियासँग दुई गरी लिग–दुईको चार खेल खेल्नेछ । विश्वकप लि
पर्यटन
'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।
जीवनशैली
मस्तिष्काघातः ‘समयमै विशेषज्ञ उपचार पाए पूर्ववत् अवस्थामा फर्किन सकिन्छ’

चिकित्सकका अनुसार मस्तिष्काघात उभिँदा शरीरको सन्तुलन नमिल्ने, आँखाले नदेख्ने वा आँखा धमिलो हुने एक्कासी मुख एकातिर बाँङ्गिने, हातखुट्टा एक्कासि कमजोर हुने, बोली नआउने वा बोली लरबराउने र शरीररको एक भाग (हर) कमजोर हुन सक्छ ।
विचित्र विश्व
श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशियाे

एजेन्सी । श्रीलंका पछिल्लो समय सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेको छ । श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशिएको छ । श्रीलंकामा पेट्रोलको मूल्य ५० श्रीलंकाली रुपैयाँ र डिजेलको मूल्य ६० श्रीलंकाली रुपैयाँले बढेको छ । पछिल्लो दुई महिनामा इन्धनको मूल्य तेस्रो पटक बढेको छ ।