पोखरामा कहिले सुरु हुन्छ तार भूमिगतको काम ?
कास्की । पोखरामा विद्युतीय तार भूमिगत गर्न भारतीय टाटा प्रोजेक्टस कम्पनीले ठेक्का सम्झौता गरेको एक वर्ष भएको छ ।
दुईवर्षमा सक्ने गरी निर्माण जिम्मा लिएकामा ठेक्का अवधि छोटिँदै जाँदा तार बिछ्याउने काम अझै सुरु हुन सकेको छैन । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख आनन्द सुवेदीले अर्को महिनादेखि तार भूमिगत गरिने बताए ।
“विद्युत् लाइनको इन्जिनियरिङ डिजाइन, उपकरण खरिदलगायतको काम भइरहेको छ, भौतिकतर्फको काम फागुन अन्तिमतिर सुरु हुन्छ”, उनले भने । पोखरामा नै आयोजनाको कार्यालय भएकाले कामले तीव्रता पाउने उनको भनाइ छ ।तारलगायत महत्वपूर्ण उपकरण भारतबाट ल्याउनुपर्दा समय लागेको उनले बताए ।
आयोजनालाई चाहिने केही सामग्री÷उपकरण भन्सारमा आइपुगेको जनाइएको छ । आयोजना प्रमुख सुवेदीले तोकिएकै समयावधिभित्र विद्युतीय तार भूमिगत गरिने बताए । “डिजाइनलगायत प्रक्रियागत तयारीले केही ढिलाइ भए पनि अब काम रोकिन्न”, उनले भने, “यसमा हामी कटिबद्ध छौँ, यो राष्ट्रिय महत्वको आयोजना हो ।”
आयोजनाअन्तर्गत पोखरा–१० कुँडहरदेखि जिरो किमीसम्मको मुख्य राजमार्ग, सिर्जनाचोक, राष्ट्रबैङ्कचोक, लेकसाइड, सभागृहचोक, न्युरोड, चिप्लेढुङ्गागायतका क्षेत्रमा तार भूमिगत गरिने भएको हो । मुख्यदेखि सहायक सडकसम्मै तार बिछ्याइने जनाइएको छ । विद्युत् लाइनसँगै टेलिफोन, केबुल र इन्टरनेटका तारका लागि अप्टिकल फाइबर पनि बिछ्याइनेछ ।
“विद्युत्सँगै केबुल र दूरसञ्चार सेवा प्रदायक संस्थाका तार पनि एकैसाथ भूमिगत गरिन्छ, अहिले भएको ओभरहेड प्रणालीका सबै तार हट्छन्”, आयोजना प्रमुख सुवेदीले भने । पोखरामा मात्र तार भूमिगत र वितरण प्रणाली सुदृढीकरणमा रू एक अर्ब ३० करोड खर्च हुने प्राधिकरणले जनाएको छ ।
पोखरा र भरतपुरमा तार बिछ्याउन रू दुई अर्ब ५० करोड ३३ लाखमा भारतीय कम्पनी टाटा प्रोजेक्टसले ठेक्का पाएको थियो । दुवै सहरमा एकै प्याकेजमा काम भइरहेको आयोजना प्रमुख सुवेदीको भनाइ छ । तार बिछ्याएपछि ग्राहकको घरघरमा बिजुली पु¥याउने काम पनि प्राधिकरण नै गर्नेछ ।
प्राधिकरणको पोखरा वितरण केन्द्रका प्रमुख ऋषिकुमार वर्णपालले विद्युत् लाइन जमिनमुनि बिछ्याउँदा अव्यवस्थित तार, पोलबाट पोखराले मुक्ति पाउने बताए । “एकातिर सहरी सौन्दर्य बढ्छ, अर्कातिर भूमिगत तार बढी क्षमतायुक्त र भरपर्दो हुन्छ”, उनले भने, “विद्युतीय दुर्घटना न्यूनीकरणमा पनि यसबाट टेवा पुग्छ ।”
प्रमुख वर्णपालले बिजुलीका तार चुँडिएर, सवारी साधन पोलमा ठोक्किएर बर्सेनि मानिसले ज्यान गुमाइरहेको सुनाए । “विद्युत् लाइन बिछ्याउने अभ्यास विश्वभर नै छ, हाम्रो जस्तो देशमा बजेटको सीमितता हुने हुँदा मुख्य सहरी क्षेत्रमा भर्खर सुरु हुँदैछ”, उनले भने, “पोखरा सहरभरिको तार भूमिगत गर्न अर्बौं बजेट चाहिन्छ ।”
अहिले चलिरहेको विद्युत् वितरण लाइनभन्दा भूमिगत प्रणाली तीन÷चार गुणाले महँगो पर्ने उनको भनाइ छ । “महँगो परे पनि ग्राहकको बढ्दो माग र बिजुलीको चाप थेग्न भूमिगत प्रणालीमा जानैपर्छ”, प्रमुख वर्णपालले भने, “राज्यले यसमा लगानी बढाउनुपर्छ ।”
उनका अनुसार पोखरा वितरण केन्द्रअन्तर्गत विद्युत्का ९४ हजार एक सय ६५ ग्राहक छन् । वितरण केन्द्रका आधारमा यो देशकै सबैभन्दा धेरै ग्राहक सङ्ख्या हो ।
प्राधिकरणले सहरी सौन्दर्य बढाउन ‘उज्यालो र सहर सफाइ अभियान’ चलाइरहेको छ । सडक छेउछाउका जीर्ण र प्रयोगविहीन पोल हटाउन सुरु गरिएको छ । भूमिगत प्रणालीलाई अन्य सहरमा विस्तार गर्दै जाने योजनामा प्राधिकरण छ । काठमाडौँ उपत्यकापछि भरतपुर र पोखरामा सो परियोजना अघि बढेको हो ।
तारैतारले जेलिएको पोखराको सौन्दर्य फर्काउन पनि यो अभियान सहयोगी बन्ने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए । “यो नमुना परियोजना हो, महानगरले पनि प्राधिकरणसँग लगानीमा साझेदारी गर्छ”, उनले भने, “आयोजनाको प्रभाव र उपयोगिता हेरेर पोखराका अन्य ठाउँमा पनि विस्तार गर्छौं ।”
महानगरप्रमुख आचार्यले लथालिङ्ग तार र पोलले पर्यटकीय सहरलाई विरुप बनाइरहेका बेला परियोजना सुरु हुनुलाई सुखद रुपमा लिनुभयो । प्राधिकरणले सकेसम्म सडकमा न्यून क्षति हुने गरी तार बिछ्याउने प्रविधि प्रयोग गर्दै आएको छ ।
‘होरिजेन्टल डाइरेक्सनल ड्रिलिङ’ प्रविधिबाट सडक खनेर तार भूमिगत गरिने आयोजना प्रमुख सुवेदीले बताए । यात्रु र यातायातका साधनको आउजाउमा बाधा नपुग्ने गरी निर्माणका काम हुने उनको भनाइ छ । तार भूमिगत गरेपछि ठाउँ–ठाउँमा ट्रान्सफर्मर राखेर ग्राहकका घरघरमा बिजुली पु¥याइने प्राधिकरणले जनाएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
बाघको आक्रमणबाट कञ्चनपुरकी एक महिलाको मृत्यु
- 16 minutes ago

कञ्चनपुर। बाघको आक्रमणबाट कञ्चनपुरको पुनर्वासकी एक महिलाको मृत्यु भएको छ। नेपाल–भारत सीमामा पर्ने भारतको दुधुवा नेशनल पार्कमा बाघको आक्रमणबाट पुनर्वासकी ३२ वर्षीया कलसा सार्कीको मृत्यु भएको हो।
नेकपा ब्युँताउन प्रचण्डलाई माधव नेपालको प्रस्ताव
- 21 minutes ago

काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तत्कालीन नेकपा ब्युँताउने प्रस्ताव राखे
अमेरिकी हवाई हमलामा आठ जनाको मृत्यु
- 27 minutes ago

एजेन्सी । उत्तरपूर्वी सिरियाको हस्काह समीप अवस्थित गठबन्धन सेनाको शिविरमा बिहीबार भएको ड्रोन आक्रमणको प्रतिकारमा अमेरिकी सेनाले गरेको हवाई हमलामा इरान समर्थक आठ जना लडाकु मारिएका छन् ।
पर्यटन
एकपटक पुग्नै पाथीभरा धाम

सन्तोष पुर्कुटी। देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ। अलौकिक शक्तिको खानीका रुपमा लिइने पाथीभरामा पछिल्लो एक वर्षमा मात्रै झण्डै तीन लाख बढी स्वदेशी तथा विदेशी तीर्थयात्री आएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।
जीवनशैली
खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।