पोखरामा आज द फेशन सो हुँदै

Global IME
Mega Bank
Norvic Hospital
  • शुक्रबार, ४ पुष, २०७६
  • 2 years ago
  • नेपाल

पोखरा । पोखरामा शुक्रबार हुने द फेशन सोको तयारी पुरा भएको छ । पोखरामा पत्रकार सम्मेलन गरि आयोजकले यसको तयारी पुरा भएको जनाएको हो । कला, संगीत र फेशनमा पोखरा बढाउन फेशन सो को आयोजना गर्न लागेको इभेन्ट म्यानेजर सनिज गुरुङले बताए ।

 

‘पोखरामा फेशन प्रति लगाव राख्ने व्यक्ति त छन् तर फेशनमार्फत पोखरालाई चिनारी दिने इभेन्टहरु भने भइरहेको छैन । यसै सन्दर्भमा पोखरालाई फेशनको शहरका रुपमा चिनाउन हामीले शुक्रबार द फेशन शो हुने नामक कार्यक्रम गर्न लागेका हौं ।’ उनले भने ।

 

वाइज मन्की इन्टरटेनमेन्टको आयोजनामा हुन लागेको फेशन सोमा पोखरा र काठमाण्डौका गरि डेढ दर्जन मोडलहरुले सहभागिता जनाउने छन् । कार्यक्रमको प्रमुख आकर्षणका रुपमा मिस नेपाल वल्र्ड २०१८ श्रृङखला खतिवडा, मिस नेपाल युनिभर्स २०१८ मनिता देवकोटा, नेपाली चलचित्रका नायिका अना शर्मा , सुपर मोडेल सविता कार्की, सृजना रेग्मी रहेका छन् । उनीहरु यस कार्यक्रममा सो स्टपर रहेको जनाएको छ ।

 

फेशन शोमा पोखराका मोडेलहरु महिला तर्फ काशु गुरुङ्ग, सिम्रन गौचन, सिम्रन क्षेत्री, सबनम सुनार, अनुपमा बास्तोला, स्वरुपा स्थापित, रोशनी आचार्य, सेहनाज बानु, अक्स्मी क्षेत्री, कृतिका भुजेल र गंगा ग्याबक रहेका छन् । यस्तै पुरुष मोडेलहरुमा नविन लिम्बु, हिंमाशु टि।बी राना, तोर्डन मगर, इशान गुरुङ्ग र जेनिथ गुरुङ्ग रहेका छन् ।

 

मोडेलहरुले काठमाण्डौका २ तथा पोखराका २ डिजाइनरले तयार पारेको पोशाकमा र्याम्प वक गर्ने छन् । डिजाइनरहरु तेन्जिन भुटिया, मनिष राई, रचयिता माकाजु र सन्देशा राईले सोका पोशाक डिजाइन गरेका छन् । शुक्रबार पौष ४ गते इलेमेण्ट रेष्ट्रो एण्ड बार खहरे लेकसाइडमा यो कार्यक्रम हुनेछ ।

 

साँझ ५ बजेबाट शुरु हुने कार्यक्रमका लागि टिकट दर ३ हजार र २ हजार तोकिएको तथा उक्त टिकटमा प्रवेश तथा डिनरको व्यवस्था गरिएको कार्यक्रम संयोजक रविन पराजुलीले बताए । ‘४ वटा सिक्वेन्समा हुने फेशन सोमा आकर्षक नृत्य पनि समेटेका छौं। फेशन सो को मुख्य उद्देश्य भनेको पोखराको फेशन ट्रेण्ड तथा फेशन सोहरुलाई अझ स्तरिय बनाउनु नै रहेको छ’ उनले भने । कार्यक्रममा ४ सय दर्शकको अनुमान गरिएको छं । कार्यक्रमको मुख्य प्रायोजक सुजुकी बर्गम्यान टु ह्विलर्स रहेको छ ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

एमाले अध्यक्ष ओली र कांग्रेस नेता सिंहबीच बालकोटमा भेटवार्ता

  • 4 hours ago
एमाले अध्यक्ष ओली र कांग्रेस नेता सिंहबीच बालकोटमा भेटवार्ता

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । कांग्रेस नेता सिंह ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका हुन् । भेटमा दुवै नेताले एकअर्काला

कतार विश्वकपः कोस्टारिकाले जापानलाई हरायो

  • 6 hours ago
कतार विश्वकपः कोस्टारिकाले जापानलाई हरायो

कतारमा जारी फिफा विश्वकप फुटबलको समूह ‘ई’ अन्तर्गतको खेलमा कोस्टारिकाले पहिलो जित निकालेको छ । अहमद बिन अली स्टेडियममा भर्खरै सम्पन्न खेलमा कोस्टारिकाले जापानलाई १–० गोल अन्तरले पराजित गरेको ह

निगमको न्यारोबडी जहाज ग्राउन्डेड

  • 6 hours ago
निगमको न्यारोबडी जहाज ग्राउन्डेड

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोबडी ‘ए’ ३२० जहाज ग्राउन्डेड भएको छ । प्राविधिक समस्याका कारण जहाजको इन्जिन स्टार्ट नभएकाले जहाज ग्राउन्डेड भएको निगमले जना



पर्यटन

धार्मिक पर्यटनको गन्तव्य बन्दैै महाराजा थान

धार्मिक पर्यटनको गन्तव्य बन्दैै महाराजा थान

नवलपरासी । पूर्वी नवलपरासीको सदरमुकाम कावासोती बजारबाट करिब सात किलोमिटर उत्तरमा रहेको महाराजा थान मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा विकास हुन लागेको छ ।

जीवनशैली

छालामा सुख्खापन हटाउन र फुटेको छाला चाँडै ठीक पार्न यसो गर्नुहोस्

छालामा सुख्खापन हटाउन र फुटेको छाला चाँडै ठीक पार्न यसो गर्नुहोस्

काठमाडौं । दूध र सुन्तलाको रससँग मह मिसाएर मोस्चराइजर बनाउन सकिन्छ । यसको प्रयोगले छालामा भएको पानी सोस्ने ब्याक्टेरिया हटाएर त्यहाँको सुख्खापन कम गर्छ ।