पोखरामा थप पर्यटकीय गतिविधि बढाउने योजनालाई प्राथमकिता दिन जोड

  • मंगलबार, २९ पुष, २०७६
  • 6 months ago
  • खेल

पोखरा । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले महानगरले सार्वजनिक हितलाई ख्याल गरेर नै सार्वजनिक निजी साझेदारी (पिपिपी) आयोजनालाई अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । पोखरा महानगरपालिकाले पिपिपीका लागि छनोट भएका आयोजनाको सम्बन्धमा आज यहाँ आयोजित छलफलमा उनले महानगरले ल्याएका आयोजनाले पोखराको सुन्दरतामा थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।

 

मन्त्री विश्वकर्माले कुनै पनि आयोजनालाई कार्यान्वयनमा लैजाँदा सार्वजनिक रुपमा छलफल गर्नुपर्ने औँल्याए । उनले हरेक सम्भावनाको खोजी गर्दै पोखरामा थप पर्यटकीय गतिविधि बढाउने खालका योजनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

 

पिपिपी मोडलअन्तर्गत महानगरले सेती खोँच विकास आयोजनाका लागि रु एक अर्ब ५८ करोड रुपैयाँ लागतको योजना अघि सारेको छ । त्यस्तै पातलो छाँगो सिसा पुल तथा अन्य पूर्वाधार विकास आयोजनामा रु ४९ करोड १९ लाख र सराङकोट पर्यटन पूर्वाधार विकासमा रु १४ करोड ७४ लाख लागत अनुमानसहितको योजना प्रस्ताव गरेको छ ।  

 

प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले सेती खोँचमा साहसिक पर्यटकीय पूर्वाधार निर्माणका लागि यहाँस्थित रामघाटलगायतका स्थानबाट नदीजन्य पदार्थ उत्खननलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए । गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले थोरै लगानी गरेर राम्रो आम्दानी गर्न सकिने धेरै ठाउँ भएकाले त्यसप्रति महानगरले ध्यान दिनुपर्ने आवश्यकता औँल्याए ।

 

प्रदेशसभा सदस्य मनबहादुर गुरुङले रामघाटलाई तालका रुपमा विकास गर्न त्यसबारे अध्ययन गर्नुपर्नेमा जोड दिँदै योजनाको सफलताप्ूर्ण  कार्यान्वयन महत्वपूर्ण भएको बताए । अर्का प्रदेशसभा सदस्य विन्दुकुमार थापाले महानगरले ल्याएको योजनाले पोखराको पर्यटनमा थप टेवा पुग्ने बताउँदै सेती नदीमा पर्यटकीय पूर्वाधार निर्माण गर्दा नदीलाई प्रदूषित हुनबाट जोगाउनुपर्ने आवश्यकता औँल्याए ।

 

प्रदेशसभा सदस्य रामजी बरालले आन्तरिक पूँजीलाई सही रुपमा परिचालन र व्यवस्थापन गर्नुपर्ने बताउँदै सेतीबाट नदीजन्य पदार्थ उत्खननलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए । प्रदेशसभा सदस्य राजीव पहारीले तोकिएको मापदण्ड लागू गराउन र सार्वजनिक सम्पत्तिको संरक्षणमा कठोर हुनुपर्ने बताए । 

 

कार्यक्रममा प्रदेशसभा सदस्य मित्रकुमारी गुरुङ सुवेदी र पुष्पा केसी भण्डारीले महानगरले अगाडि सारेका योजनालाई सफल बनाउन तीनै तहका सरकारबीच समन्वयको खाँचो औँल्याए । महानगर प्रमुख मानबहादुर जिसीले सार्वजनिक हितलाई ध्यानमा राखेर नै महानगरले तीन आयोजनालाई पिपिपी मोडलमा अगाडि बढाएको जानकारी दिए । विकास निर्माणमा सङ्घ, प्रदेश र स्थानीय तहको समन्वय आवश्यक रहेको उनको भनाइ छ । कार्यक्रममा अनन्तप्रसाद कोइरालाले तीनवटा आयोजनाका बारेमा प्रस्तुति राखेका छन् । 


थप समाचार

काठमाडौँमा एकैदिन ११० जना कोरोना संक्रमित फेला

  • 2 hours ago
काठमाडौँमा एकैदिन ११० जना कोरोना संक्रमित फेला

काठमाडौँ । काठमाडौँमा एकैदिन ११० जना कोरोना संक्रमित फेला परेका छन् । काठमाडौँ उपत्यकामा भने कुल १३४ संक्रमित थपिएका छन् ।

नेपालमा थप ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

  • 2 hours ago
नेपालमा थप ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा थप ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भारतका पुर्व राष्ट्रपति प्रणव मुखर्जी भेन्टिलेटरमा

  • 2 hours ago
भारतका पुर्व राष्ट्रपति प्रणव मुखर्जी भेन्टिलेटरमा

एजेन्सी । भारतका पुर्व राष्ट्रपति प्रणव मुखर्जीलाई भेन्टिलेटरमा राखिएको बताइएको छ ।



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

तपाईका यी बानीले किड्नी खराब बनाउँछ

तपाईका यी बानीले किड्नी खराब बनाउँछ

एजेन्सी । किड्नी खराब हुनुका कारणमा सबैभन्दा पहिले हाम्रा कतिपय खराब बानीहरु पहिलो नम्बरमा पर्छन् । यसका अन्य कारणहरु पनि छन् तर हाम्रा बानीहरुको पनि किड्नीमा ठूलो प्रभाव पर्न सक्ने हुनाले त्यस्त बानीहरु थाहा पाइराखेको राम्रो । त्यसैले आज हामी तपाईहरुलाई त्यस्ता बानीहरुबारे सचेत गराउन जाँदैछौं ।

विचित्र विश्व

एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माइन्

एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माइन्

चितवन । मकवानपुरकी एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माएकी छन् । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत मकवानपुरको चुरीयामाई–९ घर भएकी ३० वर्षीया सीता लोप्चनले आज पाँच किलोग्रामकी छोरी जन्माएको अस्पतालले जनाएको छ ।