पोखरा विमानस्थलमा क्वारेन्टाइनमा रहेका चिनियाँ काममा फर्किए

Global IME
Mega Bank
Norvic Hospital

पोखरा । पछिल्लो समय पोखरा विमानस्थल निर्माणमा काम गरिरहेका चिनियाँ कामदरहरुलाई लिएर विभिन्न टिकाटिप्पणी भए । सदनमा नै यसले ठुलो बहस सिर्जना गरेको थियो । तर, मुल कुराभन्दा पनि बढी हल्ला भएपछि पोखरामा व्यापक त्रासको वातावरण फैलिएको थियो । चीनबाट पोखरा विमानस्थल निर्माणका लागि आएका कामदारहरु सेल्फ क्वारेन्टाइनबाट काममा लागेका छन् । कोरोना भाइरसको शंकास्पद भन्दै क्वारेन्टाइनमा राखिएका १ सय ७ जना कामदार काममा थालेका हुन् ।

 

१५ दिन क्वारेन्टाइनमा बस्दा समेत उनीहरुमा कोरोना नलागेको पुष्टि भएपछि ती चिनियाँ काममा फर्किएकाहुन् । 

 

पोखरा विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीले मंगलबार विज्ञप्ती जारी गर्दै मजदुर सोमबारदेखि काममा फर्किएको जानकारी दिएका छन् । 

 

चीनको सिचुवान प्रान्तबाट आएका चिनियाँ उतै पनि क्वारेन्टाइनमा बसेको र आउँदा कोरोना नलागेको प्रमाणपत्रसमेत लिएर आएको जानकारी मुनकर्मीले दिए ।

 

चिनियाँ मजदुरमा कोरोना देखिएको लगायत अरु अप्रिय हल्लासमेत चलेकोमा त्यसमा कुनै सत्यता नरहेको मुनकर्मीले सुनाए । उनकै भनाइमा विमानस्थलको ५६ प्रतिशत काम पूरा भइसकेको छ ।

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

एमाले अध्यक्ष ओली र कांग्रेस नेता सिंहबीच बालकोटमा भेटवार्ता

  • 6 hours ago
एमाले अध्यक्ष ओली र कांग्रेस नेता सिंहबीच बालकोटमा भेटवार्ता

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । कांग्रेस नेता सिंह ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका हुन् । भेटमा दुवै नेताले एकअर्काला

कतार विश्वकपः कोस्टारिकाले जापानलाई हरायो

  • 7 hours ago
कतार विश्वकपः कोस्टारिकाले जापानलाई हरायो

कतारमा जारी फिफा विश्वकप फुटबलको समूह ‘ई’ अन्तर्गतको खेलमा कोस्टारिकाले पहिलो जित निकालेको छ । अहमद बिन अली स्टेडियममा भर्खरै सम्पन्न खेलमा कोस्टारिकाले जापानलाई १–० गोल अन्तरले पराजित गरेको ह

निगमको न्यारोबडी जहाज ग्राउन्डेड

  • 8 hours ago
निगमको न्यारोबडी जहाज ग्राउन्डेड

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोबडी ‘ए’ ३२० जहाज ग्राउन्डेड भएको छ । प्राविधिक समस्याका कारण जहाजको इन्जिन स्टार्ट नभएकाले जहाज ग्राउन्डेड भएको निगमले जना



पर्यटन

धार्मिक पर्यटनको गन्तव्य बन्दैै महाराजा थान

धार्मिक पर्यटनको गन्तव्य बन्दैै महाराजा थान

नवलपरासी । पूर्वी नवलपरासीको सदरमुकाम कावासोती बजारबाट करिब सात किलोमिटर उत्तरमा रहेको महाराजा थान मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा विकास हुन लागेको छ ।

जीवनशैली

छालामा सुख्खापन हटाउन र फुटेको छाला चाँडै ठीक पार्न यसो गर्नुहोस्

छालामा सुख्खापन हटाउन र फुटेको छाला चाँडै ठीक पार्न यसो गर्नुहोस्

काठमाडौं । दूध र सुन्तलाको रससँग मह मिसाएर मोस्चराइजर बनाउन सकिन्छ । यसको प्रयोगले छालामा भएको पानी सोस्ने ब्याक्टेरिया हटाएर त्यहाँको सुख्खापन कम गर्छ ।