पोखराको प्याराग्लाडिङको विकल्प खोज्दै गण्डकी प्रदेश सरकार, बलेवामा सम्भावना

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital
प्रतिकात्मक तस्बिर

पोखरा । पोखराको प्याराग्लाडिङको विकल्प खोज्दै गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय बागलुङको बलेवा आएको छ । मन्त्रालयको पर्यटन महाशाखाले बलेवामा प्याराग्लाइडिङ गर्न आवश्यक पूर्वाधारका विषयमा छलफल थालेको हो । गत वर्ष बलेवा महोत्सवको समयमा गरिएको परीक्षण सफल भएकाले प्याराग्लाइडिङका लागि पोखराको विकल्पमा बलेवालाई राखिएको छ ।

 

“यहाँ उत्तरतर्फ हावा बहन्छ, त्यसैले प्याराग्लाईडिङका लागि यो उपयुक्त ठाउँ हो ।” प्यारा पाइलट टेकबहादुर थापाले भने “प्राकृतिक दृष्य पोखराको भन्दा कम छैन, हिमालको दृष्य सुन्दर देखिन्छ ।” सो मन्त्रालयले प्याराग्लाइडिङका लागि आवश्यक पूर्वाधार निर्माण गर्न चालू आर्थिक वर्षमा रु २० लाख बजेट विनियोजन गरेको छ ।

 

पोखरा अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि सराङ्कोटबाट भैइरहेको प्याराग्लाडिङ रोकिने भएकाले विकल्पमा बलेवालगायतका ठाउँ रोजिएको महाशाखाका प्रमुख डिल्लीराम रिजालले बताए ।

 

बागलुङ नगरपालिकाको बलेवा क्षेत्रमा रहेका वडाध्यक्षलगायत सरोकारवालालाई डाकेर महाशाखाले प्याराग्लाइडिङको लागि उड्ने (टेकअप लिने) र ओर्लिने (ल्याण्डिङ) गर्ने ठाउँको विषयमा छलफल गरेको छ । “पोखराको विकल्पमा हामी पर्नु निकै खुशीको कुरा हो ।” वडा नं १० का अध्यक्ष प्रेमबहादुर थापाले भने ‘हामी उड्ने र ओर्लिने ठाउँको विषयमा टुङ्गो लगाउँछौं ।”

 

प्रदेश सरकारले यसअघि परीक्षण सफल भैइसकेका बागलुङको बलेवा, पर्वतको बिहादी, लमजुङको राइनासकोट, स्याङ्जाको सोरेमैदान र कास्कीको अर्मालालाई विकल्पको रुपमा राखेर पूर्वाधार विकास गर्ने योजना बनाएको छ ।

 

कालीगण्डकी माथि बनेका पुलका संरचना र धार्मिक पर्यटकीय स्थलहरु यहाँका सहायक घुम्न मिल्ने ठाउँ हुने हुँदा आर्थिक हिसाबले समेत प्याराग्लाइडिङ लाभदायक बन्ने देखिएको छ । विमानस्थलको सञ्चालन, कालीगण्डकीमा ¥याफ्टिङ र नजिकैको बञ्जी विदेशी पर्यटकका लागि प्याकेज बन्ने भएकाले बलेवामा प्याराग्लाइडिङको व्यावसायिक भविश्य रहेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए  ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बार्सिलोनाको संघर्षपूर्ण जित

  • 19 minutes ago
बार्सिलोनाको संघर्षपूर्ण जित

स्पेनिस फुटबल लिग ला लिगामा बार्सिलोनाले संघर्षपूर्ण जित निकालेको छ । गएराति सम्पन्न खेलमा बार्सिलोनाले मल्लोर्कालाई उसकै मैदानमा १-० गोलले पराजित गरेको हो ।

न्युक्यासलको सजह जित

  • 25 minutes ago
न्युक्यासलको सजह जित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत न्युक्यासल युनाइटेडले सहज जित निकालेको छ । शनिबार राति सम्पन्न खेलमा न्युक्यासलले फुलहमलाई उसकै मैदानमा ४-१ गोलले पराजित गरेको हो ।

ब्राइटनसँग बराबरीमा रोकियो लिभरपुल

  • 34 minutes ago
ब्राइटनसँग बराबरीमा रोकियो लिभरपुल

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले बराबरी खेलेको छ । शनिबार राति सम्पन्न खेलमा लिभरपुलले ब्राइटनसँग ३-३ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।



पर्यटन

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

कास्की । नवरात्रको समय पारेर शनिबार पोखराको फेवाताल बिचमा रहेको तालबाराही मन्दिर दर्शन गर्ने भक्तजनको घुइँचो । तस्बिरः जमुना वर्षा शर्मा, रासस

जीवनशैली

भुलेर पनि दुर्गा मातालाई नचढाउनुहोस यी फूलहरु: वास्तुशास्त्र

भुलेर पनि दुर्गा मातालाई नचढाउनुहोस यी फूलहरु: वास्तुशास्त्र

एजेन्सी । सनातन धर्ममा दिनहुँ देवी देवताको पूजा गरिन्छ। नवरात्री २०२२ मा पनि ९ दिनमा हरेक दिन विभिन्न देवीदेवताको पूजा गरिन्छ । भगवान लक्ष्मीको आशीर्वाद प्राप्तिका लागि देवीलाई प्रसन्न पार्न वास्तु उपाय पनि अपनाउँछन्।

विचित्र विश्व

युक्रेनमा रुसको डरलाग्दो क्षेप्यास्त्र आक्रमण, ३० जनाको मृत्यु, ८८ जना घाइते

युक्रेनमा रुसको डरलाग्दो क्षेप्यास्त्र आक्रमण, ३० जनाको मृत्यु, ८८ जना घाइते

एजेन्सी । युक्रेनको जापोरिझिया शहरमा शुक्रबार रुसी क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने ८८ जना घाइते भएको युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।