नीला ताल, हरियो सहर र खुसी नागरिकको अभियानमा पोखरा

Global IME
Mega Bank
Norvic Hospital

पोखरा । प्रकृतिको बरदान पोखरामा बढ्दो जनसंख्या, जलवायु परिवर्तन तथा विकास निर्माणसँगै भित्रिने क्षति न्यूनीकरणका लागि पोखरा महानगरपालिकाले नीला ताल, हरियो सहर र खुसी नागरिक अभियान थालेको छ । पोखरा महानगर सहरी विकास योजना आयोगले महानगरका ३३ वटै वडाका अध्यक्ष, सदस्य र सचिवको सहभागिता रहेको १ हप्ते कार्यशाला आयोजना गरेको छ । उपलब्ध स्रोतसाधनको भरपुर उपयोग गर्दै वातावरणमैत्री विकास निर्माणमा अभियानले जोड दिएको छ ।

 

योजनामा रामसार सूचीमा सूचीकृत पोखरा उपत्यकाका ९ वटा ताल, सेती नदीलगायत आसपासका खोलानालाको शुद्धीकरणमा जोड दिँदै हरियाली प्रवद्र्धन एवं रोजगार सिर्जनासँगै सुरक्षाको प्रत्याभूतिको सुनिश्चिततासहित खुसी नागरिक बनाउने उल्लेख छ । पोखरा महानगरपालिकाको लक्ष्यअनुसार प्राकृतिक सम्पदा संरक्षण गर्दै तिनीहरुको अधिकतम उपयोग गरी महानगरवासीलाई सुखी र समृद्ध बनाउने लक्ष्य राखिएको महानगर सहरी विकास योजना आयोगका उपाध्यक्ष रामचन्द्र लामिछानेले बताएका छन् ।

 

वडास्तरमा निर्मित तीन वर्षीय कार्ययोजनाका आधारमा महानगरपालिकाको नीति तथा कार्यक्रम र बजेट विनियोजन गरिने लक्ष्यका साथ अभियान सञ्चालन गरिएको उनले जानकारी दिएका छन् । उनका अनुसार सार्वजनिक जमिनको अवस्था, प्राकृतिक महत्वका क्षेत्र, सामाजिक संघसंस्थाको विवरण, पर्यटकीय महत्वका क्षेत्र, जोखिम तथा विपद् व्यवस्थापन, सेवा केन्द्रको विकासजस्ता विषयलाई प्राथमिकतामा राखेर प्रत्येक वडाले योजना तर्जुमा गर्नेछन् ।

 

‘विकास निर्माणका गतिविधिले उत्पादनको वृद्धि, आयआर्जन, रोजगार सिर्जना, वातावरण संरक्षणलगायतमा जोड दिएको छ ।’ उनले भने, ‘यसले दिगो विकास लक्ष्यको स्थानीयकरणसँगै राष्ट्रिय विकास लक्ष्यमा सामानजस्यता कायम हुनेछ ।’

 

योजना छनोटमा प्राकृतिक स्रोतको संरक्षण, संवद्र्धन र प्रवद्र्धनलाई मध्यनजर गरिने विश्वास व्यक्त गर्दै उनले त्यसका लागि बहुआयामिक रणनीति अपनाउनुपर्नेमा जोड दिएका छन् । सार्वजनिक सम्पत्तिको अभिलेख, सम्भावित उत्पादनको पहिचान अपरिहार्य भएको उल्लेख गर्दै लामिछानेले सामुदायिक वन र निजी वनसम्बन्धी उद्यमशीलतामा आधारित योजनामा जोड दिइने बताएका छन् ।

 

पोखरा महानगरपालिका–५ का अध्यक्ष धनबहादुर नेपालीले कार्यशालाले स्वरोजगार सिर्जना गर्दै उत्पादित वस्तु निर्यातमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । महानगरका प्रवक्तासमेत रहेका नेपालीका अनुसार जनप्रतिनिधि र कर्मचारीबीच योजना तर्जुमा गर्दासमेत सहयोग पुग्ने धारणा राखेका छन् । यसले दीर्घकालीन एवं सन्तुलित विकासमा सहयोग पुग्ने उनको विश्वास छ ।

 

महानगर कार्यपालिका सदस्य राधिका शाही योगीका अनुसार विगतमा भौतिक निर्माणमा जोड दिँदै आइएकामा अहिले ३ वर्षे योजनाले बालबालिका र महिलाको अधिकार सुनिश्चित गर्दै आयआर्जनमा जोड दिएको छ ।

 

वडास्तरबाट तयार गरिएका जनमुखी एवं समृद्धि प्राप्तिका कार्यक्रम कार्यान्वयनमा महानगरपालिकाले पहिलो प्राथमिकताका राख्नुपर्नेमा उनको जोड रहेको छ । अर्का सहभागी पोखरा ११ का वडाध्यक्ष मोहन बाँस्तोलाले कार्यक्रम ढिलो आएको हुँदा कामका लागि काम जस्तै देखिए पनि यसले स्थानीयस्तरका वन पैदावार, जलस्रोत, वडास्तरमा सम्भाव्यता अध्ययनका आधारमा उद्योग खोल्न सकिने जस्ता मापदण्ड तयार गर्ने बताए । स्थानीय जनप्रतिनिधिको कार्यकाल सकिने अवस्थामा आएको ३ वर्षे आवधिक योजना निर्वाचनपछि आउने नयाँ जनप्रतिनिधिका लागि भने महत्वपूर्ण आधार बन्ने उनको भनाई छ ।

 

पर्यटन, कृषि, स्वास्थ्य र शिक्षाको प्रचूर सम्भावना रहेको गण्डकी प्रदेशको राजधानी पोखराको समग्र विकाससँगै उत्पादकत्व वृद्धिसहित रोजगार सिर्जनामा तीनवर्षे आवधिक योजना कोशेढुंगा सावित हुने विश्वास लिइएको छ ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

मेलम्ची खानेपानीको मुहान निरीक्षण

  • 36 minutes ago
मेलम्ची खानेपानीको मुहान निरीक्षण

काठमाडौँ । खानेपानी मन्त्री अब्दुल खान, सचिव मणिराम गेलाल, खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठलगायत टोली शनिबार हेलम्बु–१, अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल नि

सिद्धान्त कस्तो छ, व्यवहारले देखाउँछः अध्यक्ष नेपाल

  • 44 minutes ago
सिद्धान्त कस्तो छ, व्यवहारले देखाउँछः अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको व्यवहारले सिद्धान्तका बारेमा बताउने भएकाले सही व्यवहार गर्नुपर्ने बताएका छन् । उनले पार्टीेको पाँचौँ केन्

'सबै पक्षसँग कुरा हुन्छ'

  • 47 minutes ago
'सबै पक्षसँग कुरा हुन्छ'

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै पक्षसँग आफूले संवाद गर्ने बताएका छन् ।



पर्यटन

वीरगञ्ज नाकाबाट एक वर्षमा ६५९ पर्यटक भित्रिए

वीरगञ्ज नाकाबाट एक वर्षमा ६५९ पर्यटक भित्रिए

पर्सा । पर्साको वीरगञ्ज भन्सार नाकाबाट पछिल्लो एक वर्षको अवधिमा ६५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

जीवनशैली

चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।

विचित्र विश्व

रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।